- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छातामुनि रहेका सबै यातायात समितिले आइतबारदेखि खोल्ने भनेको अग्रिम टिकट बुकिङ् अझै अन्योलमा परेको छ । यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्ण प्रसाद उपाध्यायका अनुसार महासंघले शनिबार गरेको सहमति अनुसार आइतबारबाट अग्रिम टिकट बुकिङ खुल्नु पर्ने हो । तर, महासंघले सोमबार केन्द्रीय कार्यसम्पादन सचिवालयको बैठकपछि मात्रै आधिकारिक धारणा सार्वजनिक गर्ने भनेको छ । महासंघले यसका लागि सोमबार दिउँसो साढे १२ बजे बैठक बोलाएको छ । हामीले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पूर्वउपाध्यक्ष भरत तिमिल्सिनासँग कुरा गरेका छौँ ।
० अग्रिम टिकट बुकिङ् गर्न थाल्नु भो ?
–गर्ने भन्ने कुरा आएको छ ।
० सुरु चैँ भएको छैन ?
–सुरु चैँ भएको छैन । तर, अग्रिम टिक बुकिङ हुन्छ ।
०अझै कुरा मिलेको छैन ?
–कुरा नमिलेको भन्दा पनि जुन १० प्रतिशत भाडा वृद्धिको कुरा आयो । हाम्रो चाहाना के हो भने, मूलतः वैज्ञानिक भाडादर जे छ, घट्ने हो भने घट्ने बढ्ने हो भने बढ्ने । सरकारले आज १० प्रतिशत मात्रै भाडा बढाउन सक्छ भने, २०७२ देखि अहिलेसम्म भाडा बढाउनु पर्ने यति थियो । तर, यति वृद्धि गर्दा जनतालाई मर्का पर्ने भएकाले यातायात व्यवसायीसँगको समन्वयमा यति प्रतिशत मात्रै वृद्धि गरियो भनेर जनतामा सन्देश लगेको भए यातायात व्यवसायीलाई पनि चित्त बुझाउने बाटो हुन्थ्यो । जनताले भन्थे–सरकारले र व्यवसायीले हाम्रो लागि पनि केही गरे भनेर । त्यो सन्देश जान्थ्यो । तर, त्यो सन्देश नदिई हचुवामा १० प्रतिशत भाडा बढेको भन्ने कुरा आयो । त्यसमा कसैले चित्त बुझाएका छन् । कसैले असन्तुष्टि व्यक्त गरेका छन् । असन्तुष्टिका बाबजुद पनि सन्तुष्ट हुदैँ जानुपर्ने अवस्था समेत छ ।
० तपाईहरु सन्तुष्ट हो कि होईन ?
–हामी सन्तुष्ट पनि होईन । असन्तुष्ट पनि होईन ।
० किन त्यस्तो ?
– के हुनु र ? कागलाई बेल पाक्यो हर्ष न विष्मात !
० कुरा खास के हो ?
–किन भने, म तपाइलाई स्मरण गराऔँ, यो भाडा समायोजन भनएको अवधिमा २७ देखि २८ रुपैँयासम्म डिजेलको भाउ बढेको छ । तीन चार वर्षको अवधिमा यस्तो देख्नु पर्यो । २८ रुपैँया भनेको धेरै पैँसा हो । यसमा जुन वैज्ञानिक भाडादरको पम्पोनेन्टहरु छ , २८ रुपैयाँको दरले ३५ प्रतिशतको हिसाब गर्दा कति इफेक्ट पर्छ । जति हुनु पर्ने हो त्यति भएन । तथापि, हामी जिम्मेवार नागरिक हौँ । जिम्मेवार व्यवसाय पनि हो । हामीले निभाउनु पर्ने कर्तव्यबाट हामी विमुख हुँदैनौँ । गर्छौँ ।
० सरकारले टिकट बुकिङ खुल्योभन्ने, तपाईहरु चैँ खुलेको छैन भन्ने । खासमा खोल्ने हो कि होईन ?
–टिकट बुकिङ खोल्छौँ हामी । यसको लागि आवश्यक छलफल हुन्छ । टिकट हामी खोल्छौँ । शतप्रतिशत खोल्छौँ ।
० टिकट खोल्नेमा अब दुविधा भएन ?
–सोमबारबाट पक्का खुल्छ ।
० बहाना त बनाउनु हुन्न फेरि ?
–मैले अघि नै भने त । भाडा बढोस् वा अरु केही व्यवसायी हामी सन्तुष्ट छैनौँ । सन्तुष्ट छैनौँ भन्दा भन्दै पनि जिम्मेवारीबाट विमूख हुन सक्दैनौँ ।
० बाध्यता आइलाग्यो ?
–बाध्यता त तपाई भन्नुस् न । जुन प्रकारले तेलमा मूल्यवृद्धि भएको छ । हाम्रो चाहाना के छ, भने त्यो वृद्धिलाई घटाउ भन्ने हो । सरकारलाई त्यो बाध्यता थियो, अन्तर्राष्ट्रिय मूल्य अनुसार समायोजन गरेको । सरकारलाई परेको बाध्यता हामीले बुझेका छौँ । यो के भने साप पनि मर्ने लठ्ठी पनि नभाँचिने भन्ने हो । सरकार हामी सबैको अभिभावक हो नि ! हामी व्यवसायी भनौँ वा उपभोक्ता । सरकारले सबैलाई समान रुपमा हेर्नु पर्दैन थियो ? तपाईहरु घाटा खाएरै काम गर्नुस् भनेर सरकारले भनिरहेको छ । त्यो त सान्दर्भिक हुँदैन । हाम्रो असहमति त्यही मात्रै हो ।
० के सरकारले धोका दियो भन्न खोज्या हो ?
–यो त सरकारले सरासर धोका दिएको हो नि त । हाम्रो चाहाना के थियो ? वैज्ञानिक भाडादरमा टेकेर जाऔँ । जति प्रतिशत वृद्धि गर्नु पर्ने हो त्यो एक ठाउँमा राखौँ । यति प्रतिशत भाडा वृृद्धि गर्नुपर्ने अवस्था रहेछ, भनेर आँकडा निकालौँ । तर, अहिले दशैँ तिहार परेकाले हामीले यति प्रतिशत बढाएनौँ । यातायात व्यवसायीलाई पनि यति नोक्सान रहेछ भनेर सही म्यासेज दिएको भए के चाँही बित्थ्यो र ?
० सरकारले पहिले नै घोषणा गर्नु पर्ने, यति बढाउँछु भनेर ?
–हो, सरकारले सूचना दिनु पर्दैन । सरकारसँग त सबै छ । हामीले दिएको डेटा पनि छ । सरकारले आफैले निकालेको डेटाहरु पनि छ । यातायात व्यवसायीले गरेको योगदान र व्यवसायी घाटामा चलेको समेत थाहा छ । थाहा भई भई सरकारले बुझ पचाइदियो भन्ने मात्रै कुरा हो हाम्रो ।