- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
वासिङ्टन। अमेरिकामा माइकल नामको आँधीका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको अधिकारीहरुले जनाएका छन्। अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार घातक आँधीका कारण फ्लोरिडा, जर्जिया, उत्तरी क्यारोलिना र भर्जिनियामा व्यापक जनधनको क्षति भएको छ।
फ्लोरिडा प्यानह्यान्डलमा सबैभन्दा बढी क्षति गरेको २० दिनपछि मृत्यु हुनेको पछिल्लो संख्या सार्वजनिक भएको हो। फ्लोरिडापछि यस आँधीले मध्य अमेरिकामा पनि व्यापक क्षति गरेको थियो। यहाँ १३ जनाभन्दा बढीको मृत्यु भएको थियो।
अमेरिकी जलवायू विज्ञान सेवाले माइकल आँधी अमेरिकामा दशकौंपछिकै सर्वाधिक खतरनाक रहेको जनाएको छ।