किन खुशी छैनन् मानिस ? खुशी हुन के छ उपाय

जीवनको ४ आश्रम व्यवस्था

ओशो, प्रकाशित मिति : २०७५ माघ ९ बुधबार

काठमाडौं ।  आश्रमको शाब्दिक अर्थ हो–परिश्रमका साथ । आश्रमको अर्थ कुटी वा संस्था पनि हुन्छ । उपनिषद्कालमा यसको विकास भएको हो । वैदिक (हिन्दु)समाजका धर्मतत्वका विज्ञ तथा दार्शनकद्वारा समाज विकासका लागि वर्णव्यवस्थाको आवश्यकता मानिएजस्तै व्यक्तिको व्यक्तित्व विकास गरी जीवन र जगतको वास्तविक रहस्य बुझी सुख, स्वर्ग तथा मोक्ष प्राप्तिका लागि आश्रम व्यवस्था अनिवार्य मानिएको छ । यसको माध्यम बाट व्यक्तिले पूर्णता र पूर्ण सन्तोष प्राप्त गर्न सक्छ भन्ने मान्यता छ ।

सृष्टिको कर्मको अनुसार मौलिक अधिकार के हो र शास्त्र सम्मत कार्य गर्नुको अर्थ के हो ?  कृष्ण जब शास्त्र शब्दको प्रयोग गर्थे त उनी आज  हामी जसरी विज्ञान शब्दको प्रयोग गर्छौँ त्यसरी नै गर्थे ।  यदि तपाई एलोपेथिक चिकित्सककोमा जानु भयो भने तपाइँ विज्ञान सम्मत उपचार गराउँदै हुनुहुन्छ भन्ने बुझिन्छ ।  तर तपाई कुनै निम हकिमसँग उपचार गर्न जानुभयो भने तपाई विज्ञान सम्मत उपचार गराउँदै हुनुहुन्न भन्ने बुझिन्छ ।

कृष्ण जब शास्त्र सम्बद्ध भन्थे त्यसको अर्थ त्यो समयसम्म बुझिएको बिज्ञान सम्मत कर्म थियो । उनले त्यो कर्ममा इसारा गरेका थिए । जति विज्ञान आज हामी जान्दछौँ १ अर्बमा आंशिक छ तर पूर्ण छैन । हामी सबै पदर्थसम्बन्धी विज्ञानलाई जान्दछौँ । जीवनसम्बन्धी हामीसँग अहिले कुनै विज्ञान छैन । कृष्णको अगाडि पूर्ण विज्ञान थियो । अखण्ड इकाइमा स्वीकार गरिएको थियो । त्यो विज्ञान पदार्थ र जीवलाई खण्ड खण्डमा बाँड्ने थिएन ।  त्यो विज्ञानले जीवनलाई ४ भागमा बाढेको थियो । ती हुन् – ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र संन्यास ।

यदि मानिसको जीवनलाई  एक सय वर्ष स्वीकार गर्ने हो भने पहिलो  सुरुको २५ वर्ष ब्रह्मचर्य आश्रमको थियो । दोस्रो २५ वर्ष गृहस्थ आश्रमको थियो । तेस्रो २५ वर्ष वानप्रस्थ आश्रम र चौथो २५ वर्ष संन्यास आश्रमको थियो ।

शुरुको २५ वर्ष  जीवन प्रवाह र उर्जाको हो, उक्त उमेरमा शरीर सशक्त हुन्छ । इन्द्रीय बलियो हुन्छन् । दिमाग तेजस्वी हुन्छ । यो २५ वर्ष  जीवनलाई ब्रह्मचर्य आश्रम भनिएको थियो । जोसँग संयम छ त्यो नै जीवनको भोगबाट मुक्त हुन सक्छ । जो अशक्त छ, त्यो त्यो जीवनको भोगबाट वञ्चित रहन्छ । जति शरीर र मनको सम्पदा र संरक्षित शक्ति छ, उ जीवनको रसमा त्यति नै गहिरो जान सक्नेछ । त्यसैले पहिलो २५ वर्ष शक्ति सञ्चयको वर्ष हो । जो यसलाई ठिकसँग भोग्न सक्छ, उसैले त्यागलाई पाउँछ । कमजोरले भोग्न सक्दैन त्यसैले त्यागलाई पाउँदैन । जीवनको एक अनिवार्य नियम छ । यसलाई हामी ठिकसँग जन्दछौ त्यसबाट मुक्त हुन्छौं । २५ वर्षसम्म व्यक्तिलाई  ब्रह्मचर्यको साधनाबाट गुजारिन्छ  ताकि उ काम वासनादेखि  कुनै दिन मुक्त हुन सकोस् । २५ वर्षसम्म व्यक्तिलाई  ब्रह्मचर्य उपावसमा राखिन्थ्यो कि उ काम उपभोगको गहिराइमा उत्रन सकोस् । उ यौनको गहिरो भन्दा गहिरो अनुभवमा जान सकोस् किनकि उ नै यौनभन्दा बाहिर जान सकोस् जोसँग अनुभव छ । जो गहिरोमा जान सक्दैन उ बाहिर पनि जान सक्दैन ।  
 
आज वृद्ध व्यक्ति पनि काम वासनाको बाहिर जान सक्दैनन् । जुन कामवासनाबाट बाहिर जान  शक्ति चाहिन्थ्यो त्यो नै हामी जुटाउन सक्दैनौं । त्यसैले यो २५ वर्ष दोहोरो अर्थमा थियो । एक जुन व्यक्तिलाई संसारको अनुभवमा जानु थियो इन्द्रीयको अनुभवमा कृष्ण यस कुरालाई यसरी भन्छन् – जो इन्द्रीयको सुख भोग्छन्, उनीहरुको लागि पनि जीवनको यही क्रममबाट जानु उचित हो । यदि जीवनको क्रम टुट्छ अराजक भए कसैले पनि जीवनको चरम सुख उपलब्ध हुँदैन ।

 शक्तिबाट कामवासना मुक्ति पाउँछ । काम वास्नबाट मुक्ति भए शक्ति बढ्छ । यी दुवै जोडिएका विषय हुन् ।  कमजोर मानिस वासनाभन्दा बाहिर कहिल्यै जान सक्दैन । अझ वास्तविकता त कमजोर मानिस वासनामा नै जान सक्दैन । ऊ केवल वासनाको चिन्ता गर्छ । शान्ति नहुनुको कारण मनमै सोच्छ । जति युग अस्वस्थ हुँदै जान्छ, त्यति नै कामवासना कामको केन्द्रबाट हट्दै मस्तिष्कको केन्द्रमा गएर बस्छ । यो पेटमा समस्या छ र मस्तिष्कमा खाना पचनको बारे सोचेको जस्तै हो ।

जब इन्द्रीयको सबै कुरा मानिसले अनुभव गर्छ त त्यसमा केही पाउन योग्य छैन भन्ने बुझ्छ । तर हामी इन्द्रीयकै उपलब्ध हुन सक्दैनौँ यसैले शास्त्रमा पढ्छौँ इन्द्रीयमा केही उपलब्ध छैन । सोचिरहेका हुन्छौँ कि इन्दीयमा नै सबै कुरा छ । इन्द्रीयको विरुद्ध प्रवचन सुन्छौँ इन्द्रीयको पक्षमा चलचित्र कथा लेख हेछौँ ।  

यस २५ वर्षको अवधिमा गहिरो मनोवैज्ञानिक कुरा जोडिएको थियो जुन आज होइन भोलि संसारलाई फिर्ता दिनुपर्छ । अन्यथा संसार जोगिन मुस्किल छ । त्यो थियो २५ वर्ष  कठिन श्रमको समय । जुन व्यक्तिको बाल्यकाल जति कठिनको छ, उसको बाँकी जीवन त्यति नै सुखको हुन्छ । जसको बाल्यकाल जति सुखको छ, उसको बाँकी जीवन त्यति नै दुखको हुनेछ । बाल्यकालमा जसले गाई चरायो, कडा श्रम गर्यो उसलाई जिन्दगीले जुनै सुख दिएपनि ज्यादा हुनेछ ।  

आज हामी उल्टो पागलपन गर्छौँ बाबुलाई जुन सुख छैन त्यो छोराले पाउँछ । २५ वर्ष विना श्रम, काम, मेहेनत बित्छ । २५ वर्ष पछि जीवनमा संघर्ष आउँछ । श्रमबाट जे पाइन्छ, त्यसबाट कोही पनि तृप्त हुन सक्दैन । सुख हुँदैन जे मिल्छ, त्यो बेकार लाग्छ । जो पाउँछ त्यो आश गरेको भन्दा प्रतिकूल लाग्छ ।

२५ वर्षको पहिलो आश्रम जुन थियो त्यो श्रम, साधना र संकल्पको थियो ।  जिन्दगीले जे दिन्थ्यो त्यसैमा सुख थियो । पहिलो जुन आश्रममा कडा मिहिनेत थियो, त्यसपछि कम मेहनत गर्दा हुन्थ्यो । आज युवा कम श्रम गरिरहेका छन् भने वृद्ध ज्यादा श्रम गरिरहेका छन् । त्यसैले यो विल्कुल उल्टो क्रम हो ।    

२५ वर्षको उमेरसम्ममा मानिसभित्र रहेको शक्ति सबै बाहिर आउँथ्यो । विश्रामको अवस्था थिएन, शतक र कठोर श्रम थियो । यसबाट व्यक्ति आफ्नो पूरै शक्ति जगाएर जीवनमा जान योग्य हुन्थ्यो । अर्को यसबाट जीवनले उसले जे दिन्थ्यो त्यो उसको लागि सन्तोष र आनन्द बन्थ्यो ।  आजको जीवनमा कुनै कुरा सन्तोष बन्न सक्दैन । आज हाम्रो सारा व्यवस्था नै हरेक कुरा असन्तोष बन्ने किसिमको छ । किनकी जुन सन्तोषको एक कला थियो, त्यो जीवनको क्रमसँग थियो ।  

अचम्मको विषय बनेको छ कि हामी जवानसँग अपेक्षा राख्दैनौँ । जसलाई सबैभन्दा आशा राखिनु पर्थ्यो । ब्रह्मचर्य जीवनको अर्को महत्वपुर्ण पाटो याहाँ जुनै परिवारबाट आएपनि जीवन साम्यवादी थियो । कम्युनको थियो  । गरिब धनी वा राजाको छोरा होस केहि फरक पर्दैन थियो ।  सबैको काम समान हुन्थ्यो ।  

पहिलो  सुरुको २५ वर्ष ब्रह्मचर्य आश्रममा रहँदा विद्यार्थीले नियमित स्वाध्यायन, नित्य स्नान, अग्नि सेवा, भिक्षाटनबाट जीविकोपार्जन गर्ने र सधैं गुरूको समीप रहनुपर्ने नियम पालन गर्नुपथ्र्यो । गुरू अनुपस्थित रहेमा गुरूपुत्र वा समान शाखाध्यायीको संगत गर्नुपर्ने नियम पनि बनाइएको थियो । यो नियम दीक्षारम्भ समारोहमा पालन गर्ने प्रतिबद्धता गरिन्थ्यो । जसलाई उपनयन संस्कार भनिन्छ । उपनयनको अर्थ हो गुरु समक्ष लैजानु । गुरूकुल आश्रममा दीक्षान्त समारोह गरी ५० वर्ष उमेरसम्म गृहस्थ आश्रममा बस्ने निर्देश दिई विद्यार्थीहरूलाई घर पठाइन्थ्यो । यस समारोहमा उनीहरूलाई भावी जीवनलाई सुखी गर्नु पर्ने कामको बारेमा निर्देश दिइन्थ्यो । सुरुका २५ वर्षको जीवन ज्यादै कठोर र अनुशासित बनाइएको छ । यसमा आज्ञाकारिता, अध्ययनशीलता, पवित्रताको विकास गरिएको छ ।

यहि २५ वर्ष हृदयमा प्रवेश गरेर जीवनभर साथ रहन्थ्यो । यसैले समाजमा असमानता देखे पनि व्यक्तिको चित्तमा कुनै असमानता थिएन । यसैले यसलाई स्पर्धामुक्त महत्वाकांक्षा शून्य समाज निर्माणको आधार  राखिएको थियो ।  

दोस्रो हो  गृहस्थ आश्रम । जुन आनन्द उसलाई ब्रह्मचर्यमा मिलेको थियो त्यो आनन्द उसले वासनामा पाउन सक्दैन । त्यसैले कामवासना उसको सिर्फ कर्तव्य रहनेछ ।  उसको मनको आश सधै रहनेछ कि कहिले ५० वर्ष पूरा हुनेछ र ब्रह्मचर्यको जीवनमा पुनः जान सकूँ । त्यसैले कामवासनाको जति हामी सुख सम्झन्छौं  जुन मानिसहरु ब्रह्मचर्यबाट गृहस्थ आश्रममा लागेका छन्, उनीहरुलाई अचम्म लाग्नसक्छ तर तापईसँग तौलनको लागि कुनै उपाय पनि छैन । ब्रह्मचर्यको आनन्द तपाईले जानेको छैन, केसँग तौलिने ? एक उपाय छ एक व्यक्ति अर्कोसँग सम्बन्ध राख्छ सुख हुन सक्दैन तब सोच्छ दोस्रो स्त्री, पुरुषसँग सम्बन्धित हुदाँ सुख मिल्छ । फेरि अर्को अनि अर्को, व्यक्ति बदलिए सायद मिल्नेछ  तर अवस्था बदल्न त हामीलाई आउँदैन ।

त्यसैले वासनाको यात्रा गर्नुपूर्व ब्रह्मचर्यको अनुभव अनिवार्य छ । अन्यथा  वासनाले मर्ने समयसम्म छोड्दैन । किनकि तुलनाको कुनै उपाय छैन । ब्रह्मचर्य अनुभव जसले गरेको छ, उसले मात्र वासना फिका अनुभव गर्छ । तब उसले यसलाई कर्तव्यको रुपमा निभाउँछ । जसरी समुद्र प्राप्त नहुञ्जेल खोला, नदी घुमिरहन्छन् । त्यसैगरी अन्य आश्रम गृहस्थ आश्रम वरिपरि नै घुमिरहन्छन् ।  यस आश्रमका कर्तव्यमा विवाह, दाम्पत्य सुख, सन्तान उत्पादन र लालन पालन, धन आर्जन, दान, अतिथि सत्कार, मान्य जनको आदर, यज्ञ गर्नु गराउनु तथा शास्त्र चर्चा जस्ता कुरा पर्दछन् ।
 
हिन्दू शास्त्रमा यज्ञको कर्तव्य गृहस्थलाई भनिएको छ सन्यासीलाई होइन । सन्तान उत्पादनबाट तीन ऋणमध्ये एक पितृऋणबाट मुक्ति हुन्छ भनिएको छ । ब्रह्मचर्य आश्रममा सञ्चित ज्ञानलाई यस आश्रममा प्रयोग गरिन्थ्यो । दोस्रो अवस्था, जुन २५ वर्षपछि सुरु हुन्छ, मा विवाहित जीवनका सारा कर्तव्य समावेश हुन्छन् । यसमा व्यक्तिगत र सामाजिक जीवनका जसमा दान दिनु, यज्ञयाग, र कर्मकाण्ड सामेल हुन्छन् । यसमा मानिसले लिप्क्षित भएर काम वासना समाउँदैन । त्यसैले जो व्यक्ति सन्तानकै लागि सम्भोगमा उत्रन्छ ऊ ब्रह्मचारी नै हुनेछ ।

 ५० वर्षको उमेरमा उसको सन्तान आश्रमकाट फर्किने समय हुनेछ  उसको सन्तान करिब २५ वर्षका हुनेछन् । एकै घरमा बाबु र छोरा संभोग गर्नु अनैतिक हो ।  छोराले विवाह गरेर बच्चा पाउनु र बाबु पनि सन्तान जन्माउनु त घरमा लाजको विषय हो । छोराले के सोच्नेछ ? बाबु अहिलेसम्म वासनावाट मुक्त हुन सकेन । त्यसैले भारत वर्षमा एक सोच थियो कि जुन दिन छोराको विवाह हुन्छ त्यहि दिन बाबु र आमाले वानप्रस्थ हुनु । वानप्रस्थ शब्दको अर्थ हो वनतिर प्रस्थान गर्न तैयार भएको अवस्था । वास्तवमा वानप्रस्थ जीवन संन्यास जीवनका लागि अभ्यास हो ।

यो २५ वर्षको उमेरमा बाबुले जुन अनुभव गरेको छ, त्यो छोराछोरीलाई दिन आवश्यक हुन्छ । अन्यथा सो अनुभव उनीहरुले कहाँबाट पाउछन् । जिन्दगीबाट जे पाएको छ त्यो सन्तानलाई सुम्पिनु जरुरी छ । घर ज्ञान अनुभवको सबै चाबी बच्चालाई दिन आवश्यक छ ।

अब ७५ वर्षको उमेरमा नाति ब्रह्मचर्य आश्रमबाट आउन सुरु गर्छन् जब उनकै सन्तान ५० वर्षका हुनेछन्, जो वानप्रस्थका लागि जाने उमेरका हुनेछन् ।  तब ऊ नमस्कार गरेर जंगलतिर जानेछन् । अब उ संन्यासी हुनेछन् र यीनै व्यक्ति जुन बच्चा समाजबाट आउनेछन् उनीहरुको गुरु बन्नेछन् । जुन समाजमा बुढा गुरु नहुनु त्यो समाजमा गुरु नै हुँदैनन् ।  

अहिले विद्यार्थी र गुरुबीच २-४ वर्षको मात्र अन्तर हुन्छ । कहिलेकाँही त विद्यार्थी गुरुभन्दा जेठा हुन्छन् । जब गुरुभन्दा विद्यार्थी जेठा भए, त्यहाँ सम्बन्ध बन्न सक्दैन । जुन ७५ वर्ष भरीका जीवनको अनुभूति लिएर गएका गुरुसँग हुन्थ्यो । जीवनको शिखर थिए ती गुरु जसको जीवन अनुभवै अनुभवमा बित्यो ।

जब स–साना वच्चा ती ७५ वर्षका बूढा गुरुको आश्रममा आएर बस्थे तब गुरुप्रति उनीहरुको मनमा आदर र पूज्यको भाव उठ्थ्यो । न ती गुरुमा कुनै वासना हुन्थ्यो, न यी निवासमा हुन्थे । जसको कारण उनीहरु भगवानसरह हुन्थे ।  तर आजका गुरुलाई कसैले परमात्मा माने  पागल सोच्नेछन् । आजका जुन गुरु छन्, अर्थात् एक सूचना प्रदायक हुन् जुन विद्यार्थीसँग छैन । जहाँ सम्म जीवनको अस्तित्वको सम्बन्ध छ उसमा र विद्यार्थीमा कुनै खास फरक हुँदैन ।   

प्राय विश्वविद्यालयमा एकै केटीलाई उनका गुरु र केटाले प्रेम गर्छन् । एकै युवतीका लगि प्रतिस्पर्धा हुनसक्छ कक्षामा । तब यी केटाका लागि ती गुरुप्रति कुन आदर हुन सक्छ ? गुरु पनि त्यही पानको दोकानमा पान खान्छ र विद्यार्थी पनि । यी दुईबीच कुनै जीवनगत भेद छैन । गुरु जीवनको अस्त र विद्यार्थी जीवनको उदय हुन आवश्यक हुन्छ ।  यी दुवैबीच  ५० देखि ७० सालको अन्तर, अनुभव ज्ञानको अन्तर, यस्तो जीवको क्रमको विकास थियो ।

जीवनको अन्तिम समयमा सन्यास आश्रमको व्यवस्था गरिएको छ । यस आश्रममा इन्द्रीय संयम, कुनै उद्योग नगर्नु, अकिञ्चन रहनु, संग छोड्नु, अनेक घरमा भिक्षा मागेर जीवन पालन गर्नु, वनमा बस्नु, बाहिर र भित्र पवित्र रहनु, हिंसा नगर्नु, सत्य बोल्नु, कसै माथि रीस नगर्नु, क्रूर नहुनु, सहनशील हुनु, यति नियम निर्धारण गरिएको छ । मनुस्मृतिमा चारै आश्रमको लक्षण, कर्तव्य र विधिको सविस्तार वर्णन छ  ।

वानप्रस्थ र सन्यास सबैले बुझ्छन् । एउटा अध्ययनको अवस्था हो भने अर्को सामान्य घरेलु जीवन हो । पचास वर्ष पछिको तेस्रो र ७५ वर्ष पछिको चौथो जीवन पवित्रता र त्यागका साथ बिताउने अवस्था हो । दुवै जीवनको मुख्य अन्तर के हो भने एउटामा वन बाहिर बस्ने हो जसमा परिवारसँग जीवन बिताउन सकिन्छ । केटाकेटीको रेखदेख हुनसक्छ । हवन पूजा हुन सक्छ । ती सबै कुरा जुन धर्मशास्त्रमा उल्लेख ती सबै काम गर्न सकिन्छ । अन्तिम जीवनमा एक्लै कसैको सहारा बिना बस्नु पर्छ । सबै कुरा छोडेर बस्नु पर्छ । हुनत, अंग्रेजीमा तेस्रोका लागि हर्मिट र चौथोका लागि एसेटिक अवस्था भन्न सकिन्छ तर त्यसका लागि स्पष्ट शब्द अंग्रेजीमा छैन । संस्कृतमा यी अवस्थाहरुको अलग अलग नाम उल्लेख पाइन्छ । दुवैको अन्तर के हो भने संसारको सामान्य त्याग वानप्रस्थ हो भने संसारिक तृष्णाको पूर्ण त्याग र सबै कृत्यहरुको परिसमाप्ति, मनमा कुनै चाहना नराख्नु र निश्चित वास स्थान नहुनु संन्यास हो ।
 

(ओशोले एक कार्यक्रम दिएको प्रवचनको अंश)

नयाँ