- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अहिले नेपालमा आफूलाई कम्युनिष्ट भन्न रुचाउने राजनीतिक दलहरुको बलियो सरकार बनेको छ । यस्तो अवस्थामा मुलुकको विकासमा लाग्नुपर्ने राजनीतिक दलहरु जुँगाको लडाईँमा व्यस्त हुँदा विकास कुरेको नेपालकोे प्रतीक्षाको घडी भने अझै आईपुगेको छैन ।
अहिले नेपालका स्वघोषित कम्युनिष्ट विचारधारामा लागेको बताउने कम्युनिष्ट पार्टीहरुमा हिङ बाँधेको टालो बोकेर सोही नारामा आफ्नो राजनीति गरिरहेका छन् । तर, कम्युनिष्ट विचारको सकारात्मक पक्षलाई समाधिमा राखेर नकारात्मक पक्षलाई मात्रै बोकेर हिँडिरहेका छन् । यही प्रवृत्तिका कारण पछिल्लो समय यी पार्टीहरुबीच नै आन्तरिक मतभेद चुलिन थालेको छ । जसको प्रत्यक्ष असर ती पार्टीहरुले जनतासामु गरेका सबै बाचा बन्धनहरु घोषणापत्रमा नै सीमित हुन बाध्य छन् ।
सत्ताको नेतृत्व गरिरहेको दल नेकपाका एक नेता माधवकुमार नेपालले आफ्नो अस्तित्व संकटमा पर्ने देखेपछि विद्रोहको आवास सुरु गरेका छन् भने सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओली एक सत्तावादी प्रवृत्ति देखाएर १६ शताव्दीमा बदनाम बनेको वादलाई काँधमा बोक्न लागेका त होईनन् भन्ने आशंका पनि उब्जिन थालेको छ ।
अहिले ओली जे चाहन्छन् त्यो १६ शताब्दीमा युरोपमा बदनाम बनेको एक सत्तावादको विचारसँग केही मिल्न जान्छ । एकसत्तावाद कुनै पनि राज्य सञ्चालनमा पार्टीगत पद्धतिलाई भन्दा पनि आफ्नो व्यक्तिलाई नै कूल सरकार मान्दछन् । संसद् सोही व्यक्ति अन्तर्गत् हुन्छ, अदालत सोही व्यक्तिको अधिनमा हुन्छ र समग्र शक्ति सोही व्यक्तिमा केन्द्रित हुन्छ । ओलीले पनि सोही सोचाई राखेको देखिन्छ ।
पहिले सरकारमा हुँदा देखि नै प्रतिपक्षलाई वाईपास गरेर एकलव्यक्ति सर्वेसर्वा बन्ने बाटोमा लागेका ओलीले पछिल्लो समय आफ्नै पार्टीका नेताहरुलाई पनि वाईपास गर्न थालेपछि यस्तो आशंका सुरु भएको हो । अहिले प्रधानमन्त्री केपी ओलीले आफ्नै पार्टीको नेतालाई समेत सन्तुष्ट गराउन नसकेर विपक्षी र नेपाली जनताको जगहँसाईरहेका छन् ।
के हो एकसत्तावाद ?
एक सत्तावाद पनि एक राजनीतिक वाद हो । यसमा संस्था र दल हेरिँदैन विचार पनि हेरिँदैन । मात्रै जसले शक्तिले राज्यसत्ता आफ्नो हातमा लिन सक्यो उसैले नेतृत्व पाउँछन् । यसका अनुसार एक प्रादेशिक व्यवस्थामा एक प्रादेशिक राशि हुन्छ । त्यसैमा केवल एक मात्र सर्वाेच्च सत्ताधारी व्यक्तिविशेषले नेतृत्व गरेको हुन्छ । सोही विशेष संघबाट नै राज्यको सञ्चालन हुने वाद नै एक सत्तावाद हो ।
एक शब्दमा भन्दा राज्यलाई राजसत्ताधारी संस्था मान्नेवाला दार्शनिक दार्शनिक अद्वैतवादी वा एकसत्तावादी कहलाउँछन् । राजसत्ता शब्द श्रेष्ठता अर्थमा प्रयुक्त हुन्छ । त्यसैले राष्ट्रको विशेषता हो । यो वादमा राज्य बाहेक अरु कुनैपनि संस्थाको अस्तित्व रहँदैन र राज्यको अर्थले पनि एकै व्यक्ति विशेषलाई चिनिन्छ । राज्य अन्तर्गत् नै प्रहरी, जेल र अदालत पनि रहन्छ । यो व्यवस्थामा सवै जनता एउटै पार्टीमा आबद्ध हुनै पर्छ र सो पार्टीको सबै निर्णय सोही सर्वेसर्वा एक व्यक्तिले नै गर्दछ ।
१६ औं शताव्दीमा एकसत्तावाद एक विवादास्पद राज्यसत्ताको व्याख्या गरिएको थियो । गिर्यकले राजसत्तालाई एक जादूकी छडी मान्दछन् । देशभर आफ्नो व्यक्तिगत नीति र योजना लाद्न सकिने मान्यता छ । उनले यो व्यवस्थालाई स्पष्ट नभनेपनि आफ्नो योजना लाद्न शासकले जे सुकै गर्न सकिन्छ ।
राज्यको नेतृत्व तथा राज्यको उपयोग आफ्नो योजना पूर्तिको लागि नै प्रयोग गरिएको हुन्छ । जस्तै एउटा कुनैपनि जादुगरले एउटा लाठीबाट नै जस्तोसुकै असम्भव कुरा पनि सम्भव बनाईदिन्छ । सोही अनुसार राज्य सञ्चालकले पनि जनतालाई जतिसुकै मुर्ख बनाएर भएपनि शासन गर्न सक्नुपर्छ ।
युरोपमा १६ औ शताब्दीमा पूर्व धार्मिक विषयमा पोपको तथा अन्य विषयमा रोमन सम्राटको स्थान सर्वाेच्च थियो । त्यतिबेला राष्ट्रियताको आन्दोलनबाट सामन्तवादको कमि भईरहेको थियो । केन्द्रीय शासक शक्तिशाली भईरहेका थिए भने अन्य प्रत्येक राष्ट्रहरुमा स्वतन्त्र सत्ताधारी नयाँ राजाहरु जन्मिरहेका थिए ।
सोही समय बोँदाको धर्म सुधार आन्दोलनको कारण ईसाई धर्ममा पनि अनेक शाखा उपशाखाहरुको सुरुवात भएपछि पोपहरुको सर्वाधिकारिताको विस्तारै कमि हुन थाल्यो । राजनीतिमा पनि रोमन सम्राटहरुको विस्तारै शक्ति क्षीण हुँदै गयो । सो समयमा रुसो पनि हाब्सेको एक सत्तावादको नीति भन्दा भिन्न थियो ।
हाब्सेका अनुसार राज्य राजसत्ता एक लेभियाथनमा निहित रहेको हुन्छ भने रुसोका अनुसार एक प्रत्यक्ष जनतन्त्रीय राज्यको सामान्य इच्छामा । जोन अरिष्टन पनि एक सत्तावादको प्रचारक थिए । उनले एकसत्तावादलाई राजसत्ता नामक प्रामाणिक परिभाषा दिएका थिए । उनी बेन्थमका शिष्य थिए । उनले प्रतिपादन गरेको परिभाषा यो हो कि यदी एक निश्चित जन श्रेष्ठ व्यक्ति अन्य जनश्रेष्ठको आज्ञा पालना गर्दैन भने त्यो जनश्रेष्ठ व्यक्ति राजसत्ताधारी हो । यस्तो जनश्रेष्ठ सहित सो समाज पनि राजनीतिक दृष्टिले स्वतन्त्र हुन्छ ।