arrow

कहाँकहाँ देखियो सरकारको कस्तो कस्तो अनुहार ?

logo
केदार सुवेदी,
प्रकाशित २०७५ पुष १९ बिहिबार
pm-rasmi11.jpg

दुई तिहाइको सरकार बाह्रौं महिनामा प्रवेश हुन एक साताजति बाँकी होला । यो समयमा अरु जो होस् यो सरकारको नेतृत्वकर्ता व्यक्ति प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो अनुहार देखाउनचाहिँ सारै नै लालायित देखिए । कतिसम्म भने आफू बाहेक अरुको अनुहार देखाउन हुँदैन भन्ने मान्यता रहेछ उनमा । गत मंसिर ११ मा बिजुलीको पोलमा टाँगिएर पनि आफनो सरकार देखाउन लालायित भए, त्यसैदिन एक समारोहमा अनुहार देखाउनै यस्तो गरेको स्वीकार गरे, त्यो आफैँमा अनौठो विषय थियो । त्यसमा सर्वसाधारणको अर्को आक्रोश थपियो बालिका निर्मला पन्तलाई न्याय देउ भनेको पोष्टर  प्रहरी मार्फत च्यात्न लगाए । यी दुईवटै काममा सरकारको दुई प्रकारकै अनुहार देखियो ।

सरकारका अनुहार देखिएका यस्ता धेरै ठाउ छन् । इसाई सम्मेलनमा सरकारको सक्रियता, मेलम्ची खानेपानीमा  कमिशनबाट अवरोध,  ठाउँठाउँमा भ्रष्टाचारीलाई नियुक्ति,  ठेक्कापट्टा खारेज गरेर सम्झौतामा काम गराउने अभ्यास, अर्काको काममा आफूले गरेको प्रचार (सामाजिक सुरक्षा घोषणा सन्दर्भ), स्थायी समितिमा सरकारले माफी माग्नु पर्ने माग, ढुकुटीमा लूट, सुविधामा विस्तार (राष्ट्रपतिदेखिका देखिका सवै तह सम्लग्न),  परराष्ट्रमा विशृंखलता, गार्जन हुँदै शान्ति सुरुक्षा (निर्मलाका हत्यारालाई कारबाही गर्छु भन्दा पत्याउन छाडिएको आवस्था), सुशासनलाई व्यंग्यजस्ता अरुपनि अनुहार प्रकट भएका ठाउँ छन् । आफनै वरिपरी र आफूले देखेका भोगेका सरकारका अनुहार देखाउने अरु विषय भए यो सूचीमा चढाउन ठाउँ छाडिएको छ ।

पानीजहाज चढन गुज्रिएको निम्तो
गत असार १४ गते स्वर्गीय मदन भण्डारीको जन्मजयन्तीका अवसरमा काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित ‘नेपालमा समाजवादका आधार’ विषयक विचार गोष्ठीमा प्रधानमन्त्री केपीशर्मा ओलीले बोलेका कुरा :
‘आलोचना, टिप्पणी र विरोध गर्नेलाई सुझाव पनि दिन चाहन्छु, तपाईंले बोलेका कुरा रेकर्डेड छन्, इतिहासमा । रेकर्डेड हुन्छन्, आजको मिडियाको जमानामा । याद गर्नुस् दश वर्ष पछाडि तपाईंलाई मजाकको पात्र दुनियाँले नबनाओस् ।  हेर्दाहेर्दै अब यहाँ हनुमान नगरबाट हामीपानीजहाज चलाउँछौं । के हुन्छ अब त्यो पोहोर बोलेका कुरा ? दुई वर्ष अगाडि म प्रधानमन्त्री हुँदाबोलेका कुरा, कमसेकम २०१९ लाग्ला, सन् २०१८, यो पुस १५ सम्ममा भ्याइन भने पुस १६ लाग्ला । तर पानीजहाज (स्टिमर) चढेर कलकत्ता, निम्तो छ साथीहरुलाई ।’
प्रधानमन्त्रीले जे गर्छु भनेर ६ महिना अगाडी त्यो गर्ने कामको दिनै तोकेर जे भनेका थिए त्यसको स्थलगत त छाडौँ कागजी रुपको काम पनि भएन । साथै, यो ६ महिनामा प्रधानमन्त्री ओलीले आफैँले बोलेको कुरा बिर्सिए । यो नयाँवर्षको शुभकमामना दिँदा धेरै ठाउँमा उनले लामो भाषण गरे तर ‘हनुमाननगरबाट हामी पानीजहाज चलाउँछौँ । सन् २०१८, यो पुस १६ मा पानीजहाज (स्टिमर) चढेर कलकत्ता, निम्तो छ साथीहरुलाई ।’ भन्ने आफैँले बोलेको कुराचाहिँ कतै चर्चा गरेनन् ।

तर, यो मितिमा पानीजहाज चढेर कलकत्ता जाने प्रधानमन्त्रीले दिएको यो निम्ताचाहिँ आमनागरिकले सम्झिरहेका छन् । यसको उदाहरण हो सामाजिक सञ्जालमा प्रधानमन्त्रीसँग यसबारे प्रश्न र व्यंग्य हुनु तर उत्तर आएन । प्रधानमन्त्रीले यस्तो निम्तो गरेको दिनबाट यो काम हुन पूरै ६ महिना बाँकी थियो ।

प्रधानमन्त्रीको मुखबाट दिनै तोकेर यो बेलासम्म यो काम गर्छु भनी किटिएको यो पहिलो काम हुनुपर्छ । यसकारण आम तहबाट प्रधानमन्त्रीलाई सुझाव दिइयो –‘तपाईंले बोलेका कुरा रेकर्डेड छन्, इतिहासमा । आजको मिडियाको जमानामा । याद गर्नुस् दसवर्ष पछाडि तपाईंलाई मजाकको पात्र दुनियाँले नबनाओस् ।’ यी शव्द प्रधानमन्त्री ओलीले ६ महिनाअघि पानीजहाज चढ्न निम्तो दिँदै व्यक्त गरेका हुन् । उनको बोलीलाई पत्याउने आशंकामा होला उनले अरुका लागि बोलेका थिए व्यंग्य गर्न । तर, त्यही शव्द यो बेला उनीप्रति नै फर्कियो आमनागरिकका तर्फबाट । यहाँ यसरी सरकार देखियो ।  अरुलाई बोलेका कुरा रेकर्ड भएर बस्ने भएकाले ख्याल गर्न सुझाव दिएका प्रधानमन्त्री स्वयंलाई भने यो कुराको ख्याल भएनछ सायद । जसले गर्दा प्रधानमन्त्रीकै कुरा पनि भरोशा योग्य हुँदैनन् भन्ने छाप पर्न गयो ।

पानीजहाजबारे प्रधानमन्त्रीका थप भनाइ सम्झनाका लागि – २०७३ जेठ ४ मा काठमाडौंमा अखिल नेपाल महिला संघको राष्ट्रिय परिषद्को पहिलो बैठकको उद्घाटन गर्दै –‘कुन बन्दरगाह चलाउने भन्ने निर्णय भएको छैन, यद्यपि नेपाली पानीजहाज चलाएरै देखाउँछौं । पानीजहाज प्रयोग भएको बन्दरगाह प्रयोग गर्ने मात्र होइन, नेपालले आफ्नो पानीजहाज प्रशान्त र हिन्द महासागरमा चलाउनु हुँदैन भन्ने केही छैन । आफ्नै पानीजहाजमा हामी सामान ल्याउँछौ र आफ्नै रेलमा सामान तीनदिनमा काठमाडौं आइपुग्छ ।  अलिकति समय पर्खिनुहोस् । हिन्द र प्रशान्त महासागरमा नेपाली झन्डा गाडेका पानीजहाज चल्छन्, अरुले गाड्छन्, गाड्दैनन, हामी गाड्छौं, पानी भएपछि पानीजहाज चलाउन किन नहुने के छ ?’

पानीजहाज अन्यत्र  पनि चर्चामा आइरह्यो । २०७५ जेठ १३ मा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै ओलीले ‘पानीजहाजको सपना निदाएका बेलामा होइन, दिउँसै देखेको सपना भएको’ बताए । ०७५ साउन ८ मा प्रेस चौतारी र प्रेस सेन्टरले आयोजना गरेको अन्तक्र्रियामा उनले भने, ‘पीर पर्नुको पनि एउटा हद हुन्छ नि ! पानीजहाज चल्दा किन पीर गर्ने ?’ ओलीको यो भनाइलाई सत्य हो कि जस्तो पार्न उनका उच्चतहका कार्यकर्ताले पनि कसर बाँकी राखेनन् । जस्तो  जेठ ११ गते संसदमा सरकारको नीति तथा कार्यक्रमको प्रतिरक्षा गर्दै सुवास नेम्वाङ –‘हामी पानीजहाजको सपना देख्न थालेका छौँ । हत्तपत्त नाउ चढ्न नपाउने त्यो पहाडबाट आएको म, आजकाल यो जेठ ७ गतेपश्चात् कोशी हुँदै गंगाहुँदै हिन्द महासागर पुगेको सपना देख्न थालेको छु ।’ तर यो आमनागरिकका लागि सरकारले गरेको एउटा व्यंग्य थियो भन्ने सरकारकै प्रवक्ताले बताइरहेका थिए  । यही पुस ५ मा मन्त्रिपरिषद्को निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा एकजना पत्रकारले सरकारका प्रवक्ता गोकुल बाँस्कोटालाई सोधे, ‘प्रधानमन्त्रीले पानीजहाज चढ्ने निम्ता दिनुभएको थियो । त्यो निम्ता कसरी मनाउने ? कहिले पानीजहाज चढ्ने ?’ उनको स्पष्ट जवाफ थियो –‘त्यो एउटा सपना हो ।’

यसको अर्थ हो यी पंक्ति लेखिँदाको यो समय नेकपाको दुइतिहाइको सरकार  एघारौं महिना पूरा गर्ने क्रममा थियो जुन, समयसम्म यो सरकारलाई नेपाली जनताले केवल सपनामा मात्र देखेछन् र भेटेछन् ।

बालबालिकाले देखे–भेटेको सरकार
पानीजहाज एउटा सुखसुविधाको कुरा हो । त्यो पूरा भए सुखपूर्वक जीवनयापन होला, नपुगे परम्परागत जीवन छँदै छ  । यहाँ दुखद पक्ष सरकारले अरु सुख सुविधा त दिएन परम्परागत जीवननिर्वाहको अवस्थिति पनि बिथोलिदियो । सरकारको एघार महिनाको यो समयको पूरै छ महिना देश एउटा यस्तो त्रासदी युक्तरह्यो जहाँ सरकारको अनुहार अपराधीलाई लुकाउने र निरपराधीलाई दण्ड दिने जस्तो रहन पुग्यो । यो कुरा गाउँ सहर र बृद्धबालक सबैका मनमनमा गढ्यो । एउटा बालकले आफनो देशको कार्यकारी प्रमुखसँग भेट्न पाए पहिलो प्रश्न नै जीवन रक्षासँग जोडिन जाने भएछ । यो अवस्था सामान्य पक्कै होइन ।

कन्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या र हत्यारालाई राज्यकै निकायबाट लुकाउने छिपाउने काम भयो । त्यसले देशका विद्यार्थीको मनलाई झस्काएको छ  । देशको कार्यकारीसँग  भेट हुँदा उनीहरुले सोध्ने पहिलो प्रश्न यही हुनु वास्तवमा सरकारको अनुहार प्रकट भएको मान्नुपर्ला । यो पन्त हत्याको साढे पाँच महिनाको सेरोफेरोका दिनको कुरा हो ।

‘प्रधानमन्त्री ज्यू म प्रिमियर स्कुलकी छात्रा रश्मीथापा, मेरो तर्फबाट तपाइँलाई सोध्न चाहन्छु निर्मलापन्तको हत्याराहरु घुमिरहेका छन् । उनीहरुलाई सरकारले पक्राउ गर्न सकेन । भविष्यमा यस्तो घटना नहोस् भनेर सरकारले के सोचिरहेको छ ? सरकारबाट हामीले कस्तो सुरक्षाको अपेक्षा गर्ने ?’

नेपाल स्काउटले राजधानीमा आयोजना गरेको ‘बालबालिकासँग प्रधानमन्त्री’कार्यक्रममा रश्मीले सोधेको यो प्रश्न देश कस्तो अवस्थामा छ र आगामी पुस्ताले के सोचिरहेका छन् भन्ने  उदाहरण हो ।

प्रधानमन्त्री सुखी नेपाली र समृद्ध नेपालको सपना देखाइरहेका छन् । उनले गायकसँग भेट हुँदा गरिबीको गीत नगाउन भनिसके । रेल, पानीजहाज पनि यसमा आए । तर, ती कुराले यस्ता किशोर-किशोरीलाई छोएको छैन । किशोरीको प्रश्नको पहिलो सन्देश यही हो । अन्यथा रेल र पानीजहाज चढ्ने कुरा आउँथे ।  

निर्मलाहत्याबारे प्रश्न सोध्दा हलमा उपस्थित ८ सय विद्यार्थीले ताली बजाएका थिए । जवाफमा प्रधानमन्त्रीले त्यही भने जो बितेका पाँच महिनादेखि भन्दै आएका थिए–‘अत्यन्तै दुःखद यो घटना कहिल्यै पनि बिर्सन सकिँदैन । बलात्कारपछि हत्या गरिएकी निर्मलाको हत्यारा छिट्टै पक्राउ पर्नेछन् । हामी यो घटनाको छानबिन गरिरहेका छौँ ।’ आश्चर्य ! यति ठूलो र गम्भीर विषयमा विपक्षीले ठूलो मुद्दा बनाउनु कसरी नराम्रो भयो त ? यो मुद्दा नउठाएको भए त विपक्षीदल सामाजिक लाग्ने थिएनन् । उनले फेरि ढाँटे –‘प्रहरीले विभिन्न घटनाका ९५ प्रतिशत आरोपी पक्राउ गरिसकेको छ । निर्मलाकाहत्यारा पनि उम्कन पाउँदैनन् । म पनि आश्चर्यचकित भएको छु । दोषी भनेर पक्राउ गर्‍यो, डिएनए मिल्दैन । यो विषयमा सरकार गम्भीर छ ।’

यहाँ ख्याल गर्नुपर्ने कुरा जसरी विद्यार्थीले प्रश्न सोधिँदा तालीको गडगडाहट गुञ्जियो थियो भने प्रधानमन्त्रीले दिएको त्यस्तो जवाफमा एउटा पनि ताली बजेन ।  

इसाई सम्मेलनको ज्याकेट सन्दर्भ
खासगरी प्रधानमनन्त्री र उनका सल्लाहकार तथा उनीबाट प्रत्यक्ष लाभान्वित एउटा वर्ग मंसिरको मध्यमा सम्पन्न इसाई सम्मेलनबारे केही हुँदै नभएको भन्ने मान्यता प्रकट गरिदिए हुने थिये भन्ने विचार राख्ने गरेका छन् । तर यो सरकारलाई धेरै नजिकबाट जनताले देखेको अवसर नै यही होला । सरकार प्रमुख नेकपाका अध्यक्ष पनि हुन । उनले आफ्ना कार्यकर्तालाइ उर्दी जारी गरे–यो सभामा बाँडिने रक्सी खान आऊ । त्यसका लागि ज्याकेट, एक लाख नगद र होलीवाइन लेखिएको रक्सीको सानो बोतल राखिएको कुरा  सरकारको पार्टीका स्थायी सदस्यले बैठकमा उठाएका कुरा सार्वजनिक भए । सम्मेलन गराए बापत उनले पाएको एकलाख डलरको इनाममा आमनागरिकले सरकारको विकृत अनुहार देखे भने अस्वाभाविक नहोला ।

ढुकुटीमा हात
गएको असारमसान्तमा सरकारले आफनो पाँच महिनाको उपलव्धीमा मितव्ययिता सम्वन्धी निर्देशिका बनाएर लागु गरेको उल्लेख थियो । मितव्ययितामा चर्चा हुँदा नहुँदै उल्टोबाट देखिन थाल्यो सरकार । एकमहिनामै नगद सवा करोड बाँडिदै आएको रहेछ आफैले बनाएको मितव्ययिताको विपरीत हुने गरी ।

सरकारको दशौंमहिनामा सार्वजनिक भएको एउटा समाचार :
ओली सरकारले पछिल्लो १० महिनामा मात्रै साढे १२ करोड रुपैयाँभन्दा बढी रकम आर्थिक सहायताका नाममा वितरण गरेका पाइयो । ओली प्रधानमन्त्री भएपछिको फागुन ३ देखि मंसिर मसान्तसम्मको १० महिनाको अवधिमा आर्थिक सहायता भन्दै १२ करोड ६० लाख ८८ हजार सात सय ८० रुपैयाँ वितरण गरेका प्रधानमन्त्री कार्यालयका रेकर्डले देखाएका छन् । यो महिनाको सवाकरोडको वितरणदर हो । नगद नै वितरण भएको हुँदा यो अंकलाइ ठूलो मानिएको हो । मितव्ययिताको व्यवस्था यही सरकार आफैँले उल्लघन  गर्‍यो ।
पहिलो पटक प्रधानमन्त्री भएको बेला १० महिनामा १२ करोड २५ लाख १३ हजार छ सय ३५ रुपैयाँ वितरण गरेका थिए । पहिलो कार्यकालको भन्दा दोस्रो कार्यकालको पहिलो १० महिनामा आर्थिक सहायताको नाममा ३५ लाख ७५ हजार एक सय ४५ रुपैयाँ बढी वितरण गरेको देखिन्छ ।

यो घटदै आउनुपर्नेमा बढदै जानुले स्थिति भयावहतर्फ लागेको बुझन सकिन्छ । सरकारले मंसिर महिनामा मात्रै आर्थिक सहायताका नाममा एक करोड २७ लाख १९ हजार सात सय ४९ रुपैयाँ वितरण गरेको छ । कात्तिक महिनामा १० लाख, असोजमा एक करोड १९ लाख ९२ हजार ३ सय ८५ रुपैयाँ, भदौमा एक करोड ८० लाख २१ हजार आठ सय रुपैयाँ वितरण गरेको थियो ।
साउनमा ९८ लाख ५१ हजार ६ सय ६९ रुपैयाँ, असारमा एक करोड ५० लाख ४६ हजार ८ सय ३१ रुपैयाँ, जेठमा एक करोड ५ लाख रुपैयाँ, वैशाखमा एक करोड १० लाख ५० हजार रुपैयाँ, चैतमा २ करोड १६ लाख ९१ हजार ६ सय ६ रुपैयाँ र फागुनमा एक करोड ४२ लाख १४ हजार ७ सय ४० रुपैयाँ यस्तो वितरण भएकोमा पर्दछन ।  कसैले सरकार कहाँ छ भनी प्रश्न गरे ढुकुटी वितरणमा छ भनी उत्तर आयो भने आश्चर्य नहोला ।  सरकारको नेतृत्वमा जुनसुकै दल पुगेपनि आर्थिक सहायताको नाममा ठूलो रकम दलका नेता तथा कार्यकर्तालाई बाँड्दै आएका छन् । यसले सरकारले जेपनि गर्छ भन्ने मान्यता कायम गराउँछ ।

एउटै भ्रमणमा सवा करोड खर्च
कतार खाडी क्षेत्रका मुलुकहरुले प्रतिवन्ध लगाएको मुलुक हो । त्यो देशमा असंलग्न परराष्ट्र नीतिअवलम्वन गरेको देश नेपालको  राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पहिलो भ्रमण गरिन वा गराइयो । यहाँ पनि सरकारको एउटा अनुहार देखियो ।
समाचार विवरण अनुसार गतकार्तिक १२ देखि १५ गतेसम्म चार दिनकतारको भ्रमण गर्दा एक करोड २० लाख २४ हजार ७ सय ७५ रुपैयाँखर्च भएको पाइयो । भ्रमणमा लागेको खर्च अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयको नाममा निकासा गरिसकेको छ ।  
राष्ट्रपति तथाप्रधानमन्त्रीले गर्ने औपचारिक भ्रमणमा १० जनासम्मको सम्पूर्ण खर्च सम्बन्धित देश (निमन्त्रणा गर्ने)ले व्यहोर्ने गर्छ भने बाँकीको स्वयंले गर्नुपर्ने हुन्छ । गतकार्तिकमा राष्ट्रपति भण्डारी ३७ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतार पुगेकी थिइन् । यसमा २७ जनाको सबै खर्च आफैले व्यहोर्नुपर्‍यो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ