'मेरो नशामा बीपीको रगत होइन, विचार बगेको छ।' भन्दै महामन्त्री पदमा गगन थापाले आफ्नो उम्मेद्बारी घोषणा गरेसँगै नेपाली कांग्रेसको १३ औ महाधिवेसन थप रोमाञ्चकारी र तरंगित भएको छ। तुलनात्मक रुपमा अन्य दुई भन्दा कमजोर आकलन गरिएको सिटौला प्यानलबाट उम्मेदवार वनेका गगन युवाहरुको आशा र आकर्षणको प्रमुख केन्द्रविन्दुमा रहेका तथा सफल राजनीतिक नेतृत्व प्रदान गर्न सक्ने अथाह संभावना वोकेका जुझारु नेता हुन्। विरासतको राजनीतीबाट उदाएका विपि पुत्र डा. सशांख कोइराला र आफ्नै ससुरा अर्जुननरसिहँ केसी सँगको गगनको चुनावी प्रतिस्पर्धा र परिणाम व्यग्रताका साथ हेरिनु स्वभावीकै हो।
चुनावी परिणाम गगनको पक्षमा आओस् नआओस् तर सैदान्तीक विचार विमर्श सून्यप्राय र संगठन अप्रभावकारी भएको तथा राष्ट्रिय राजनीतिमा समेत अपेक्षाकृत रुपमा दर्विलो उपस्थिती जनाउन नसकीरहेको नेपाली कांग्रेसको भविष्य गगन र गगनको पुस्तामा निर्भर छ भन्दा अत्युक्ति नहोला, हुदैन। देउवा-पौडेल पुस्ताबाट अझै पनि पार्टीमा आमुल परिवर्तको अपेक्षा गर्नु पटमुर्खता सिवाय केही नहुने निश्चितप्राय छ। अवस्य पनि व्यक्ति भन्दा राजनीतिक पार्टीमा नीति, सिद्धान्त, संगठन जस्ता पक्षले वढी महत्व राख्छन। यद्यपी पदाधिकारी हैसियतमा स्थापित नेतृत्वले पार्टीका वैचारिक, सांगठनिक आदि पक्षलाई प्रत्यक्ष प्रभावित गर्न सक्दछन्।
सिद्धान्तर विषयवस्तुको गहन अध्ययन, संगठन निर्माणमा निपुणता, राजनीतिक दुरदर्शिता र चेतना, आदर्श र स्वच्छ छवि भएका विपि, गणेशमान जस्ता महान राजनीतिक सारथीको योगदानको व्याज खाएरै सवैभन्दा ठूलो पार्टिको रुपमा नेपाली कांग्रेस स्थापित हुनु अकारण होइन। तर विपिदेखी विपि पुत्रसम्म आइपुग्दा एउटा राजनीतिक युग समाप्त भएर नयाँ युग प्रारम्भ भएको छ।
करिव ७० वर्षको अथक संर्घष पश्चात प्राप्त भएका राजनीतिक उपलब्धी लाई संस्थागत गरेर आर्थिक रुपान्तरण र विकासको मागलाई कांग्रेसले समयानुकुल यथोचितरुपमा सम्वोधन र नेतृत्व गर्न चुक्यो भने अव नेपाली कांग्रेसको उपादेयता नेपालमा सकिन्छ। वदलिदो राष्ट्रिय अन्तराष्ट्रिय परिवेशलाई सहि मुल्यांकन गरेर सोही अनुरुप पार्टी अगाडी वढ्न नसकेको खण्डमा उक्त पार्टीको आवश्यकता र सान्दर्भिकता समाप्त हुने विषय सर्वविदितै रहेको छ। यस अवस्थामा पार्टी र राष्ट्रलाई सवल नेतृत्व सक्षम चेतनसिल जागरुक युवा पंक्तिबाट मात्र संभव हुन्छ।
सैदान्तीक रुपमा स्थापनाकालदेखी नै सामाजीक न्याय, समता, समानता र सहभागीतामुलक समाजको परिकल्पना गरेको नेपाली कांग्रेसभित्र चाही यी विविध पक्षको सफल अभ्यास हुन नसक्नु वडो दुखत पक्ष हो। गुटवन्दी, आन्तरिक लोकतन्त्रको अवसान, परिवारवाद, नातावाद, कृपावाद, भ्रष्टाचार र अवसरवादी चरित्रका कारण पार्टी अपेक्ष। कृत रुपमा प्रभावित हुन सकेको छैन भने संगठन समेत प्रभावकारी छैन। पार्टीभित्र सिद्धान्तको विचार विमर्श नहुनु, आन्तरिक लोकतन्त्रको सफल अभ्यास नभै केही सिमित व्यक्तिको इच्छाले पार्टिका तथा राष्ट्रका महत्वपुर्ण निर्णयहरु प्रभावित रहनु, भातृ संगठनको चुनाव वषौसम्म हुननसक्नुले पार्टीको निति र कार्यमा अलिकति पनि तादम्यता नहरहेको सुस्पष्ट हुन्छ।
यसरी नेपाली कांग्रस सिद्धान्त र आदर्शबाट विचलित हुनु लोकतन्त्रमाथी नै एउटा खतराको संकेत हो भने अतिवादी दक्षिणपन्थी र वामपन्थि शक्तिहरुलाई सुन्दर लोकतन्त्रमाथी प्रहार गर्ने सुनौलो अवसर। यी विविध तथ्यले वर्तमान कांग्रेसको देउवा पौडेल पुस्ताको राजनितिक असफलतालाई उजागर गरेका छन् भने नयाँ पुस्ता नेतृत्वदायी पदमा स्थापीत हुनुपर्ने आवश्यकतालाई समेत दर्शाएका छन्। नेपाली कांग्रसको आसन्न महाधिवेसनले अवको राजनीतिलाई सही दिशानिर्देश गरेर संबिधानको सफल कार्यान्वयन गर्दै राष्ट्रलाई आर्थिक सम्रिद्धी र विकासको पथतर्फ डोर्याउन सक्ने नेतृत्व स्थापित गर्नुपर्छ।
पारिवारिक पृष्ठभुमिको वलमा राजनिति गर्दै विरासतको नाममा पार्टीमा परिवारवाद, नातावाद, कृपावाद हावि हुनबाट रोक्नु प्रत्येक सचेत महाधिवेसन प्रधिनिधिको दायित्व हो। पार्टिमा गुटवन्दीको राजनिती गर्ने, आन्तरिक लोकतन्त्रको अभ्यास हुन नदिने, पार्टि तथा राष्ट्रको निणर्य आफ्नो राजनितिक भविष्य सँग जोडेर सोही अनुकुल गर्ने जस्ता घृणित राजनितिक कार्यलाई फस्टाउन मलजल पुरयाइरहेका नेतालाई उपयुक्त पाठ सिकाउने उचित अवसर आएको छ।
आफ्नो जिवनको करिव छ दशक सम्म नेपाली राजनितीका सर्वमान्य र विशिष्ट पुरुषको पुत्र हुदा समेत कुनै कहिल्यै आकर्षक राजनितिक क्षमता प्रदर्शन गर्न नसकेका शसांख कोइराला जस्ता पात्रलाई कांग्रेसजनले अहिले पनि स्वीकार गर्ने हो भने नेपाली कांग्रेस पतनको पथतर्फ स्पष्टरुपमा अग्रसर हुदैछ भन्ने सन्देश नेपाली जनतामा पुग्ने छ।
यसतर्फ कांग्रेसजनले हेक्का राख्न जरुरी हुन्छ। सशांक एक प्रतिनिधि पात्र मात्र हुन्। पारिवारिक राजनितिक इतिहासका कारण कसैले पनि राजनितीमा आफ्नो क्षमता वाहिरको अवसर प्राप्त गर्नुहुदैन भने क्षमतावानले अवसरलेबाट वञ्चित समेत हुनुहुदैन। असक्षम व्यक्ति नेतृत्वमा स्थापित हुनु भनेको पार्टि र राष्ट्रको निम्ति दुर्भाग्य हो, ठूलो क्षति हो।
मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेर सविधान कार्यान्यन गर्ने अवस्थामा गणतन्त्र जस्ता उपलब्धिलाई पुनर्विचार गर्नुपर्छ भनेर सार्वजनिक अभिब्यक्ति दिने सशांक र नेपाली कांग्रेसमा पहिलोचोटी गणतन्त्रको आवाज उठाएर राजद्रोहको मुद्दा खेपेका गगनको राजनीतिलाई तुलना गर्नु गगनको राजनितिक संर्घष र योगदानको अवमुल्यन हो, उपहास हो। सशांकलाइ राजनीतिमा स्थापित गर्नु प्रतिगमनलाई निम्त्याउनु हो, गगन अग्रगमनका सम्भाहक हुन्। महामन्त्रीका अर्का दावेदार केसी कांग्रेसभित्र लोकप्रिय नेता हुन्। पछिल्लो महाधिवेसनमा थापाभन्दा केही मत मात्र कम पाएर दोश्रो स्थानमा केन्द्रिय सदस्यमा निर्वाचित भए पनि उनी पुरानै पुस्ताका एक प्रतिनिधि हुन।
केसीबाट कांग्रेसमा आमुल परिवर्तनको अपेक्षा गर्न सकिदैन न त उनमा गगन जस्तो परिवर्तनप्रतिको असिम लगाव र आस्था नै पाइन्छ। जोस, जागर, चेतना, दुरदर्शिता,कार्यशैली, आदर्श, विषयवस्तुको अध्ययन, संगठन निर्माण जस्ता विविध पक्षमा सयौ गुणा अघि छन् गगन। ही दशकदेखी कांग्रेसको महाधिवेसन केवल नेतृत्व छनोटको प्रकृया जस्तो भइरहँदा गगन, प्रदिप पौडेल र गुरुराज घिमिरे जस्ता युवा नेतासँग सहकार्य गरेर “ सिदान्तको पुर्नव्यख्या र संगठनको पुनर्गठन” नामक दस्तावेज प्रस्तुत गर्दै प्रारम्भिक, प्रशंसायोग्य र प्रभावकारी प्रयास गरेका छन्। राष्ट्रियता, लोकतन्त्र र समाजवादको व्यख्या, विश्लेषण मध्ययम नै भएपनि गगनले पार्टीको संगठनलाई प्रभावकारी बनाउन र महाधिवेसनको स्वरुप प्रारुप र प्रक्रिया परिवर्तन गर्न अघि सारेका प्रस्ताव महत्वकांक्षी आकर्षक अग्रगामी र समयसापेक्ष छन्।
सशांख, अर्जुन संसदिय निर्वाचनको झल्को दिने प्रारुपमा प्रस्तुत भइरहेको अवस्थामा गगनको यो कदमले उनको राजनितिक दुरदर्शीता, सुझवुझ चेतना र परिवर्तनप्रतिको आकांक्षालाई प्रस्फुटित गरेको छ। गगनमा राजनीतिक साहस, जोखिम मोल्ने र उचित निर्णय लिन सक्ने क्षमता छन्। सहि विषयलाई तर्कपुर्ण रुपमा पार्टीभित्र तथा वाहिर वकालत गर्न सक्नु र विपक्षीका कमीकमजोरीलाई प्रभावकारी ढंगले आलोचना गर्न सक्नु थापाको विशेष खुवी हो।
गगनले आफ्नो राजनीतिक लाभहानी नहेरी गिरिजाप्रसाद कोइराला र सुशिल कोइरालाको एकलौटि कार्यशैलीप्रति सदैव विमति राख्दै आए। केन्द्रिय सदस्यका रुपमा पार्टीभित्र र सभासद, साँसद एवम् कृषि तथा जलस्रोत ससंदीय समितिको सभापतिको रुपमा ससंदमा सेमत उनको उपस्थिती दर्विलो हुने गरेको छ। आफ्नो जीवनको उत्तरार्धसम्म पार्टीको कार्यकारिणी पदमा वसेर पार्टीलाई निस्प्रभावी बनाउने परिपाटी रहिआएको कांग्रेसमा र समग्र नेपालमै गगन एकमात्र यस्ता नेता हुन् जसले ५५ वर्षपश्चात सक्रिय राजनीतिबाट अवकास लिने उद्घोष गरेका छन्।
गगनले कम्तीमा पनि पाटीभित्र विचार विमर्श र प्रभावकारी संगठनको रक्तसञ्चार गराउन सक्दछन्। गुटवन्दीले नेता कार्यकर्ता उत्पादन गर्ने खोक्रो संस्थाजस्तो भएको पार्टीलाई गगनको विजयले नयाँ स्वरुप दिनेछ र काँग्रेसको अराजक सिदान्तहीन राजनिति नवीन पथतर्फ प्रदर्शित हुनेछ। युवालाई राजनीतिप्रति वितृष्णा जागेको र पढेलेखेको चेतनशील जमात सक्रिय राजनीतिबाट टाढा रहेर दर्शकको रुपमा मात्र रहन चाहेको यस अवस्थामा गगनको विजयले आशाका नयाँ तरंग पैदा गर्नेछ भने पारिवारिक पृष्ठभुमी र विरासतको भरमा मात्र राजनीति गर्ने दुस्प्रयासलाई निरुत्साहित गर्नेछ।
यद्यपी नेपाली कांग्रेसको इतिहास हेर्दा संस्थापन पक्षको विरुद गएर प्रस्तुत हुने नेता कार्यकर्ताले कतै कहिल्यै सफलता प्राप्त गरेको देखिदैन। गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता राजनीतिका महान् हस्तीको पार्टीबाट बहिर्गमन तथा १२ औ महाधिवेसनमा स्वच्छ छवि भएका भिमवहादुर तामाङ र नरहरि आचार्य प्यानलको लज्जास्पद हार यसका ज्वलन्त उदाहरण हुन्।
तर अव कांग्रेसजनले विरासत र पुरानो परिपाटीको राजनीतिलाई पुन पुरस्कृत गर्ने वा गगनजस्ता सक्षम युवालाई नेतृत्वमा स्थापित गरेर कांग्रेसको मुहार फेर्ने भन्ने प्रश्नको उत्तर महाधिवेसनबाट दिन जरुरी छ। सदैव गुटवन्दी, विरासदको राजनीति र पुरानो परिपाटीको आलोचना गरिरहने तर कसैले उक्त परिपाटी तोडेर नयाँ पद्धती वसाल्न खोज्दै गर्दा आफ्नो राजनीतिक भविष्य गुटको भविष्यसँग जोडेर उक्त प्रयासलाई कांग्रेसजनले विफल पारिरहने हो भने केही समयपश्चात नेपाली कांग्रेस मृत हुनेछ।
गगनले साहस गरेका छन्, पाटीलाई सुदृढ एवम् सफल बनाउने संकल्प गरेका छन् र सो ल्याकतसमेत उनी राख्दछन्। तसर्थ गगनको जीत काँग्रेसजनको मात्र जीत हुनेछैन, राजनीतिप्रति आशा र आस्था राख्ने समस्त जनताको जीत हुनेछ।