arrow

बहस सांस्कृतिक राष्ट्रवादको : पूर्वीय संस्कृतिले समाज जोड्ने कि उपनिवेशमा जाने ?

'उत्तरं यत् समुद्रस्य हिमाद्रेश्चैव दक्षिणम्, वर्ष तद् भारतं नाम भारती यत्र सन्तति:'

logo
डा सौरभ मालवीय,
प्रकाशित २०७५ माघ ५ शनिबार
sanatan_dharma.jpg

नयाँ दिल्ली। 'राष्ट्र सर्वोपरि'  यो उक्ति संस्कृतमा उल्लेखित सांस्कृतिक राष्ट्रवादको एउटा उक्ति हो । यो बोल्ने मात्रै होईन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस उक्तिलाई जितेर अघिबढेका छन् । पछिल्लो केही दशकदेखि भारतीय जनमानसमा मनोबद जुक किसिमले गिरेको थियो । यसलाई २०१४ मा नरेन्द्र मोदीको जीतले नयाँ पंखा भर्ने काम गरेको छ । 

सांस्कृतिक राष्ट्रवादको चरित्रले विश्वमा भारतीय संस्कृतिको विस्तारको लागि मोदीको यो जीतले महत्वपूर्ण भूमिका खेलेको छ । कुनैपनि देश समाज र राष्ट्रको विकासको प्रक्रियाका लागि आधारभूत तत्व हो मानवता, राष्ट्र समुदाय, परिवार र व्यक्ति । यही तहमा नै राष्ट्र निर्माण हुन्छ । जसमा मानिसहरु आपसी भाइचारा र आफ्नो विकासको ढुंगालाई अघि बढाउँछन् । 

'सांस्कृतिक राष्ट्रवाद' प्राचीन अवधारणा हो । राष्ट्र त्यही हो जहां संस्कृति रहन्छ । जहां संस्कृति विहीन स्थिति हुन्छ । त्यहाँ राष्ट्रको कल्पना पनि गर्न सकिँदैन । भारतमा स्वतन्त्रता संग्रामपछि शब्दमा विलासिताको जवर्जस्ती प्रयोग तत्कालीन तथाकथित बुद्धिजीवीहरुले चलाएका थिए । तत्कालीन सत्ताधारी बुद्धिजीवीहरुलाई समेत छलकपटमा पारी आफ्नो स्वार्र्थको जालोमा बुन्न सफल भएका ती बुद्धिजीवीहरुका कारण क्रमशः भारतीय राष्ट्रियताबाट ओत(प्रोत जीवनशैलीको बाटो निरन्तर अवरुद्ध हुँदै गयो । बल्ल पछिल्लो समय ती अवरुद्ध मार्ग खुल्ने तयारीमा लागिरहेका छन् । 

संस्कृतिलाई अहिले संस्कार पनि भन्ने गरिएको छ । सांस्कृतिक राष्ट्रवादको मूल आधार हाम्रा युगौं पुराना संस्कृति नै हुन् । जो सदियौंदेखि चल्दै आएका छन् । यहि सांस्कृतिक एकता हो जुन अरु जस्ता सुकै बन्धनभन्दा पनि अधिक मजबुत र टिकाउ हुन्छ । सांस्कृतिक राष्ट्रवाद यस्तो राष्ट्रवाद हो जसले देशलाई एकसूत्रमा बाँध्न र देशबासीलाई परेको बेलामा एक जुट बनाउँनको लागि सबैभन्दा महत्वपूर्ण काम गर्छ ।

भारतीय संस्कृति भारतीय धरतीको उपज हो । भारतीय भूमिको चेतनाको देन हो । साधनाको पूँजी हो ।  यसको एकता, एकात्मता, विशालता, समन्वय यही भारत वर्षीय राष्ट्रको भूमिबाट सुरु हुन्छ । भारतमा आसेतु-हिमालय एक संस्कृति छ । जसबाट भारतीय राष्ट्र जीवन प्रेरित हुँदै आएको छ ।

अनादिकालबाट यहाँको समाज अनेक संप्रदायलाई उत्पन्न गरेर पनि एउटै मूलबाट जीवन रस ग्रहण गर्दै आएका छन् । भारतीय संस्कृतिको उर्भर भूमि गंगा, गायत्री, गौ, गीताबाट खडा भएको छ । ज्ञान-कर्म-शील-सातत्य यसको सुदृढ पर्खाल हो । धर्म-अर्थ-काम-मोक्ष यसको छानो हो ।

जसले यसलाई संरक्षण गरेको छ । यस विराटको प्रतिमा जो सत्य, सुन्दर, शिव हो । कर्म यहाँको जीवन हो, पूजा हो । यहाँ अधिकारको आराधना होइन, कर्मको उपासना हुन्छ । हामीले यसलाई पुजेका छौं । कहिले रामको रुपमा कहिले कृष्णको रुपमा । भारतीय संस्कृति, संश्लेषणको संस्कृति हो, न कि विश्लेषणको विज्ञान । समन्वय यसको स्वभाव हो । टुक्रनु यसको चरित्र होइन । आस्था यसको बाटो हो । विश्वास यसका विसौनी हो । न कि कुनै भटकाव न कि कुनै विभ्रम । 

प्रचलित राष्ट्रवादको परिभाषा भूगोलमा आधारित छ । देश वा राष्ट्र समुद्र, पर्वत, नदी र अन्तराष्ट्रिय सीमासँग राष्ट्रवादलाई सीमित गरिएको छ । यूरोपेली विद्वानहरुको मतानुसार राष्ट्रियताको भावना सर्वप्रथम १७८९ मा भएको फ्रेन्च जातिबाट सुरु भएको हो । पेन्ग्विन डिक्श्नरी अफ सोशियोलोजीमा राष्ट्रियताको भावना १८ औं शताब्दीमा सर्वप्रथम यूरोपेली देशमा न्याय राज्य निर्माण भएपछि त्यहीँका मानव समूहलाई राष्ट्रको स्वरूप प्रदान गरिएको थियो । यूरोपको मानचित्रमा जर्मन राष्ट्रको प्रादुर्भाव १८७१मा भएको देखिन्छ ।

फेरि इटलीको एकीकरण भयो  विस्तारै विस्तारै राष्ट्रियताको अवधारणा यूरोपको अन्य देशमा समेत फैलन सुरु भयो । यूरोपेली देशको साम्राज्यवादी एवं बौध्दिक विस्तारको फलस्वरूप राजनीतिक राष्ट्रियताको प्रसार अन्य देशमा समेत फैलन थाल्यो । किनकी उनीहरु शासक थिए । यसलाई विस्तारै विस्तारै युरोपेली विद्वानका साथ साथ गैर युरोपेली विद्वानहरुले पनि यसलाई साथ दिए । प्रभुसत्ताले जुन जुन भूमिमा अधिकार कब्जा गरेको छ । त्यो उनीहरुको लागि राष्ट्र बन्दै गयो । तिब्बतको राष्ट्रियतालाई समाप्त गर्दै चीनले आफ्नो प्रभुसत्ता बनायो । इजराइल तथा फिलिस्तीनले कब्जाको आधारमा देश या राष्ट्रको परिभाषा दिँदै गए । 

राजनीतिक विचारधारा आधारित राष्ट्र साम्यवाद, पूँजीवाद इत्यादि, जाति आधारित यूरोपको अंग्रेज हब्सीहरु (नीग्रो) पूजा पद्धतिमा आधारित सबै राष्ट्रहरु जसमा इस्लामको राजसत्ताको संरक्षण प्राप्त छ । हिन्दू धर्ममा पनि अनेक विश्वास तथा पूजा पध्दतिहरु छन् । अमेरिकामा विभिन्न जातिहरु एकसाथ रहने गरेका छन् । जसलाई संस्कृतिले जोडेको छ । पछिल्लो चार सय वर्षदेखि एक विशेष संस्कृति त्यहाँ  उत्पन्न भएको छ । हिन्दू जीवन दर्शनमा आधारित संस्कृति जहाँ-जहाँ छ, उनीहरुलाई भारतीय या हिन्दू राष्ट्र को कल्पनामा सम्मिलित गर्न सकिन्छ । यसमा भौगोलिक सीमाको महत्व कम हुन्छ । नागरिकता तथा राष्ट्रियतामा फरकपन कम हुन जान्छ । 

भारत एक प्राचीन राष्ट्र हो तथा यसको राष्ट्रियताको आधार हो संस्कृति । 'उत्तरं यत् समुद्रस्य हिमाद्रेश्चैव दक्षिणम्, वर्ष तद् भारतं नाम भारती यत्र सन्तति:' पश्चिमी विचारधाराबाट प्रभावित तथाकथित एक यस्तो वर्ग छ । जो यसलाई राष्ट्र मान्दैन । राष्ट्र, राज्य एवं देशलाई एकै प्रकारको मान्ने वा यसको भिन्नतालाई नसम्झँदा तथाकथित प्रगतिशीलहरु भ्रमजाल फैलाउनमा नै व्यस्त छन् ।  

प्रादेशिक राष्ट्रवादकाे संकल्पना यूरोपमा राज्य हरुको अभ्युदयसँगै प्रमुखताका साथ बाहिर आएको हो । एक निश्चित भूखण्ड, उसमा रहनेवाला मानिस, एक शासन एवं उसको संप्रभुतालाई राष्ट्र भनिएको छ । कालान्तरमा राजनीतिक स्वरूपको कारण राष्ट्र एवं राज्यलाई समान अर्थमा प्रयोग गर्न थालियो । संयुक्त राष्ट्र संघले राष्ट्र शब्दलाई प्रयोगमा ल्यायो । राज्य एवं देश बन्दै भत्किँदै गरिरह्यो । संयुक्त राष्ट्र संघले उनीहरुलाई मान्यता दिँदै आयो । फलत: राष्ट्र एवं राज्यको अन्तर सम्झनेकाम त्यत्तिमा सीमित भयो। 

तर पश्चिमी परिभाषामा भन्दा भारत पनि एक राष्ट्र होइन । किनकी यहाँ एक शासन मात्रै छैन । अंग्रेजहरुलाई एक शासनभित्र जसले ल्यायो उसैलाई राष्ट्र बनाउने श्रेय दिइयो । इजरायल पनि एक राष्ट्र होइन । किनकी त्यहाँका जनता (इजराइली) नै थिएनन् । द्वितीय विश्व युद्धपछि अनेक राष्ट्रलाई षडयन्त्रपूर्वक टुक्राइयो । जर्मन-पूर्वी एवं पश्चिमी जर्मनी, भियतनाम उत्तरी एवं दक्षिणी भियतनाम, कोरिया-उत्तरी एवं दक्षिणी कोरिया, लेबनान उत्तरी एवं दक्षिणी लेबनान आदि. भारतको पनि विभाजन भयो १९४७ मा । हिन्दू एवं मुस्लिम दुई राष्ट्रियता हो ।

अत: दुई राष्ट्र हुनु पर्छ भन्दै भारत पनि टुक्रियो । जर्मनी, भियतनाम, कोरिया, लेबनान आदि फुटेपनि उनीहरुले आफ्नो राष्ट्रियता छोडेनन् । तर दुर्भाग्यवश भारतको जुन विभाजन भयो त्यो एक अलग स्वरूपमा भएको छ । पूर्वी हिन्दुस्तान, पश्चिमी हिन्दुस्तान एवं मध्य हिन्दुस्तान- तर यो स्वरुपमा रहेको थियो भने हिन्दुस्तानी राष्ट्रियता जीवितै रहन्थ्यो । पन्थ राष्ट्रियता भन्छ जसलाई । तर, पछि इस्लाम एवं ईसाई समर्थकहरुको एकै राष्ट्र बनाउन आवाज उठ्यो । 

पन्थलाई नै राष्ट्रीयता मान्नुपर्ने आवाज सहित नागाल्याण्ड एवं मिजोरममा अलगाववादले हिंस्रक रूप समेत धारण गर्‍यो । यही धारणाका कारण पंजाबमा समेत अलगाववाद उमार्ने असफल प्रयास भयो । सिक्खहरुले सवाल गरे कि हिन्दू, मुस्लिम सिख, ईसाई-आपसमा हुन् भाइ-भाइ । तर दुईमा बाँडिएर १९४७ मा अलग राज्यको माग समेत भयो । यसरी नै पाकिस्तान भाषा (बंगला-उर्दू) लाई राष्ट्रियता मानेर दुई भागमा विभाजित छ ।

यदि भाषा राष्ट्रियता हो भने सबै अंग्रेजी बोल्नेहरु एकै राष्ट्र किन हुन सकेनन् । इङ्ग्ल्याण्ड एवं आयरल्याण्ड आपसमा किन लड्छन् । भारतमा समेत एक यस्तो वर्ग छ । जो भाषालाई राष्ट्रियता मानेर यो देशको बहुराष्ट्रियता र बहुसांस्कृतिक राज्य भन्दछन् । गुजराती संस्कृति, पंजाबी संस्कृति, उडिया संस्कृति, तेलुगु संस्कृति, कन्नड संस्कृति, मराठी संस्कृति, तमिल संस्कृति आदि शब्दको प्रयोग हुने गरेको छ । 

सन् १९९८ मा विश्वमा एउटा ठूलो उथलपुथल भयो । जसको कारण राष्ट्रियतामा एक बहस सिर्जना भयो । सोवियत संघ विभाजित भएर १५ भाग बन्यो । राष्ट्रियतालाई नकारेर राज्यलाई सर्वोपरि मान्नेहरु वामपन्थी राष्ट्रिय एकताको नारा पिट्न थाले । ''भारतमा अनेक राष्ट्रियता छ'' यस्तो वकालत गर्ने सोवियत संघको उदाहरण दिएर दाबी गर्न थाले कि राष्ट्रियताभन्दा माथि राज्य छ । 

केरलका शंकराचार्यले चार-पीठको स्थापना गरे । ज्योतिपीठ (उत्तराञ्चल), श्रृगेरीपीठ (कर्नाटक), गोवर्धन पीठ (उडिसा), शारदापीठ (गुजरात) । उनले एक पीठ पनि केरलामा स्थापित गरेनन् । किनकी मलयालम संस्कृति या मलयालमलाई राष्ट्रियता मान्नेहरुलाई यसको उत्तर दिनु थियो । चार धाम, चार स्थान (प्रयाग, हरिद्वार, नासिक, उज्जैन)मा लाग्ने  कुंभ, द्वादश ज्योर्तिलिंग - ५२ शक्तिपीठ हाम्रो राष्ट्रियता एवं राष्ट्रिय एकात्मताको प्रतीक हो । गंगालाई मोक्ष दायिनीको रुपमा सबैले मान्दछन् । आत्मवत सर्व भूतेषु एक सद् विप्रा बहुधा वदन्ति, पुनर्जन्ममा विश्वास - हाम्रा संस्कृतिको यो मूल तत्व हो । हाम्रो विविधताले हाम्रो संस्कृतिको महानता प्रकट गर्दछ । यही विविधतालार्इ राष्ट्रियताको दिएर अलग अलग गराउने तत्व सक्रिय भएका छन् । 

''न मे वाछास्ति यशोस विद्वत्व न च वा सुखे
प्रभुत्वे नैव वा स्वेग्र मोखेप्यानंददयके
परन्तु भारते जन्म मानवस्य च वा पशो:
विहंगस्य च वा जन्तों: वृक्षपाषाणयोरपि''

अर्थात् मलाई यश, विद्वता, कुनै अन्य सुख या राजनीतिक प्रभुताको इच्छा छैन । न म स्वर्ग या मोक्ष नै कामना गर्दछु । तर म चाहन्छु यो भारतीय पावन भूमिमा नै मेरो पुनर्जन्म होस् । भलै त्यो मानव, पशु, जन्तु, वृक्ष या पाषाणको रुपमा नै किन नहोस् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ