- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । के कुनै वैज्ञानिकले अध्ययनको लागि आफ्नो ज्यान दिन सक्छ ? इतिहास मा यसका कयौ उदाहरण रहेका छन् । यस मध्ये एक हुन् कार्ल पेटरसन शिमिट। सन् १९५७ को सेक्टेम्बरमा । अमरीकाको शिकागो प्रान्तको लिंकन पार्क चिडियाघरमा काम गर्ने एक व्यक्तिले एक अनौठो सर्प देखे ।
७६ सेन्टीमीटर लामो उक्त सर्पको प्रजाति जान्नको लागि सो सर्पलाई शिकागोको नेचुरल हिस्ट्री म्यूजियम लगियो । त्यहा चर्चीत वैज्ञानिक कार्ल पैटरसन शिमिट थिए । पब्लिक रेडियो इन्टरनेशनलकी एलिजाबेथ शकमेनका अनुसार शिमिट सरीसृप विज्ञानका जानकार मानिन्थे।
शिमिटले उक्त सर्पलाई आफ्नो नजिक लिएर सर्पको शरीरमा बनेको आकृतिको अध्ययन गर्न थाले । सोहि समय सर्पले उनको औलामा टोक्यो । तर शिमिटले डाक्टरकोमा नगएर औला चुसेर सर्पको विष निकाल्ने कोसिस गरे । उनले आफ्नो जर्नलमा सर्पले टोकेपछिको अनुभवका बारे लेख्न थाले ।
जर्नलमा शिमिट लेख्छन् , '४:३० देखि ५:३० सम्म शरिर चलमलाएको जस्तो अनुभव भयो तर वान्ता भएन,मैले होमवुडसम्म एक रेलमा यात्रा गरे । त्यसपछि ५:३० देखि ६:३० सम्म निकै जाडो जस्तो अनुभव भयो त्यसपछि १०१.७ डिग्री ज्वरो आयो । पछि साझ ५:३० बजे गिजाबाट रगत आउन शुरू गर्यो।'
शिमिट अगाडि लेख्छन् , '८:३० बजे मैले दुई वटा टोस्ट खाए। फेरी राति ९:०० देखि १२:२० सम्म आरामले सुते । त्यसपछि मैले पिसाब गरे जसमा रगतको मात्रा ज्यादा थियो । त्यसपछि २६ सेक्टेम्बर बिहान ४:३० बजे मैले एक गिलास पानी पिए र र वान्ता गरे । जुन पच्न पाएको थिएन, त्यो मेरो पेटबाट निस्किएको थियो । त्यसछि मैले अथबा महसुस गरे र बिहान साढे ५ बजे सम्म सुते।'
शिमिटका अनुसार , ' बिहान साढे ६ बजे मेरो शरीरको तापक्रम ९८.२ डिग्री सेल्सियस थियो । मैले टोस्टसँगै उमालेको अण्डा, स्याउ र कफि पिए । त्यसपछि पिसाब आएन, तर हरेक तीन घण्टामा रगत निस्कियो । मुख र नाकबाट रगत निक्लन लगातार जारी रह्यो, तर थोरै मात्रामा ।'
त्यसपछि दिउँसो डेढ बजे शिमिटले आफ्नो श्रीमतिलाई फोन गरे । त्यसपछि उनलाई डाक्टरकोमा पुर्याइयो तब उनको शरीर पसिनामा डुबेको थियो । उनि बेहोशीको स्थितिमा थिए । अस्पताल पुगेसँगै डाक्टरहरुले उनलाई होशमा ल्याउने निकै कोशिश गरे तर दिउँसो तीन बजे डाक्टरहरुले शिमिटलाई मृत घोषित गरे । डाक्टरले भने सास लिन गाह्रो भएको कारण शिमिटको ज्यान गयो ।
शिमिटलाई टोक्ने अफ्रिकी सर्प बूमस्लेग हो । बूमस्लेगको बिष निकै चाडो असर गर्न गर्दछ । कुनै पक्षीको ज्यान लिन यसको ०.०००६ मिलीग्राम बिष काफी हुन्छ । उक्त बिषको प्रभावबाट शरीरमा रगत जम्न सुरु गर्छ । जसबाट रगतको प्रवाह हुन छोड्छ ।
शिमिटको पोस्टमार्टम रिपोर्टमा कलेजो, आखा, मुटु, किडनि र दिमागबाट रगत बगि रहेको थियो । 'शिकागो ट्रिब्यून' मा छपिएको समाचार अनुसार शिमिटको मृत्यु भन्दा पहिले उनलाई डाक्टरको मा जान सुझाव दिइएको थियो तर उनले यसलाई अस्विकार गर्दै लक्षणहरुको अध्ययन गर्ने बताएका थिए ।