arrow

सत्र महिनादेखिको लापर्वाही, हाकिमले चाहदाँ १० मिनेटमा समाधान

logo
शिशिर पहाडे,
प्रकाशित २०७५ मंसिर २० बिहिबार
pandeys.jpg

काठमाडौं । के सुर चल्यो खै,  कक्षा ११ र १२ को आम सञ्चार तथा पत्रकारिता विषयको पाठ्यक्रम हेर्न मन लाग्यो । पाठ्यक्रम विकास केन्द्रको वेबसाइट www.moecdc.gov.np मा खोज्दै जाँदा पाठ्यक्रमको कक्षा ११ र १२ को लिंक भेटियो । तर आम सञ्चार तथा पत्रकारिताको लिंकमा क्लिक गर्दा गजब लाग्यो । पाठ्यक्रम विकास केन्द्रको ई लाइबेरीमा राखिएको जानकारी अनुसार यो विषयको पाठ्यक्रम सन् २०१७ को अगष्ट ७ मा अपलोड गरिएको छ । तर ताजुब त त्यो बेला लाग्यो पत्रकारिताको पाठ्यक्रममा भौतिक विज्ञान फिजिक्सको पाठ्याक्रम झुण्ड्याइएको छ ।

अझ रमाइलो कुरा केन्द्रको ई लाइब्रेरीमा माध्यमिक पाठ्क्रम ग्रेड ११ को २५३ पाना र गेड १२ को २८८ पानामा सबैजसो विषयका पाठ्यक्रम हालिएको छ, डिटेलमा । तर ती दुबै पाठ्यक्रममा आमसञ्चार तथा पत्रकारिताको नामो निशाना छैन । केन्द्रको लापार्वाही वा भूल ? पत्रकारिता विषय प्राथमिकतामा नपरेको ?

त्रिभुवन विश्व विद्यालय अन्तर्गत रत्न राज्य क्याम्पसमा विसं २०३३ सालदेखि नै प्रविणता प्रमाणपत्रमा तहमा पत्रकारिताको पढाइ हुँदै आएको छ । २०५४ सालदेखि उच्च माध्यमिक शिक्षा परिषद (हाल राष्ट्रिय परीक्षा बोर्ड) ले कक्षा ११ र १२ मा ऐच्छिक विषयका रुपमा यो विषयको अध्यापन गराउँदै आएको छ (२०५८ देखि नै माध्यमिक शिक्षा बोर्डले कक्षा ९ र १० मा समेत आम सञ्चार तथा पत्रकारिता विषयलाई ऐच्छिक विषयका रुपमा पढाउन थालेको छ) । आखिर पाठ्यक्रम विकास केन्द्रको यो लापर्वाही किन ?
सानोठिमीस्थित पाठ्यक्रम विकास केन्द्रको समन्वय तथा प्रशासन शाखा फोन गर्दा खडोस सुनुवारले फोन उठाए । उनले पाठ्यक्रम ई लाइब्रेरीमा पोहरै राखिएको जानकारी दिए । तर खोजिएको विषय पत्रकारिताको पाठ्यक्रम शीर्ष राखेर फिजिक्सको पाठ्यक्रम राखिएको उनलाई हेक्का रहेनछ ।
 
सुनुवारले हाकिम सा’बको नाम दिए । ती थिए दुई महिनाअघि शिक्षा विभागबाट पाठ्यक्रम विकास केन्द्रमा सरुवा भएका उपसचिव गोबिन्द प्रसाद अर्याल । पद, निर्देशक। अर्यालको बैठक सकिएपछि सुनुवार आफैंले कल ब्याक गरे । निर्देशक अर्यालसँग कुरा गराए । “म पनि नयाँ हो यहाँ, बुज्नु पर्छ, के भा हो” भने । तर शुरुमा मेरो सरोकार बुझेनछन् । दोर्याएर जानकारी मागे । उनीसँग कुरा गर्दा दिउँसोको १२:५३ भएको थियो । त्यसको ठ्याक्कै १० मिनेटमा फेरी कल गरे सुनुवारले र गोर्खाली अर्यालसँग कुरा गराए । लगत्तै निर्देशन दिएछन् कम्प्यूटर अपरेटरलाई यी निर्देशकले । अपरेटरले भूल भाकै रछ सर भनेर हतार हतार आमसञ्चार तथा पत्रकरिताकै पाठ्यक्रम अपलोड गरिदिएछन् ।
 
माध्यमिक पाठ्यक्रमा ग्रेड ११ र १२ का फाइल भित्र पत्रकारिताको पाठ्यक्रम भने अझै हालिएको छैन ।
केन्द्रका निर्देशक गोबिन्द अर्यालले कुनै ठूलो काम गरेका कारण प्रसंशा गर्न खोजिएको होइन । यो काम उनले गर्ने र गर्नुपर्ने जिम्मेवारी नै हो । तर मुलुकका अधिकांश सरकारी कार्यलयका हाकिम साबहरुले अल्लिकति पनि जाँगर नचलाइदिँदा, बेवास्ता गरिदिँदा, टारिदिँदा, कार्यालय कर्मचारीप्रति जनताको गुनासो के कति छ, त्यो जगजाहेर छ । काम ठुलो गर्नु पर्दैन, आफ्नो दायित्वभित्रका काम अर्याल र खडोस सुनुवारले झैं गरिदिएमा र अल्लिकति रेस्पोन्सिभ भइदिएमा साँच्चै नै जनताको गुनासो स्वाट्टै घट्नेछ । नो डाउट!



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ