arrow

यसरी ब्याकअप गर्न सकिन्छ हराएको फोन नम्बर

logo
प्रकाशित २०७५ असोज १८ बिहिबार
backup-android.jpg

काठमाडौं । आफ्ना साथीभाइ तथा नियमित सम्पर्कमा रहेका मानिसहरुको मोबाइल नम्बर सधैं साथमा हुनु जरुरी हुन्छ । यस्तोमा कहिलेकाँही नचाहँदा नचाहँदै फोन नम्बरहरु मोबाइलबाट हराउने गर्छ । यस्तोमा उक्त नम्बरहरु कसरी फिर्ता पाउन सकिन्छ भन्ने प्रयोगकर्ताहरुको सबैभन्दा चिन्ताको विषय बन्ने गर्छ ।

त्यसका साथै एउटा मोबाइलमा भएको नम्बर अर्कोमा सार्नु पनि निकै कठिन काम हुनजान्छ यस्तोमा पनि केही उपायहरुको प्रयोग गरी यसलाई सरल बनाउन सकिन्छ ।

आईफोनबाट एण्ड्रोइडमा

आईफोनबाट एण्ड्रोइडमा नम्बर सार्न आईक्लाउडको सहयोगमा नम्बर एन्ड्रोइडमा पठाउन सकिन्छ । नम्बर सार्न शुरूमा आईफोनको सेटिङमा जानुपर्छ । सेटिङमा एप्पल आईडी, आईक्लाउड, आईट्युन्सलगायत अप्शन देखिनेछन् । त्यहाँभित्र छिरेपछि आईक्लाउड अप्शनमा जानुपर्छ । यसपछि कण्ट्याक्ट बटन अन गरेर आईक्लाउड ड्राइभ ब्याकअप बटनमा गई ब्याकअप गर्नुपर्छ ।

ब्याकअपलाई क्लिक गरेपछि फोनमा भएको कण्ट्याक्ट आइक्लाउडमा अपडेट हुनेछ । ब्याकअप कम्प्लिट भएपछि कम्प्युटरको प्रयोग गरी ब्राउजरमार्फत् आइक्लाउड डट कम खोल्नुपर्छ । यहाँनेर आइक्लाउडको ईमेल आईडी र पासवर्ड हालेपछि विभिन्न अप्शन देखिनेछन् । आउक्लाउड आईडी लगइन भएपछि कण्ट्याक्ट अप्शन पनि देखिनेछ । अब कुनै कण्ट्याक्ट नाममा क्लिक गरेपछि त्यहाँनेर अप्शन देखिनेछन्, जसमध्ये अल सेलेक्ट गर्नुपर्दछ । अल सेलेक्ट भएपछि इम्पोर्ट/एक्स्पोर्टको अप्शन देखिनेछ । यहाँ एक्स्पोर्ट भीकार्ड क्लिप गरेपछि कण्ट्याक्ट एक्स्पोर्ट हुनेछ । त्यो सेभ गर्नासाथ डाउनलोडमा गएर बस्छ ।

डाउनलोड भएको भीकार्ड कण्ट्याक्टलाई कुनै मेलिङ एड्रेसमा इमेल गर्नुपर्दछ । यति गरेपछि एण्ड्रोइड फोनमा गई ईमेल खोलेर डाउनलोड गर्नुपर्ने हुन्छ । डाउनलोड सकिनासाथ फोनमा कण्ट्याक्ट राख्ने कि जीमेलमै राख्ने भन्ने अप्शन देखिनेछ । यसलाई आफूलाई पायक परेको ठाउँमा वा दुवैमा राख्न पनि मिल्छ । यसरी आईफोनमा भएको कण्ट्याक्टलाई एण्ड्रोइडमा सार्न सकिन्छ ।

एण्ड्रोइड डाटा रिकभरी

फोनबाट डिलिट भइसकेका कण्ट्याक्ट लिष्ट रिकभर गर्न सर्वप्रथम एण्ड्रोइड डाटा रिकभरी सफ्टवेयर डाउनलोड गर्नुपर्छ ।  आफ्नो फोनमा एण्ड्रोइड डिभाइस म्यानेजर इन्ष्टल गरेपछि फोनलाई पर्सनल कम्प्युटर (पीसी)सँग जडान गर्नुपर्छ । यसपछि यूएसबी डिबगिङ अन गर्नुपर्छ । यसो गरेपछि आफ्नो उपकरण आइडेण्टिफाइड भए/नभएको निर्क्योल गर्नुपर्छ । इडेण्टिफाइड भएपछि स्क्यान प्रक्रिया शुरू गर्नुपर्छ ।

स्क्यान गरेपछि डिलिट भएका फाइलका बारेमा स्क्रीनमा जानकारी उपलब्ध हुन्छ । तीमध्ये आफूलाई आवश्यक पर्ने फाइलको छनोट गर्नुपर्छ । आफूलाई आवश्यक पर्ने फाइलमा क्लिक गरी सेलेक्ट गरेपछि नेक्स्ट अप्शनमा क्लिक गर्नुपर्छ । अब भने अर्को स्क्रीनमा ‘अलो’ अर्थात् आज्ञा दिने अप्शनमा क्लिक गर्नुपर्छ ।

यति गरेपछि रातो र कालो रङमा फाइल प्रस्तुत हुन्छन् । यी रङमध्ये रातो रङका फाइल फोन मेमोरीबाट हटाइएका फाइल हुन् । तिनलाई सेलेक्ट गरी फोनमा पुनःस्थापना गर्न सकिन्छ ।

ब्लूटूथबाट

मोबाइलमा रहेका फोन नम्बर ब्लूटूथको माध्यमबाट पनि अर्को मोबाइलमा सार्न सकिन्छ । यसका लागि स्मार्टफोन हुनैपर्ने जरुरी रहँदैन । फोनमा ब्लूटूथ छ भने सबै कण्ट्याक्ट्स नम्बर सेलेक्ट गरेर सेड अप्शनबाट ब्लूटुथ सेलेक्ट गरी नम्बर पठाउन सकिन्छ ।

गूगल कण्ट्याक्ट

एण्ड्रोइड स्मार्टफोन प्रयोग गर्नेले सबै फोन नम्बर गूगल कण्ट्याक्ट्स सेभ गरेमा अर्को मोबाइलमा सजिलै सार्न सकिन्छ । अधिकांश एण्ड्रोइड फोनका नम्बर गूगल कण्ट्याक्टमै सेभ हुन्छ । फोन नम्बर सार्न भने जीमेल आईडीसँग लिंक गर्नुपर्ने हुन्छ । नयाँ फोनमा जीमेल आईडी ओपन गरेपछि सबै फोन नम्बर अटोमेटिक रूपमा उपलब्ध हुन्छ । जीमेल लगइन गर्न जति समय लाग्छ, उति समयमै सबै फोन नम्बर आइसकेको हुन्छ ।

मेमोरी कार्डको प्रयोग

फोनमा एड्रेसबूकलाई भीसीएफ फाइलको रूपमा मेमोरी कार्डलाई एक्सपोर्ट गर्न सकिन्छ । त्यसपछि मेमोरी कार्डलाई नयाँ फोनमा राखेर कण्ट्याक्ट्सलाई त्यसमा इम्पोर्ट गदा सबै फोन नम्बर नयाँ फोनमा आउँछ ।

एप्समार्फत

एण्ड्रोइड स्मार्टफोनमा थर्ड पार्टी एप्सको मद्दतबाट पनि फोन नम्बर ट्रान्सफर गर्न सकिन्छ । गूगल प्ले स्टोरमा कण्ट्याक्ट ट्रान्सफर ब्याकअप एप्स हुन्छ । यसले मोबाइल नम्बरलाई ब्लूटूथ, वाईफाई, ईमेलबाट जस्तै गरी ट्रान्सफर गर्न सक्छ ।

सिमकार्डमार्फत

मोबाइलमा सेभ गरिएका फोन नम्बर गूगल अकाउण्टमा लिंक गरिएको छैन भने यसलाई दुई तरीकाले अर्को फोनमा सार्नुपर्ने हुन्छ । सिमकार्डमा २ सय ५० ओटा नम्बर सेभ भएका हुन्छन् । फोन नम्बरहरू २ सय ५० भन्दा कम छन् भने यसलाई सहजै सार्न सकिन्छ । यसका लागि शुरूमा फोनको कण्ट्याक्ट्स एपमा जानुपर्छ । त्यसपछि मेन्यू आइकनमा थिचेर म्यानेज वा इम्पोर्ट/एक्सपोर्टलाई सेलेक्ट गर्नुपर्छ ।

यद्यपि, कुनै स्मार्टफोनले अटोमेटिक इम्पोर्ट र एक्सपोर्टको अप्शन दिएको हुन्छ । त्यसपछि पप–अप विण्डोबाट एक्सपोर्ट टु सीम कार्ड सेलेक्ट गर्नुपर्छ । यस्तो गरेलगत्तै सबै कण्ट्याक्ट्स फोनको सिम कार्डमा आउँछ । त्यसपछि सिमकार्डलाई नयाँ फोनमा हाल्नेबित्तिकै फोन नम्बर आउँछ । अन्य नम्बर सार्नुपर्ने भए सिममा भएका नम्बरलाई नयाँ फोन एक्सपोर्ट गरेर खाली गर्नुपर्छ । त्यसपछि फेरि पुरानो फोनमा भएको नम्बर इम्पोर्ट–एक्सपोर्ट गर्दै नयाँ फोनमा सार्नुपर्छ । यसरी सबै कण्ट्याक्ट्स नयाँ फोनमा ल्याउन सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ