arrow

डाक्टर र इन्जिनियरदेखि बोर्ड टपरसम्म १० हजार जना बने नागा साधु 

आफैंले आफैंलाई गरे पिण्डदान

logo
प्रकाशित २०७५ माघ २१ सोमबार
new-naga-sadhu_1548672446.jpeg

काठमाडौं । प्रयागराजमा अहिले कुम्भ मेला चलिरहेको छ । कुम्भको समयमा हजारौं युवाहरु साधु बनेका छन् । कुम्भको समयमा भएको दीक्षा समारोहमा हजारौं युवाहरु आफ्नो कपाल फालेर आफे आफैंले पिण्डदान गरेर साधु बनेका हुन् । सो समयमा रातभर चलेको अग्निपूजापछि यी सबै जना प्राचीन परम्परा अनुसार नागा साधु बनेका हुन् । अचम्मको कुरा च यो छ कि यसमा सबैभन्दा बढी मानिसहरु इन्जीनियरिङ्ग र म्यानेजमेन्टमा स्नातक सकेकाहरु रहेको समाचार दिल्ली सहित भारतका विभिन्न प्रान्तबाट प्रकाशित हुने अमर उजाला राष्ट्रिय दैनिकमा उल्लेख छ । 

नागा साधु बन्नको लागि आएका २७ वर्षीय रजत कुमार रायले आफू इन्जीनियरिङ्गमा डिप्लोमा हासिल गरेका छन् । उनलाई भारतमा राम्रै जागिरको पनि अफर नआएको होईन । तर, उनी सबै त्यागेर साधु बन्नको लागि कुम्भमा आएका थिए । उनी भन्छन् दुनियाँको यो झमेला भन्दा साधु बन्नु नै ठीक लाग्यो त्यसैले सबै छाडेर यतै आएँ ।  अर्का नागा साधु बन्नको लागि आएका २९ वर्षीय शम्भु गिरी यूक्रेनबाट म्यानेजोन्टमा स्नातक हुन् । अर्काे १८ वर्षीय घनश्याम गिरी उज्जैनबाट १२ कक्षामा बोर्ड टपर हुन् । उनी पनि साधु बन्नको लागि कुम्भ आएको बताउँछन् । उनीहरु साधु बनिसके । 

सोमवार यी सबैलाई मौनी आमावस्याको मौकामा शाही डुबुल्की मारेर साधुको दुनियाँमा प्रवेश गराईएको थियो । आमावश्यामा डुबुल्की मार्नको लागि सन्त र महामण्डलेश्वरहरुलाई भन्दा पनि ती नवसाधुहरु आतुर देखिन्थे । नागा सन्यासीहरुले धुनीको नजिक बसेर पूरै रात ॐ नमस् शिवायको मन्त्र जपेर आफ्नो मनलाई नियन्त्रणमा लिने तालिम लिए । साथमा गुरुमन्त्रको समेत जप गरेका छन् । 

यो नवीन जीवन जिउनको लागि १० हजार पुरुष तथा महिलाहरुले एकैपटक दीक्षा लिएका छन् । अखिल भारतीय अखाडा परिषद ९एबीएपी०को अन्तर्गत यी नागा साधु बनेका हुन् । यो परिषद भारतमा हिन्दू सन्तहरु एवं साधुहरुको सर्वोच्च संगठन हो ।

अखाडाका प्रमुख गवर्नर तथा एबीएपीका महासचिव महन्त हरि गिरीका अनुसार दीक्षा समारोह केवल कुम्भको समयमा मात्रै हुन्छ । हरेक कुम्भ मेलामा हजारौं मानिसहरु यसमा सहभागी बन्दछन् । उनलाई नागा बन्नको लागि चाहिने योग्यताको विषय बुझ्दा उनी भन्छन् जाति, धर्म, रङ्ग चाहे जे सुकै होस् । तर उसमा तीब्र बैराग्यता भएमा मात्रै त्यो मान्छे साधु बन्न लायक हुन्छ । कैयौं मुस्लिम, ईसाई तथा अन्य धर्मका मानिसहरु समेत साधु बन्ने गरेको उनी बताउँछन् । त्यसमा पनि यो वर्ष धेरै डाक्टर र इन्जिनियरहरु समेत साधु बन्न इच्छुक रहेको उनी बताउँछन् । 

उनी एक पटक अखडाको हिस्सा बनेपछिको बाटो भने निकै कठिन रहेको बताउँछन् । केही सालसम्म उनीहरुको परीक्षा लिईन्छ । सो परीक्षामा उनीहरु आफ्नै इच्छाले यता आएका हुन् या त उनीहरु आफ्नो केही संकट लुकाउनको लागि आएका हुन् । यदि आफ्नै इच्छाले त्यहाँ आएका हुन् भने मात्रै उनीहरुलाई नागाको उपाधि दिईन्छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ