arrow

उदयपुर जिल्ला माछा उत्पादनमा आत्मनिर्भर बन्दै

logo
प्रकाशित २०७२ फागुन १८ मंगलबार
fish.jpg.jpeg
गाईघाट (उदयपुर),  । केही वर्षयता उदयपुर जिल्ला माछा उत्पादनको क्षेत्रमा आत्मनिर्भर बन्न थालेको छ । जिल्लामा व्यावसायिक रुपमा ५५ जना किसानले माछापालन गर्न सुरु गरेका छन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा वार्षिक ७० क्विन्टलसम्म माछा उत्पादन हुने गरेको छ । उत्पादित माछामध्ये २० क्विन्टल उत्पादक आफैले उपभोग गर्ने गरेका छन् भने बाँकी बिक्री हुने गरेको माछा अधिकृत सतन यादवले जानकारी दिए । 
 
अहिले कूल मागमध्ये ४० प्रतिशत आपूर्ति स्थानीय उत्पादित माछाले पूर्ति गरेको छ । सदरमुकाम गाईघाट तथा त्रियुगा नगरपालिका क्षेत्रलगायत बेल्टार र कटारी क्षेत्रमा किसानले समूहगत तथा एकल रुपमा क्याटफिस, रहु, नैनी, माकुर, बिगहेड, सितमर, कमन, ग्रासक्राप, माया प्रजातीका माछापालन सुरु गरेका छन् । 
 
त्रियुगा नगरपालिका– ८ बगाहाका माछापालक किसान निर्मल चौधरी वार्षिक रु ६० हजारको माछा बिक्री गर्ने गरेको बताए । किसानले माछाका भुरा सप्तरीको मत्स्य विकास केन्द्र फत्तेपुर र सिरहाको लाहानस्थित मत्स्य नर्सरीबाट आयात गर्ने गरेका छन् । माछाको माग बढेसँगै जिल्लामा व्यावसायिक रुपमा माछापालनप्रति किसान आकर्षित हुँदै गएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ