arrow

प्रधानमन्त्रीलाई युवा नेताको ज्ञापनपत्र

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
464517310.jpeg
काठमाडौँ। विभिन्न राजनीतिक दलका युवा नेताको टोलीले भारत सरकारले गरेको अघोषित नाकाबन्दी र नेपाली जनताले पाउनुपर्ने अधिकारबारे प्रधानमन्त्री सुशील कोइरालासमक्ष आज ज्ञापनपत्र बुझाएका छन् ।
 
ज्ञापनपत्र बुझाउनेमा नेपाली काँग्रेसका युवा नेता गुरुराज घिमिरे, नेकपा (एमाले)का युवा नेता ठाकुर गैह्रे, रामकुमारी झाँक्री, एनेकपा माओवादीका युवा नेता देवेन्द्र पराजुली, राष्ट्रिय जनमोर्चाका युवा नेता कृष्ण अधिकारी, नेकपा–माओवादीका नेता लेखनाथ न्यौपाने, नेकपा एकीकृतका नेता डाँचाराम वाग्लेलगायत हुनुहुन्छ ।
 
भेटेपछि प्रधानमन्त्री कोइरालाले राष्ट्रिय एकताको अभावले यस्तो समस्या उत्पन्न भएको बताउनुभयो । उहाँले नाकाबन्दीको समस्या समाधान गर्न कूटनीतिक पहल भइरहेको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री कोइरालाले सबै देशसँग सन्तुलित सम्बन्ध राखेर अगाडि बढ्ने बताउनुभयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ