नशा त्याग्दै नागा, शैक्षिक योग्यताको आधारमा तोकिन्छ पद

प्रकाशित मिति : २०७५ माघ ५ शनिबार

काठमाडौं । भारतमा अहिले कुम्भमेला चलिरहेको छ । कुम्भमेलामा अन्य आकर्षणका साथ शरीरमा भष्म लगाएर देखिनेवाला नागा साधु पनि यो महापर्वको बडा आकर्षणका विषय हुन् । नागा साधु कुम्भको दौरानमा मात्रै देखा पर्दछन् । सवाल यो उठ्न सक्छ कि यी नागाहरु कुम्भमेलापछि जान्छन् कहाँ ? ती नागाहरुको बासस्थान हो कहाँ ? हामी यो बताउन जाँदैछौं कि नागा साधुसँग जोगिएका केही विषयहरु । 

नागाबाबाको पनि भिन्न भिन्न पदहरु हुन्छन् । गिरि, पुरी, अरयण्क, आदि । यस मध्ये स्थानको हिसावमा साधुहरुको पद तय गरिन्छ । जस्तै, पर्वतमा रहनेवाला नागा बाबालाई गिरिको पद दिईन्छ भने । नगरमा भ्रमण गर्नेवालालाई पुरी पद दिईन्छ । त्यस्तै, जंगलको बीचमा बस्नेलाई अरयण्क पद दिईन्छ । अधिक शिक्षित नागालाई सरस्वती  तथा भारती उपनामले चिनिन्छ । त्यस्तै, नागाहरुको कुटीचक, बहूदक, हंस तथा मूल परमहंसको समेत पद हुन्छ । नागाहरुमा शस्त्रधारी नागाहरुको संगठित रुपलाई अखडा नामले चिनिन्छ । 

को बन्न सक्छ नागा ?
नागा बन्नको लागि कसैलाई पनि शैक्षिक योग्यता र उमेरको बन्देज भने छैन । तर, शैक्षिक योग्यता र बस्ने स्थानको आधारमा उनीहरुको पद भने छुट्टाईन्छ । नयाँ नागाहरुलाई प्रयाग, नासिक, हरिद्वार तथा उज्जैनमा दीक्षा दिईन्छ । प्रयागमा दीक्षा पाउने नागाको राजराजेश्वर, उज्जैनमा दीक्षा पाउनेवालाको खुनी नागा, हरिद्वारमा दीक्षा पाउनेवालाको बर्फानी नागा, तथा नासिकमा दीक्षा पाउनेवालाको खिचडी पदले चिनिन्छ । 

उनीहरुलाई दीक्षा एक गुरुले दिन्छन् भने अर्कै गुरुले उनीहरुको परीक्षा लिएर उपाधि दिने गर्दछन् । कुनैपनि अखडामा सबैभन्दा ठूलो पद महामण्डलेश्वरको हुन्छ । तर, महामण्डलेश्वर नागा हुँदैनन् । तिनै आचार्य महामण्डलेश्वर नै नागा सन्यासीहरुलाई दीक्षा दिन्छन् । 

भारतमा मात्रै शैवहरुको सात अखडा रहेको छ भने बैष्णवहरुको ३ अखडा रहेको छ । शैव अखडा र वैष्णव अखडामा लामो समयदेखि केही संघर्ष पनि चलिरहेको छ ।  

नागाहरुमा अहिले एउटा परिवर्तन आएको छ । नयाँ पुस्ताका नागाहरु नशाबाट दूर थालेका छन् भने भक्तिमार्गमा उनीहरु लीन हुन थालेका छन् । धुनीको अघि बसेर चिलिममा बिँडी राखेर धुँवामा दिन बिताउने नागाहरुको कमि हुन थालिसकेको छ । महानिर्वाणी अखडाका महन्त राम सेवक गिरि जो पनि नागा बन्न चाहन्छन् उनीहरुलाई नशाबाट दूर रहन सुझाव दिन्छन् । 

अर्का महन्त प्रेमानन्द पुरीले भने चिलिममा बिँडी खाँदा आफ्नो कामशक्तिलाई नियन्त्रणमा लिन सहज हुने भएकोले नशा प्रयोग गर्ने गरेको बताउँछन् । तर, अब भक्तिमार्गमा लागेर नागा पनि नशा विना नै कामलाई बशमा लिन सक्ने तालिम दिईने गरेको बताउँछन् । 
 

नयाँ