arrow

तरकारीको मूल्य बढेकै हाे तर, अचाक्ली बढेको होइन (अन्तर्वार्ता)

logo
प्रकाशित २०७५ असोज १७ बुधबार
khom.jpg

तरकारी तथा फलफूलमा ७५ प्रतिशतसम्म मूल्य बढेको छ । चाडबाडको मुखमा तरकारी तथा फलफूलको मूल्यवृद्धिले उपभोक्ता अझै मूल्य आकाशिने त्रासमा छन् । संसदको सार्वजनिक लेखा समितिले आत्यावश्यकीय वस्तुमा बढेको मूल्यवृद्धि नियन्त्रणमा लिन भन्दै सरकारलाई निर्देशन दिएको छ । हामीले फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेसँग कुरा गरेका छौँ । 

० तरकारी र फलफूलमा दिनै मूल्य बढ्छ रे हो ? 
–मूल्य थोरै वृद्धि भएको छ । अहिले हामीले तथ्याङ्क पनि हेर्‍यौँ सर्वेक्षण गरेर । उत्पादन क्षेत्रदेखि बजारसम्मको सर्वेक्षण गर्दा विगतको वर्षको तुलनामा यो समय धेरै अप्रत्यासित रुपमा मूल्य बढेको देखिँदैन । केही तरकारीहरुमा थोरै मात्रामा अर्थात् भनौँ २० प्रतिशतको हाराहारीमा मूल्यवृद्धि भएको पाइएको छ । 

० थोरै भनेको कति हो ? तपाइले थोरै भन्दै हुनुुहुन्छ ?
–समग्र सर्वेक्षणमा ताजा तरकारीहरु पनि यो वर्ष वर्षा अलि बढी भएका कारण आपूर्तिमा समस्या देखियो । लहरेबाली, काउली बन्दाहरुमा उत्पादनमै ह्रास आएको रहेछ । उत्पादनका क्षेत्रहरुमा सर्वेक्षण गर्दाखेरी उत्पादन नै कम भएको कारणले तथा आपूर्ति पनि कम भएको कारणले १०–२० प्रतिशतको हाराहारीमा वृद्धि भएको अवस्था छ । 

० तर, ७५ प्रतिशतसम्म तरकारीको मूल्य बढेको खबर आइरहेका छन् नि ? 
–त्यसरी छैन । ७५ प्रतिशतसम्म अनपेक्षित रुपमा, अप्रत्यासित रुपमा वृद्धि भएको छैन । मैले अघि नै भने, लहेरे बाली लगायत, काउली बन्दा अलि बढी वर्षात भएका कारण उत्पादन कम भएको रहेछ । त्यसकारण मूल्य बढेको हो । र, अब चाडबाड पनि सुरु भएको छ । चाडबाड सुरु भएकै कारण पनि अब मूल्य बढ्ने अवस्था छैन । 

० फर्सीकै २० रुपैँया मूल्य बढेको कुरा छ ?
–हजुर ?

० फर्सीको सिजन होइन र अहिले ? 
–त्यति अप्रत्यासित रुपमा बढेको छैन । हामीले सबै बजारमा हेरेका छौँ । त्यहाँको आपूर्ति कति भएको छ, के भएको छ । सहज रुपमा आपूर्ति पनि भएको छ । यो सिजन उत्पादन कम हुने सिजन हो । तराई क्षेत्रमा पनि अहिले उत्पादन छैन । उत्पादनमा ह्रास आएका कारण मूल्य बढेको हो । ह्रास आउनुको कारण बढी वर्षा भएका कारण भन्ने विवरण हामीले पाएका छौँ । 

० तपाइहरुलाई बढ्या रैनछ, उपभोक्तालाई मात्रै बढेको हो ? 
–होइन, यस्तो हो । उपभोक्तालाई मात्रै भन्दा पनि एउटा कुरालाई हामीले चिर्न पर्ने जरुरी छ । अलिकति यसलाई तथ्यपरक ढंगले, वस्तुपरक ढंगले विश्लेषण गर्न पनि जरुरी छ । उत्पादन क्षेत्रदेखि कलेक्सन सेन्टर हुँदै बजार आउने कुरा । होलसेल बजारबाट खुद्रा बजारमा जान्छ । होलसेलमा कतिमा विक्रि भएको छ ? खुद्रामा गएर कतिमा विक्रि भएको छ । त्यो पनि हेर्नु सर्वेक्षण गर्नु जरुरी हुन्छ । उत्पादन क्षेत्र हुँदै बजारसम्म आउने अवस्था, होलसेलबाट खुद्रा बजारमा जाने कुरा । औषतमा कतिमा विक्रि भएको छ । यो सबै सर्वेक्षण गर्न जरुरी हुन्छ । होलसेल बजारले मात्रै मूल्यवृद्धि भएको भन्ने होईन । उपभोक्ताले धेरै मूल्य तिर्नु परेको र किसानले कम मूल्य पाएको चैँ यथार्थ होइन । त्यसका पछाडि विभिन्न कारणहरु छन् । 

० उपभोक्ताले सूचना खोज्ने कि तरकारी खोज्ने ? 
– हजुर ?

० सूचना उपभोक्ताले खोज्ने होर भन्या ? 
–उपभोक्ताले खोज्ने भन्दा पनि, यस्तो हो । उपभोक्ता बजारमा जाने हो । सही मूल्यमा गुणस्तरी बस्नु पाउनु पर्‍यो ।उपभोक्ताको मूख्य ध्येय त्यही हो । हामीतर्फ हामी एकदमै सचेत छौँ । सबै व्यवसायीलाई त्यसतर्फ अग्रसर पनि गराएका छौँ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ