arrow

छ महिनाको यात्रापछि मंगल ग्रहमा पुग्यो नासाको विमान 

logo
एजेन्सी
प्रकाशित २०७५ मंसिर ११ मंगलबार
nasa-yaan.jpg

काठमाडौं । नासाको विमान सोमबार मंगलमा ल्याण्ड गरेको छ  । पृथ्वीबाट छाडिएको छ महिनापछि सो यान मंगलमा पुगेको हो ।  यो यान ३० करोड किलोमिटरको दूरी पार गर्दै मंगल ग्रहमा पुगेको हो । 

मार्स इन्साइटको मुख्य लक्ष्य नै रातो ग्रहका रुपमा परिचित मङ्गलग्रहको भित्री तहको रहस्य खोतल्नु, अर्बौं वर्ष पहिले यसको निर्माण कसरी भयो, र पृथ्वीको जस्तै अरु उपग्रह कसरी चट्टानी स्वरुपमा बने भन्ने थाहा पाउनु रहेको छ ।

पृथ्वीको सबैभन्दा नजिकको यो ग्रहमा पदार्पण गर्ने नासाको यो पहिलो प्रयत्न सफल हुनेमा  वैज्ञानिकहरुले आशा राखेका छन् ।  आशावादी छन् । सन् २०१२ मा क्युरिओसिटी रोभर बनेपछि वैज्ञानिकमा नयाँ आशा पलाएको हो ।

यसअघि मङ्गलग्रहमा पुग्न ४३ भन्दा बढी पटक प्रयत्न गरिएको थियो । विश्वका अन्य मुलुकबाट गरिएका प्रयत्न समेत असफल भएका थिए ।

नासाले तयार गरेको नयाँ रोभरले मात्र पछिल्लो सफलता हासिल गर्न लागेको हो । यो अभियानले सन् २०३० को दशकमा मानवलाई मङ्गलग्रहमा पठाउने मार्गप्रशस्त गर्ने नासाका वैज्ञानिकहरुको अपेक्षा छ ।

मङ्गलग्रहको कक्षमा प्रवेश गर्ने, ओर्लन थाल्ने र अवतरण गर्ने चरण स्थानीय समय अनुसार बिहान ११ बजेर ४७ मिनेटमा शुरु हुनेछ । यसको सम्पूर्ण नियन्त्रण क्यालिफोर्नियास्थित पासाडेनाको जेट प्रपोल्सन लबोरटरीबाट हुनेछ ।

बन्दुकको गोलीभन्दा तीव्र गति अर्थात् १९ हजार ८०० किलोमिटर प्रतिघण्टाको वेगमा रहने यो यानलाई मङ्गलग्रहको वातावरण छिचोल्न निकै कठिन हुने वैज्ञानिकहरुको अनुमान छ । 

वायुमण्डलसँगको घर्षणका कारण यानको बाहिरी तापमान करिब एक हजार ५०० डिग्री सेल्सियस पुग्नेछ, र रेडियो सङ्केत समेत केही समय अवरुद्ध हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ