arrow

वास्तविक बन्दै बुलेट रेलभन्दा झण्डै दोब्बर गतिको हाइपरलुप

logo
प्रकाशित २०७५ असोज १९ शुक्रबार
hyperloop.png

काठमाडौं । विज्ञान तथा प्रविधिसँगै समग्र विश्व साँघुरिन पुगेको छ । विश्वको जुनसुकै कुनाबाट आफूले चाहेको गन्तव्यमा केही समयमा नै पुग्न सकिने भइसकेको छ । यसलाई अझै साँघुरो बनाउने दिशामा धेरै मानिसहरु लागेका छन् । यसै सिलसिलामा आएको महत्वपूर्ण प्रविधि हो – हाइपरलुप । यो प्रविधिले आगामी दिनको यात्रालाई निकै सहज तथा छिटो बनाउनसक्ने देखिन्छ । वातावरणीय प्रभाव कम गर्दै प्रभावकारी यातायात सेवाको लागि यो योजना अघि सारिएको हो । 

के हो हाइपरलुप ? 

हाइपरलुपको योजना सबैभन्दा पहिले स्पेस एक्स तथा टेस्लाका प्रमुख एलोन मस्कले ल्याएका हुन् । क्यालिफोर्नियामा अहिले निर्माणको क्रममा रहेको तीव्र गतिको रेलमार्गको योजनाको प्रतिक्रियास्वरुप मस्कले हाइपरलुपको योजना ल्याएका हुन् । तीव्र गतिको रेल निकै खर्चिलो र सुस्त हुनसक्ने भन्दै उनले हाइपरलुपको योजना अघि सारेका हुन् । 

मस्कले अघि सारेको योजनाअनुसार हाइपरलुप ट्युबहरुबाट बनेको यातायातको माध्यम हो । यसलाई अमेरिकाको सन्फ्रान्सिस्को देखि लसएन्जल्ससम्म बिछ्याउने योजना अघि सारिएको हो । जसबाट सात सय माइल प्रतिघण्टाको दरले यात्रा गर्न सकिने योजनामा उल्लेख छ । उक्त ट्युबभित्र चुम्बकीय शक्तिको राखिएको हुन्छ, जसको सहयोगमा त्यसभित्र राखिएको साधनबाट निकै तीव्रगतिमा यात्रा गर्न सकिने बताइने गरेको छ ।  

यसले वातावरणमा पनि निकै कममात्र प्रभाव पार्ने गर्छ । यद्यपि यो ट्युबभित्र साधन चल्दा उत्पन्न हुने चाप भने यो प्रणालीको लागि समस्या हुनसक्ने बताइएको छ । यो प्रविधि आएपछि उक्त यात्राको लागि केवल ३५ मिनेट लाग्छ, जबकी कारमा यात्रा गर्दा यो यात्राको लागि करिब ६ घण्टा लाग्ने गरेको छ । 

आवश्यकता 

परम्परागत यातायातको प्रणालीहरु (सडक, पानी, हावा र रेल)मा व्यापक मात्रामा खर्च हुने, निकै सुस्त गतिको मात्र यात्रा हुने र वातावरणीय हिसाबमा निकै हानिकारक हुने भएकोले मस्कले यस्तो योजना ल्याएका हुन् । यो प्रविधि आएपछि कार्बन उत्सर्जन तथा तेलको मूल्यको हेरफेरको समस्याले कुनै असर नै पार्दैन । साथै हाइपरलुपको योजना कम खर्च, तीव्र गतिको यातायात सेवा प्रदान गर्ने उद्देश्यका साथमा ल्याइएको हो । हाइपरलुपको ट्युबहरुमाथि सोलार प्यानलहरु राखिनेछन् । जसको कारण यो ट्युबलाई आवश्यक पर्ने ऊर्जा सौर्य ऊर्जाबाट आउनेछ । 

यस्तोमा यो प्रणाली विस्तारको क्रममा पनि केही सावधानीहरु अपनाउनुपर्ने देखिन्छ । हाइपर लुपको उक्त दुईअमेरिकी सहरहरुबीचको योजनालाई ६ अर्ब डलरबराबरको रकम आवश्यक रहने अनुमान गरिएको छ । जबकी क्यालिफोर्निया हाइस्पिड रेलको पहिलो चरणको खर्च ६८ अर्ब डलर लाग्ने अनुमान गरिएको थियो । यसबाट पनि हाइपरलुपको आवश्यकता स्पष्ट हुन्छ ।

हाइपरलुपको प्रतिस्पर्धा र पछिल्लो विकास 

अहिलेसम्म हाइपरलुप व्यावसायिकरुपमा आउन सकेको छैन । यसको प्रतिस्पर्धाको लागि विद्यार्थीहरु तथा इन्जिनियरहरुलाई प्रेरित गर्ने काम भइरहेको छ । प्रतिस्पर्धा बढाउनका लागि स्पेसएक्सले क्यालिफोर्नियामा १ माइलाको परीक्षणको लागि बाटो बनाएको थियो । सन् २०१६ को जनवरीमा स्पेसएक्सको परीक्षणका लागि टोली छनोट भएको थियो । जसमा १ सय निर्माताहरुमध्ये २७ टोलीहरुले यो परीक्षणको प्रतिस्पर्धामा सहभागिता जनाउन पाउने मौका पाएका थिए । जसमध्ये एमआईटी कम्पनीले सबैभन्दा राम्रो डिजाइनिङ्गको अवसर पाएको थियो । 

भर्खरै मात्र हइपरलुपको लागि निकै महत्वपूर्ण मानिएको पूर्णआकारको ‘क्याप्सुल’ सार्वजनिक भएको छ । हाइपरलुप प्रविधिका लागि काम गरिरहेकामध्ये एक कम्पनीले लामो समयदेखि चुम्बकीय ट्युबबाट तीव्र गतिमा कुद्न सक्ने साधन निर्माण गरिरहेको बताएका छन् ।

यसबाट यात्रुहरूलाई निकै छोटो समयमा आफ्नो गन्तव्यमा र्पुयाउन सकिने बताइएको छ । यस विषयमा काम गरिरहेका हिट कम्पनीका सीईओ ड्रिक एल्बर्नले पूर्ण हाइपरलुपको प्रणाली विस्तारको क्रममा रहेको र अबको ३ वर्षमा यो सञ्चालनमा आउने विश्वास व्यक्त गरे । कम्पनीले अहिले ल्याएको क्याप्सुल १ सय ५ फिट लामो छ भने यसको तौल ५ टन छ । यसमा २८ देखि ४० जना यात्रु अटाउने बताइएको छ । एजेन्सीको सहयोगमा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ