arrow

३ हजार वर्ष पहिलेका महर्षि चरक : प्राचीन 'डाक्टर', आधुनिक वैज्ञानिक !

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७५ मंसिर २२ शनिबार
maharshi_charak.jpg

काठमाडौं । आचार्य चरक पूर्वीय चिकित्सा विज्ञानका जननी हुन् । चरकको आयुर्वेदमाथिको योगदानको विषयमा पूर्वीय साहित्यमा धेरै कृतिहरु लेखिए । उनी कुषाण राज्यका राजवैद्य थिए भन्ने केही ग्रन्थहरुमा प्रमाण भेटिन्छ । यिनीद्वारा विस्तार गरिएको चरक संहिता एउटा प्रसिद्ध आयुर्वेद ग्रन्थ हो। यसमा रोगनाशक एवं रोगनिरोधक औषधिहरूको उल्लेख छ तथा सुन, चाँदी, फलाम, पारा आदि धातुहरूको भस्म एवं तिनको उपयोगको वर्णन समेत पाइन्छ।

करिब दुई हजार वर्ष पहिले उत्पत्ती भएका आयुर्वेदका पिता चरक जसले आयुर्वेद चिकित्साको क्षेत्रमा शरीर विज्ञान, निदान शास्त्र तथा भ्रुण विज्ञानमाथि चर्चा गर्दै एउटा शास्त्रलाई विस्तार गरेका थिए । त्यसो त चरकले धेरै शास्त्र लेखे तर उनको यो शास्त्र भने आधुनिक चिकित्सा पद्धतिको क्षेत्रमा समेत मार्गदर्शक ग्रन्थको रुपमा मानिन्छ । त्यही शास्त्र नै पछि चरक संहिताको रुपमा चर्चित भएको पाईन्छ । यो शास्त्र चिकित्सा क्षेत्रमा एकदमै सम्मानित शास्त्र हो । भनिन्छ चरक वैशम्पायन ऋषिका शिष्य थिए । भारत वर्षको पश्चिमोत्तर प्रदेशमा उनको बढी चर्चा हुने भएकोले उनी भारतको कुषाण राज्यका राजबैद्य थिए भन्ने विश्वास गरिन्छ । सम्भवतः उनी नागवंशमा जन्म भएका थिए भन्ने कुरा विभिन्न शास्त्रहरुमा उल्लेख भएको पाईन्छ । 

चरक भन्थे : 'जो चिकित्सक आफ्नो ज्ञान तथा बुझाईको दियो लिएर विरामीको शरीर छुँदैन । उसले कसरी विरामीलाई ठीक गर्न सक्छ ? कुनैपनि विरामीको सबैभन्दा पहिले कारण पत्ता लगाउनु पर्छ । विरामीलाई बचाउनु ठूलो कुरा हो उपचार गर्नु होईन ।' त्यसो त चरक भन्दा पहिलेका पनि धेरै चिकित्सकहरु थिए । जसले पाचन, चयापचय (भोजन –पाचनसँग सम्बन्धित प्रक्रिया) तथा शरीर प्रतिरक्षाको अवधारणा दिएका थिए । उनका अनुसार शरीरमा पित्त, कफ तथा वायुका कारण दोष उत्पन्न हुन्छ । यही दोष तब उत्पन्न हुन्छ । जब रक्त, मांस तथा मज्जासँग खाएको भोजनमाथि प्रतिक्रिया सुरु हुन्छ।

चरकका अनुसार समान मात्रामा खाएको भोजनले पनि अलग अलग शरीरमा भिन्न दोष पैदा गर्छ । अर्थात एक शरीर अर्को शरीर भन्दा भिन्न हुन्छ । मानिस विरामी त्यतिबेला हुन्छ जतिबेला माथि उल्लेखित ३ दोष असन्तुलित हुन्छ । चरक जहिले पनि विरामीको रोगलाई जरैदेखि उन्मूलन गर्ने उपायको खोजीमा रहन्थे । न कि एउटै रोगको उपचारको लागि कुनै विरामी पटक पटक चिकित्सक कहाँ आउनु परोस् । त्यसैले अहिले पनि आयुर्वेदिक उपचारले विरामीलाई दीर्घकालको लागि निको गराईदिने गरेको पाईन्छ । 

भनिन्छ कि चरकलाई शरीरमा जीवाणुहरुको उपस्थितीको ज्ञान थियो । तर जीवाणुहरुको विषयमा उनको मत अहिलेसम्म भेटिएको छैन । चरक अनुवांशिकका मूल सिद्धान्तबारे समेत जानकार थिए । चरकले आफ्नो समयमा यो मान्यता दिएका थिए कि बच्चामा आनुवांशिक दोष जस्तो कि अन्धापन, लङ्गडापन जस्ता विकलाङ्गता माता या पिताको केही कमिका कारण हुँदैन । यो त डिम्बाणु र शुक्रकिटको त्रुटीको कारण नै यस्तो हुने बताएका थिए । यही तथ्य अहिले हामी पाश्चात्य चिकित्सा शास्त्रबाट सिकिरहेका छौं । 

चरकले शरीरमा दाँत सहित ३६० वटा हड्डि हुन्छ भनेका छन् । चरकको विश्वास थियो कि ह्रदय शरीरको नियन्त्रण केन्द्र हो । चरकले शरीर रचना तथा भिन्न अङ्गको अध्ययन गरेका थिए । उनका अनुसार हृदय शरीरका पूरै १३ मुख्य धमनीहरुसँग जोडिएको छ । यसका अलावा पनि सयौं मुख्य मुख्य धमनीहरु रहेका हुन्छन् । यिनै धमनीहरुबाट नै मानिसहरुको भोजनलाई भित्र पुर्याउने र बिकारलाई बाहिर ल्याउने गरिन्छ । यसमा समस्या आयो भने मानिसहरु विरामी पर्दछन् । उनी प्राचीन चिकित्सक हुन् । तर, अहिले विज्ञानले पत्ता लगाउने विषय उनले पहिले नै पत्ता लगार्इसकेकोले उनी आधुनिक बैज्ञानिक हुन् भन्दा पनि फरक नपर्ला ।  

चरक संहिता प्राचीन चिकित्सक आत्रेयको निर्देशनमा अग्निवेशले एक वृहत संहिता लेखेका थिए । जुन ईसाको ८०० वर्ष पहिले थियो । यो वृहत संहितालाई आचार्य चरकले  स‌ंशोधित गरेका थिए । यो नै चरक संहिताको नामबाट प्रसिद्ध भयो । यिनै चरकले आधुनिक चिकित्सा विज्ञानलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । आधुनिक चिकित्सा समेत चरकको यो संहिताको धेरै टाढा जान सकेको छैन । 

नेपालका राजगुरु पण्डित हेमराज शर्माले लेखेको काश्यपसंहिताको सुरुवातमा भनेको छन् गोत्र अथवा शाखा नामबाट चरक शब्दको प्रसिद्धि हुन सक्छ । अथवा चरक नाम संकेतका लागि रुढ हो । पश्चिम प्रदेशमा नागजातिको इतिहास उपलब्ध छ । यसैबाट उनको वंश सुरु धएको हो । आचार्य वराहमिहिरले प्रवृज्यायोगवर्णन प्रसंगमा 'शाक्या विकमिश' (वरका निर्णय बन्याशनाः) यस प्रकार चरक शब्दको उल्लेख गरेका छन् । यसबाट पनि हामी यो विश्वास गर्न सक्छौं कि चरक शब्दको विविध प्रयोग यत्र-तत्र सुलभ रहेको पाईन्छ । यिनै चरकले लेखेको आयुर्वैदिक ग्रन्थ चरक संहिताको खण्ड खण्ड हामी हरेक शनिबारे परिशिष्टांकमा प्रस्तुत गर्नेछौं । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ