arrow

विष्णुका अवतार धन्वन्तरि : देवताका विजयका सारथि

logo
प्रकाशित २०७५ कार्तिक १९ सोमबार
dhanwantari.jpg

काठमाडौं । पूर्वीय चिकित्सा जगतका प्रणेता एवं सूत्राधार भगवान धन्वन्तरिको जन्म दिवस सोमबार भारत वर्षमा धुमधामका साथ मनाईँदैछ । भगवान विष्णुका २४ अवतारमध्येका एक मानिने भगवान धन्वन्तरिको यश र कीर्तिको विषयमा अष्टादश पुराण अन्तर्गतका धेरै पुराणहरुमा महत्व बताईएको छ । मर्यादा पुरुषोत्तम राम र कृष्णको समान पुजित भगवान धन्वन्तरि राक्षसहरुको विगविगीको समयमा देवतालाई जोगाउनको लागि आफ्नो अवतार लिएका थिए । 

महाभारत, विष्णु पुराण, अग्नि पुराण, श्रीमद्भागवत महापुराणादिमा उल्लेख भए अनुसार देवता तथा असुरहरुका एकै पिता थिए कश्यप  ऋषि । उनैको सन्तानका रुपमा रहेका इन्द्रादि देवता र असुरहरुबीच शक्तिको लागि लडाई भइरहेको थियो । वंशबृद्धि अधिक भएको कारणले पनि यिनीहरु आपसमा लडाईँ गर्दै आएका थिए । तीन लोकको अधिपति बन्ने महत्वाकांक्षाका कारण असुरहरु इन्द्रादि देवताहरुसँग लडाईँ गर्ने गरेका थिए ।

मांसाहार हुनाले असुरहरु हृष्टपुष्ट थिए भने देवताहरु उनीहरुको तुलनामा कमजोर मानिन्थे । असुरहरुका आचार्य शुक्राचार्यले राक्षसहरुलाई सञ्जीवनी विद्याको कारणले स्वस्थ तथा दिव्य शस्त्रका ज्ञाता समेत बनाएका थिए । यही समयमा उपयुक्त सञ्जीवनी विद्याको अभावमा देवताहरुको मृत्यु हुन थाल्यो । जसले देवताहरु पराजयको मुखमा पुगेको बेलामा  देवताहरुको कमजोरी जोगाउनको लागि र विजयको सारथिको रुपमा भएको थियो धन्वन्तरिको अवतार । 

आदिकालमा आयुर्वेदको उत्पत्ति ब्रह्माबाट भएको भन्ने मान्यता थियो । आदि कालका ग्रन्थहरुमा रामायण(महाभारत तथा विविध पुराणहरुको रचना भएको थियो । यस्ता सबै ग्रन्थहरुमा जव आयुर्वेदको नाम आउँछ तब भगवान धन्वन्तरिको नाम कतैपनि छुटेको देखिँदैन । 

समस्त भारत भूखण्डको प्रत्येक कुनामा दीपावलीको दुई दिन पूर्व समस्त भारत वर्षीयहरु र विश्वले नै धन्वन्तरि जयन्तीलाई धुमधामकासाथ मनाउने गर्दछन् । यो महापर्व कार्तिक कृष्ण त्रयोदशीको भगवान धन्वन्तरिको पूजा(अर्चना गरी मनाईन्छ । यो दिन समस्त विश्ववासीको दीर्घायू र निरोगी बनून्। 
 
पुरादेवऽसुरायुद्धेहताश्चशतशोसुराः।
हेन्यामान्यास्ततो देवाः शतशोऽथसहस्त्रशः।
 
यो पुराणमा उल्लेख गरिएको धन्वन्तरिको महिमा हो । गरुड तथा मार्कण्डेय पुराणका अनुसार गालव ऋषि वनमा एक समय भड्किएर हिँडिरहेका थिए । उनी थकाई र प्यासले एकदमै व्याकुल थिए । उस समय जंगलमा बाहिर जाने वित्तिकै उनले एक कन्या देखे जो एक घडामा जल लिए बाहिर जाँदै थिईन् । ती कन्याले उनको प्यास पेट्नको लागि ती ऋषिलाई पुरै घडा पानी पिउन दिईन् । जसबाट प्रसन्न भएर गालव ऋषिले आशीर्वाद दिए कि तिमी योग्य पुत्रकी माता बने । तर उनले जब ती कुमारी वीरभद्रा नामक वेश्या हुन् भन्ने थाहा पाए तव उनले आफ्नो आश्रममा लिएर गए । त्यहाँ उनले कुशको पुष्पाकृति बनाएर उनलाई अभिमन्त्रित गरी प्रतिष्ठित गराईदिए । तिनै पछि धन्वन्तरि कहलाए । वेद मन्त्रहरुद्वारा अभिमन्त्रित भएको कारणले उनी वैद्य कहलाए । 

विष्णु पुराणका अनुसार  धन्वन्तरि दीर्घतथाका पुत्र थिए । ती धन्वन्तरि जरायु विकारहरुद्वारा रहित देह तथा इन्द्रियवाला तथा सबै जन्ममा सर्वशास्त्र ज्ञाता मानिन्थे। भगवान नारायणले उनलार्इ पूर्व जन्ममा यो वरदान दिएका थिए कि काशिराजको वंशमा उत्पन्न भएर आयुर्वेदको आठ भाग गराउन सकेस् । 

यसरी भगवान धन्वन्तरिको तीन रूप मिल्दछ ।   
- समुद्र मन्थनद्वारा उत्पन्न धन्वन्तरि प्रथम।
- धन्वका पुत्र धन्वन्तरि द्वितीय। 
- काशीराज दिवोदास धन्वन्तरि तृतीय। 
 
महाकवि व्यासद्वारा रचित श्रीमद्भागवत पुराणका अनुसार धन्वन्तरिलार्इ भगवान विष्णुको अंश मानिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ