arrow

मेक्सिकोमा तेस्रो लिङ्गीको जन्म : खुशीयालीमा मनाईन्छ उत्सव !

logo
प्रकाशित २०७५ मंसिर २९ शनिबार
third_sexual.jpg

काठमाडौं । मानव जीवनचक्र चलाउनको लागि महिला र पुरुषबाट नै समाज चलिरहेको छ । तर, समाजमा महिला र पुरुष बाहेक पनि अर्काे एउटा समाज छ जसलाई हामी तेस्रो लिङ्गीको समाजको रुपमा चिन्दछौं । 

तेस्रो लिङ्गीहरुलाई समाजले भिन्न तहको नागरिकको रुपमा मान्ने गरेको छ । यो प्रथा नेपालमा मात्रै नभएर नेपाल बाहिर पनि अधिकांश मुलुकहरुमा चलेको पाईन्छ । नेपाल सहित विभिन्न देशका तेस्रो लिङ्गीहरु आफ्नो अधिकारको लागि अझैपनि लडिरहेका छन् । तर, उनीहरुलाई समाजले स्वीकार्न सकेको छैन । 

तर, विश्वमा यस्तो पनि ठाउँ छ । जहाँ महिला र पुरुष होईन यस्ता तेस्रो लिङ्गीहरु जन्मिँदा परिवारमा सबैभन्दा ठूलो खुशी मिल्नेछ । मेक्सिकोका दक्षिणी राज्य ओक्साका इलाकामा छोरा र छोरीको भन्दा तेस्रो लिंगीको बढी सम्मान मिल्छ । यो क्षेत्रमा तेस्रो लिङ्गीलाई मुसे भनिन्छ । 

यहाँका मानिसहरु स्थानीय जपोटेक भाषा बोल्छन् । मुसे यही भाषाको शब्द हो । यहाँ हरेक वर्ष नोभेम्बर महिनामा मुसेका लागि कार्यक्रमको आयोजन हुन्छ । जसलार्इ बेला भनिन्छ । यस कार्यक्रममा सबै मुसेहरु रङ्गबिरङ्गका कपडामा सजिएर आउँछन् । स्थानीय महिलाहरुमा तथा मुसेहरुमा कुनैपनि अन्तर पार्इँदैन । कोही पश्चिमी पोसाकमा आउँछन् भने पनि उनीहरु सिङ्गारपटार गरेर पालिस र गाजल जस्तो कस्मेटिकहरुमा सजिएर आउँछन् ।

तेस्रो लिङ्गीको परिभाषा
अहिलेसम्म हामी तेस्रो लिंगीको त्यही परिभाषालाई विश्वास गर्छाैं जुन पश्चिमी देशहरुले बताए । किनकी मुसे शब्दको दायरा एकदमै धेरै छ । यसको गहिराई सम्झनको लागि यहाँको संस्कृतिलाई पनि सम्झनु पर्दछ । उनीहरुले भनेको पूरा संस्कृतिलाई धान्ने मानिसहरु नै मुसेको रुपमा मानिन्छन् । मात्रै शारीरिक रुपमा महिला र पुरुष नभएको आधारमा मात्रै कसैलाई पनि मुसेको रुपमा मानिँदैन । 

त्यहाँको संस्कृतिका अनुसार विसेन्ट फेरर तीनवटा झोला लिएर हिँड्दै थिए । एक व्यागमा पुरुष जन्माउने वीज थियो भने अर्काेमा महिला पैदा गर्ने विज थियो । तेस्रोमा व्यागमा भने दुईवटै मिसाईएको वीज थियो । त्यही तेस्रो व्याग हिँड्दै गर्दा यहाँ आएपछि खसेको थियो । जसले गर्दा यो ठाउँमा धेरै मुसेहरु जन्मिएको उनीहरुको विश्वास छ । 

तिनै केही स्थानीय मानिसहरु यो पनि भन्छन् कि सन्त जुचेट्यानको पालनहार, विनसेन्ट फेरर जब यो शहरमा घुमिरहेका थिए । त्यही समय एक भाग्यशाली मुसेको जन्म भयो । त्यही मानिसबाट धेरै मुसेहरुले जन्म लिएको समेत बतार्इन्छ । एक प्राइमरी स्कूलका शिक्षक किका यो शहरमा धेरै तेस्रो लिंगी भएकोमा केही पनि दुख मान्दैनन् । उनी यहाँ तेस्रो लिङ्गी जन्मिएमा धेरै मानिसहरु खुशी हुने भएकोले पनि यहाँ धेरै तेस्रो लिङ्गीको जन्म भएको हुनसक्ने बताउँछन्। 

उनका अनुसार यदि यहाँ कुनैपनि परिवारमा मुसेहरु जन्मिए भने त्यहाँ मानिसहरु उत्सव मनाउने गर्दछन् । ती मुसेहरुलाई सानैदेखि समुदायले समेत एकदमै सम्मान गर्ने बताउँछन् । विविसी हिन्दीको सहयोगमा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ