arrow

वैदिक कालमा प्रेम विवाह : बाध्यतामा छुट्टिनु पर्दैन थियो प्रेमिल जोडी

अहिलेभन्दा प्रगतिशील वैदिकालीन विवाह : भागेर जाने कि अन्मिएर ?

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७५ असोज २३ मंगलबार
vedic_period.jpg

नयाँ दिल्ली । के तपाईँ आधुनिक समाजको विवाह पद्धतिलाई स्वतन्त्र र खुल्ला मान्नु हुन्छ ? यदि मान्नु हुन्छ भने यो पद्धतिलार्इ तुलनात्मक रुपमा झन् बद्ध र कसिलो रहेको छ । स्त्री र पुरुसबीचको पारिस्परिक मिलनको रुपमा रहेको विवाह पद्धति वैदिक कालमा झनै खुकुलो रहेको थियो । प्रेम सम्बन्ध राख्न पाउने छुट, आफ्ना मन परेका जीवसाथी खोज्न पाउने अधिकार जस्ता विषयले बैदिककालीन विवाहपद्धतिलाई अझ प्रगतिशील मान्न सकिन्छ । 

विवाह एउटा सामाजिक बन्धन मात्रै नभएर समग्र प्राकृतिक जीवनचक्रको निरन्तरताको प्रक्रिया पनि हो । पुरुष र स्त्रीबीचको यो मिलनलाई मात्रै विवाह नभनेर यही मिलनलाई मान्य रुपमा स्थिरता दिनु नै विवाहको संज्ञा हो । अहिलेको युगमा आउँदा झण्डै झण्डै सबैको विवाह पद्धति एउटै भईसकेको छ । सबै हिन्दूहरुमा एउटै आधार सिन्दूरहाल्नुलाई नै विवाहको बैधतासँग जोडिएको हुन्छ । पारिवारिक विकासको लागि स्त्री र पुरुषबीच गरिने यही सम्झौताको मूख्य लक्ष्य प्रजजन् हो अर्थात् सृष्टिको या सन्तान उत्पादन । 

वैदिककालमा विवाह संस्कारको सम्पन्न गर्नको लागि एउटा भव्य संस्कारको आयोजना गरिन्थ्यो । यसमा धनी र गरिवको भेदले कुनैपनि काम रोकिने थिएन । कारण थियो त्यतिबेला आफ्ना छिमेकीको घरमा भएको विवाह सबै छिमेकीको लागि उल्लासको विषय बन्थ्यो र सबैको सहयोग पनि त्यत्तिकै पाईन्थ्यो । विभिन्न ग्रन्थहरुमा लेखिएका विषयलाई विश्लेषण गर्दा उस समयमा धेरै प्रकारका विवाहका स्वरुपहरु देखिएका छन् । 

वैदिक कालमा पनि कुनैपनि विवाह जवर्जस्ती गरिँदैन थियो । बरु अहिलेको समयमा पनि केटा र केटीको मन नहुँदा नहुँदै पनि धेरै विवाहहरु गरिने गरको छ । तर, यो समस्या वैदिककालमा भने थिएन । विवाहको लागि पहिले कुनै पनि पुरुष र महिलाबीच सहमति आवश्यक थियो । तथा उस समय आफ्नो पति र पत्नी चुन्ने अधिकार पनि स्वयं वर र बधुलाई नै थियो । ऋग्वेद(१०र२७र१२)मा वर र बधुले आफ्नो जीवनसाथी आफैंले रोज्न पाउने व्यवस्थालाई स्पष्ट पारेको छ । 

जुन हाम्रो समाजमा देखिएकोे दाइजो प्रचलन पनि वैदिककालदेखि नै चलिआएको प्रक्रिया हो भन्ने कुरा विभिन्न श्रुतिस्मृतिहरुमा पाईन्छ । तर, यो यदि कन्यामा कुनैपनि शारीरिक दोष छ भने त्यस्तो अवस्थामा मात्रै दाईजो दिने प्रचलन रहेको छ । अन्यथा वैदिककालमा दाईजोको प्रक्रिया थिएन । 
वैदिक युगमा यो प्रथालाई आसुर विवाहको रुपमा मानिन्छ ।

त्यस्तै कन्याके अपहरण गर्ने प्रचलन पनि वैदिककालमा नै चलिआएको थियो । तर, यसलाई विरोचित कार्यको रुपमा मानिन्थ्यो । वैदिक कालमा विमद नामका एक युवकले कन्याका पिताको अनुमती विना नै कन्यालाई राजी गराएर कन्या भगाएर लगेका थिए । यो विवाहको स्वरुपलाई राक्षसी विवाहको उपमा दिईएको छ । 

त्यस्तै, सेवा वा पुरस्कारको रुपमा कन्या दिने प्रचलन पनि वैदिककालमा थियो । उदाहरणका लागि एक जैमिनी व्राह्मणमा वर्णित च्यवन ऋषिको कथा तथा बृहद्देवता मा उल्लिखित श्यावाश्वको कहानीमा पनि यस्तो विवाहको विषयमा जानकारी पाउन सकिन्छ । मैत्रायणी संहिताका अनुसार वैदिक ग्रन्थहरुमा त्यसबेला कन्या विक्रय सम्बन्धि विषय समेत उल्लेख गरेकोले यो प्रणाली पनि हुनसक्ने आशंका गरिएको छ । 

त्यस्तै, अर्काे रोचक विषय विवाह संस्कारको समयमा बधूलाई ढुंगाको माथि राख्दछन् । त्यसपछि बरले औपचारिक रुपमा उनको हात लिएपछि मात्रै विधिवत विवाह सम्पन्न हुन्छ । यो प्रकारको विवाहमा दुबै सन्ततिले सोही स्थानमा नै सन्तानको प्रतिज्ञा गर्नु पथ्र्याे । यसरी प्रतिज्ञा गरेपछि दुबैले प्रतिज्ञालाई अग्निको साक्षी राख्नको लागि अग्नीको परिक्रमा गरिन्छ । यो विवाह अनुसार वरलाई बधुको गाडीमा राखेर जन्तिको साथमा आफ्नो गरमा लैजाने प्रचलन थियो । 

केही श्रुतीहरुमा मनुले आफ्नी छोरी तथा तथा रुद्रले आफ्नी बहिनीसँग विवाह गरेको भन्ने पनि उल्लेख भएको पाईन्छ । तर, यो आधिकारिक ग्रन्थहरुमा उल्लेख नभएकोले यसको प्रमाणिकतामाथि समेत शंका छ । अहिले समाजमा व्यापक रुपमा देखिएको पुनर्विवाहको चलन पनि बैदिक कालमा नै थियो । अहिले आफूलाई श्रीमान् वा श्रीमति मन नपरेमा पुनर्विवाह गर्ने प्रचलन छ । तर त्यतिबेला या त आफ्नो पतिबाट सन्तानोत्पादन नभएमा वा पतिको मृत्यु भएमा मात्रै पुनर्विवाहमा गर्न सकिने व्यवस्था थियो । बहुपत्नीको व्यवस्था पनि थियो । शतपथ ब्राह्मणको एक आख्यानमा बहुपत्नीको प्रथाको बारेमा पनि लेखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ