arrow

मदरसा र कट्टरताको साइनो

logo
असिम साह,
प्रकाशित २०७५ मंसिर ४ मंगलबार
madrasa-mislim.jpg

समाजमा शिक्षाको महत्वलाई कहिले पनि नकार्न सकिदैन। ठोस शैक्षिक अवधारणा, समाज तथा देशको निम्ति एउटा अनिवार्य तत्व हो। शिक्षाले व्यक्तिगत तथा समाजको भौतिक पूर्वाधारको विकासमा ठूलो भूमिका निर्वाह गरेका कारण यसको महत्व बढेको छ। औपचारीक रुपमा मूलधारका तथा बैकल्पिक शिक्षा प्रणालीहरु शिक्षा दिक्षामा प्रयोग भएका पाइन्छन। 

समाजको विकास तथा उन्ततिमा शिक्षाले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। एउटा देशको विकास, त्यसको आर्थिक, सामाजिक अनि राजनैतिक समुन्नतिमा त्यस देशको जनताको आचरणले ठूलो भुमिका खेलेको हुन्छ। त्यस्तै जनशक्तिले देशलाई उन्नतीको बाटोमा अघि धकेल्ने काम गरिरहेको हुन्छ। अल्पविकसित देशहरुमा जनसंख्याको मात्रा धेरै भएका हुनाले ती देशहरुमा शिक्षाको अझ बढी तथा आवश्यकता हुन्छ।

यो आलेखमा हामी मूलधारको नभइ वैकल्पिक धाराको रुपमा रहेको मदरसा शिक्षा प्रणालीको बारेमा एक टिप्पणी गर्ने प्रयास गर्नेछौ। इस्लाम धर्मको इतिहासलाई हेर्दा, पश्चिमी शिक्षा पद्धतिको तुलनामा धार्मिक शैक्षिक अवधारणाको रुपमा मदरसा शैक्षिक प्रणालीले  इस्लामिक समुदायको आवश्यकताहरुलाई पुरा गरेको पाइन्छ।

यो परिस्थितीमा स्थानीय शिक्षा पद्धत्ति उदाहरणको निम्ति मदरसा शिक्षा पद्धत्ति एउटा उपयोगी शिक्षा प्रणालीको रुपमा देखा पर्न जान्छ। मदरसा शिक्षाको अवधारणा विशेष गरि १९औं र २०औं शताब्दीमा धेरै प्रासंगिक रहेको पाइएको छ। त्यस समय पाठशालाको थोरै थिए र कतिपय स्थानहरुमा भने पाठशाला नै थिएनन्। यस्तो स्थितीमा स्थानीय तहमा आफ्नो छुट्टै शिक्षण पद्धत्ति सृजना गर्न बाध्यकारी अवस्था थियो। त्यसैको फलस्वरुप हिन्दु अवधारणाका ‘आश्रम’ अनि इस्लाम अवधारणा अन्तर्गत ‘मदरसा’ शिक्षण प्रणाली अस्तित्वमा थिए। तर समयको परिवर्तन सँगसँगै शिक्षण प्रणालीमा पनि धेरै परिवर्तन आयो। शिक्षाको व्यापक विकास तथा सम्पूर्ण विश्वमा समान शैक्षिक अवधारणाको मान्यता अन्तर्गत धेरै पाठशाला, महाविद्यालय, विश्वविद्यालय बन्न थाले। जसको कारण मदरसा अनि आश्रम जस्ता वैकल्पिक रुपमा रहेका स्थानीय शैक्षिक प्रणालीमा मूलधारको शैक्षिक प्रणाली बढी प्रचलनमा आउन थाल्यो। 

वैकल्पिक शैक्षिक प्रणालीले कट्टरता लाद्न थालेपछि यसको विकल्पमा बहश पनि हुन थाले। खासगरि मदरसाको शिक्षा प्रणालीमा हुर्किएकाहरुले गैह्र इस्लामका समुदायलाई कुट(पीट गर्ने, तिनीहरुको सम्पत्ति हड्पने जस्ता कार्यहरुको सृजना गरेपछि यसको नकारात्मक चर्चा पनि धेरै भयो। अस्तित्वमा रहेका मदरसाहरुले राजनीतिमा समेत हस्तक्षेपकारी भुमिका निर्वाह गर्न थालेपछि कतिपय ठाउँमा कडाइ पनि गरिए।  बंगलादेशमा विगतमा उग्रप‌ंक्ती संस्थाहरुले सञ्चालन गरेका मदरसाहरुमा कडाइ भयो। 

छिमेकी भारतका विभिन्न राज्यहरुमा सञ्चालित भईरहेका मदरसाहरुहरुले आफूलाई उग्रवादी क्रियाकलापबाट टाढा राख्दै आएका छन्। तर कतिपय मदरसाहरुको भूमिका शंकास्पद रहेका भारतीय सञ्चारमाध्यममा बेलाबेलामा समाचार आउने गर्दछन। त्यस्ता मदरसाहरुले जसले आफुलाई समाजबाट छुट्टै राखेको रिपोर्टहरु आउने गरेका छन्। यस्ता मदरासाहरुले कट्टरप‍ङती इस्लामिक विचारधारालाई प्रोत्साहन दिइरहेको सूचनाका आधारमा भारत सरकारले चिन्ता पनि प्रकट गरेको पाइन्छ। यद्यपी आजसम्म भारतमा सञ्चालित मदरसाहरु अनि उग्रवादी इस्लामिक गतिविधी तथा आतंकवाद माझ कुनै सिधै सम्बन्ध भएको प्रमाण भने भेटिएको छैन। मदरसाको आर्थिक गतिविधी माथि राखेको कठोर नियम अनि सुनियोजित शैक्षिक पाठ्यक्रमद्वारा भारतमा सञ्चालित मदरासाहरुको रेखाचित्र कोर्न सफल भएको पाइन्छ। 

मदरासा शिक्षाको पृथक वातावरणमा हुर्केका बच्चाहरुलाई समाज तथा साधारण जनतासँग हेलमेल गर्नको साटो तिनीहरुको एउटा छुट्टै अस्तित्व निर्माण गर्ने गरेको देखिन्छ। आजको आधुनिक समाजले बच्चाहरुको सम्पूर्ण विकास अनि तिनीहरुको जीवन तथा यर्थाथसँग परिचयको निम्ति समाजको मिश्रीत संस्कृति, रीति(थिती, धर्म आदिले महत्वपूर्ण भुमिका निर्वाह गरेको ठान्दछन् भने मदरासा शिक्षाले यस्ता बिषयहरुतर्फ संकुचित दृष्टिकोण राख्दछ। जसकारण उनीहरुलाई समाजको गतिविधीमा संलग्न हुन गाह्रो पर्दछ। झट्ट हेर्दा मदरासाले गरिव दुखी बच्चाहरुको शिक्षाको आवश्यकतालाई पुरा गरेको देखिए पनि वास्तवमा धेरै जसो मदरसाहरुले धार्मिक शिक्षामा नै विशेष जोड दिएको पाइन्छ। संसारका विभिन्न देशहरुका सरकारहरुले मदरसा शिक्षालाई समयको मागसँगै परिवर्तन गर्न चाहेपनि पूर्णरुपमा सफल भने हुन सकेको देखिदैँन। किनभने मदरासालाई प्रायजसो इस्लामिक संस्था तथा मस्जिदहरुसँग जोड्ने गर्छन् अनि त्यही संस्थाहरुले नै मदरसाको निम्ति शिक्षक नियुक्ति गर्ने गदर्छ। उनीहरुको दृष्टिमा प्रभाबकारी उलेमा अनि मुल्हा नै मदरासाको निम्ति उपयुक्त शिक्षक हुन सक्छ।

विश्वभरी सञ्चालित भईरहेको धेरै जसो मदरसाहरुको मूल उदेश्य इस्लामिक विज्ञ तथा इस्लाम सृजना गर्नु रहेको पाइन्छ, डाक्टर तथा ईन्जिनियर होइन। यस्ता मदरसाहरु जसले आफूलाई आधुनिक भएको ठान्दछन् तिनीहरु पनि यस कार्यमा असफल भएका छन्। मदरसाका पाठयक्रम धेरै सिमित भएका कारणले त्यहाँ अध्ययनरत विद्यार्थीहरुले उच्च शिक्षाको निम्ति कुनै पनि विश्वविद्यालमा भर्ना पाउन अति गाह्रो पर्दछ। जसकारण तिनीहरुको उच्च शिक्षा लिने चाहनामा बाधा पर्दछ। भारतका उत्तर प्रदेशमा मदरसाबाट शिक्षा लिई उतीर्ण भएका विद्यार्थीहरुले विश्वविद्यलयमा अध्ययन गर्नको निम्ति राज्य सरकारद्वारा सञ्चालित विशेष परिक्षामा उत्रिर्ण हुनपर्ने प्रावधान बनाएको छ।

मदरसा शिक्षाले आफ्नो विद्यार्थीहरुलाई आजको आधुनिक समाजको मानिसहरुसँग काँधमा काँध मिलाएर हिड्ने तथा बस्ने व्यक्तिको रुपमा विकास गर्न तथा शिक्षित बनाउन असफल हुँदा मदरसाबाट स्थातक गरेका विद्यार्थीहरुले अन्तमा गएर मदरसाको ुमौलमीु तथा मस्जिदको ुईमामु को रुपमा काम गर्न नै वाध्य हुन्छन। 

मदरसाहरुको विशेष प्राथमिकता इस्लाम धर्मको प्रचार प्रसार गर्ने, कठोर धार्मिक पहिरण धारण गर्ने, पृथक्करणबादी कक्षा सञ्चालन गर्ने अनि व्यक्तिको निजी स्वतन्त्रता हनन गर्ने काममा नै केन्द्रीत गरेको आरोप लाग्ने गरेको छ। मदरासा शिक्षाले एक प्रकारले सङ्कुचितबाद तथा विसङ्गतिबादी मान्यतालाई अघि बढाएको आरोप पनि खेप्दै आएको छ। जुन ठाउँमा मदरासाहरु धेरै खोलिएका छन्, त्यस ठाउँमा देवबन्दी मदरासाहरुको पनि स्थापना भएको पाइन्छ, जो सैद्धान्तिक रुपमा उग्रवादी शैक्षिक पद्धत्तिबाट प्रेरित देखिन्छन्। देववन्दी मदरासा विशेष उग्रबादी तथा अतिबादी विचारधाराणालाई प्रोत्साहन दिने संस्थाको रुपमा पनि चिनिन्छन्। धेरै अनुभवी तथा ज्ञान भएका देवबन्दी स्नातकहरुले प्रायजसो आफ्नो दुइवटा मदरासा स्थापित गर्ने गर्दछन्। उनीहरुले अन्य मदरसालाई आफ्नो विचारधाराले प्रभाव पार्ने प्रयास गर्दछन्।

यस्ता मदरसाहरुलाई आफ्नो अस्तित्व बचाउन तथा कुनै प्रकारको विकासको काम गर्न एकअर्कामा धेरै प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ। यस्तो प्रतिस्पर्धाको दौडमा यिनीहरु सजिलैसँग इस्लामिक धर्मका विभिन्न सम्प्रदायहरु जस्तै अले ईर हदित बरेलती,  देवबन्दी अनि जमात ई ईश्लाम आदिको शिकार तथा प्रभावमा पर्ने गर्दछन्। यस्ता सम्प्रदायहरुको प्रभावको विरुद्ध उभिनु मदरसाहरुको निम्ति ठूलो समस्या तथा चुनौति भएको देखिन्छ।

यस्ता विसंयोजनबादी परम्पराले मदरसामा अध्ययनरत युवाहरुलाई जिहादी समुह गठन गर्नमा प्रेरित गर्दछ, जसले आफ्नो सुविधा अनि फाइदा अनुरुप परिस्थितीको शोषण गर्ने गर्दछन्।

आर्थिक सहयोगको निरन्तर आवश्यकता पर्ने भएको हुनाले धेरै जसो मदरसाहरुले खाडी देशहरुबाट आर्थिक सहयोग ग्रहण गर्ने गरेको देखिएका छन्। उपमहादीपमा सञ्चालित मदरसाहरुको निमित्त साउदी अरव एउटा उदारबादी आर्थिक  सहयोगकर्ताको रुपमा देखापरेको छ। साउदी अरबीयनबाट आर्थिक सहयोग प्राप्त गर्ने मूलत त्यस प्रकारका संस्था तथा प्रतिष्ठानहरु छन् जो पुरानो शुद्ध इस्लाम धर्मलाई पुनर्जागरण गर्ने उदेश्यले रुढीबादी तथा अतिबादी ुबाहावीु  ईश्लाम धर्मको प्रवर्द्धन गर्ने काममा संलग्न छन्। तिनीहरु इस्लाम धर्मावलम्वीहरुलाई ुहजु जान प्रोत्साहन गर्दछन। मृतकको नाममा सिमेन्टको मृत स्मारक बनाउनमा जोड दिन्छन् साथै गैर इस्लामिक धर्मावलम्बीहरुलाई इस्लाम धर्म अवलम्बन गर्न प्रोत्साहित पनि गर्छन्।

आर्थिक सहयोगको साथसाथै खाडी देशहरुका यस्ता संस्थाहरुले उनीहरुको विशेष पाठ्यक्रम अनि कितावहरु पनि मदरसाहरुलाई दिने गरेका छन्। यस्ता पाठ्यक्रमले रुढीबादी इस्लामिक धर्मको पृष्ठमूमि बनाउने काम गर्दछ जसले ती मदरसाहरुमा अध्ययनरत विद्यार्थीहरुलाई समाजमा बसोबास गर्ने अन्य समुदायका व्यक्तिहरुसँग कुराकानी तथा हेलमेल हुनबाट रोक लगाउँदछ। इस्लामिक धर्मगुरुहरु आफ्नो मदरसाका विद्यार्थीहरुको व्यक्तिगत स्वतन्त्रतामा रोक लगाउँछन् अनि उनीहरुलाई धार्मिक पहिरण धारण गर्नमा विशेष जोड दिन्छन् ताकि उनीहरु सामाजिक सञ्जालको प्रभावबाट मुक्त एउटा छुट्टै अस्तित्व भएको इस्लामिक धर्मको विकास गर्न चाहन्छन्।

मदरसामा अध्यययन गर्न जाने विद्यार्थी तथा तिनीहरुको परिवारको आचरण तथा हाउभाउमा जवर्जस्त तथा उग्र परिवर्तन आएको धेरै उदाहरणहरु पाइन्छ। मदरसामा अध्ययन गर्ने व्यक्तिहरु आफ्नो अविभावकहरुलाई प्राय यस्तो प्रश्न गर्ने गर्छनः आमाले बुर्खा किन नलगाको?  के टेलिभिजन हेर्नु हराम हो?  के मेरो हिन्दू साथी तथा अन्य समुदायका साथीहरु काफिर हुन ? यस्ता केही दृष्टान्तहरुमा,  आफ्नो बच्चामा आएको यसप्रकारको रुढीबादी परिवर्नले भयभित भई अभिभावकहरु आफ्नो बच्चाहरुलाई मदरसा जानबाट रोक लगाएका पनि देखिएका छन्। यसकारण मुस्लिम समुदाय नै अतिवाद र कट्टरता वढावा दिने मदरसाहरुलाई समयानुकुल बनाउन लागिपर्नु पर्ने देखिन्छ ताकी भोलि सबैले यसलाई स्विकार्न सकोस। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ