arrow

रोनाल्डोको गोलले जित्यो युभेन्टस, कति पुग्यो रोनाल्डोको भागमा ?

logo
प्रकाशित २०७५ माघ २८ सोमबार
ronaldo41.jpg

काठमाडौं । पोर्चुगिच खेलाडी क्रिस्टियानो रोनाल्डोको गोलले इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको युभेन्टसले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा युभेन्टसले सोउलोलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

The Portuguese headed a goal that ensured Juventus remain unbeaten in Serie A

सासोउलोको मैदानमा युभेन्टसलाई जित दिलाउन सामी खेडिरा, क्रिस्टियानो रोनाल्डो र एम्री क्यानले एक एक गोल गरे ।

Emre Can came off the bench to score the final goal to finish off a fine passing move

खेलको २३ औं मिनेटमा खेडिराले गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए । 

खेलको ७० औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसको अग्रता २–० को बनाए ।

German midfielder Sami Khedira opened the scoring after 23 minutes for the visitors

त्यसपछि खेलको ८६ औं मिनेटमा क्यानले गोल गर्दै युभेन्टसलाई ३–० को जित दिलाए ।

The Italian giants recorded their first victory in three games by seeing off Sassuolo 

जितसंगै युभेन्टसले लिगमा ११ अंकको अग्रता बनाएको छ । युभेन्टसले २३ खेलबाट ६३ अंक जोडेको छ ।

दोस्रो स्थानको नापोलीको ५२ अंक छ । पराजित सासोउलो ३० अंक जोडेर ११ औं स्थानमा छ ।

रोनाल्डोको गोल
रोनाल्डो गोल मेसिन हुन् । उनले युभेन्टसका लागि २० गोल गरिसकेका छन् । सुरुआती खेलहरुमा गोल गर्न नसकेपछि उनलाई छट्पटाहट भएको थियो । 

त्यसपछि निरन्तर रोनाल्डोले गोल गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ