arrow

शासकलाई दण्ड कसले दिने ? महाभारत कालमा यस्तो थियो व्यवस्था 

logo
डा. प्रकाश ढकाल
प्रकाशित २०७५ फागुन १८ शनिबार
Mahabharat_Nation.jpeg

काठमाडौं । जनतालाई शासन गर्न पनि दण्ड आवश्यक छ । आदिकालमा मत्स्य न्याय थियो । जनताले आफु सुरक्षित रहन र विधिको शासन अर्थात् एउटा नियम बनाएर त्यसलाई एउटै व्यक्तिले चलाओस् भन्ने आशयले राजा तोकेका हुन् । राजाको कानुन नै राजदण्ड हो । राजाको अनुपस्थितिमा राजाको प्रतिनिधि राजदण्ड रहन्छ । वि।सं।२०६३ सालको आन्दोलन अगाडि नेपालमा पनि राजाको अनुपस्थितिमा राजदण्डलाई साक्षी राखेर संसद बस्ने गर्दथ्यो । यसको आशय राजाको नीति नै राजदण्ड हो । राजदण्ड अनुसार नै राज्य चल्छ भन्ने हो । विना दण्ड राज्य चलाउन सकिदैन । राज्य भनेको एउटा अविच्छिन्न रूपले शासित राष्ट्र हो । विशाल राष्ट्रमा राजाको नियम विना शासन चलाउन सकिदैन। तसर्थ राजाको नियमलाई लिपिवद्ध गरि सम्पूर्ण शासकहरूलाई जानकारी गराई शासन गरिन्छ ।

शासकले शासन गर्नका निम्ति प्रयोग गर्नुपर्ने प्रधान शक्ति दण्ड हो ।  राजाले ब्राह्मणलाई  बोलीले, क्षत्रीयलाई मान मान्यता नदिएर ,वैश्यलाई धन असुलेर दण्ड दिनुपर्छ । शूद्रलाई भने सजाय दिनु हुँदैन । जतिबेला सम्म राज्य, राष्ट्र एवं राजाका विरुद्ध हँुदा दण्डित भइन्छ भन्ने कुरा प्रजामा रहदैन । तवसम्म राजाले शासन गर्न सक्दैनन् । जसरी पानी विनाको पोखरीको हिलोमा  भ्यागुता मात्र रहन्छन्, माछा रहन सक्दैनन् त्यसरी काँतर पुरुषको घरमा उसको छोरा पनि रहँदैनन् । जसले दण्ड दिने सामथ्र्य राख्दैन, त्यसले क्षत्रीय हुँ भनेर पनि भन्न सुहाउँदैन ।

दण्डशक्ति नभएको राजाले यो पृथ्वीको उपयोग गर्न सक्दैन, साथै त्यस्ता राजाका प्रजालाई पनि कहिल्यै सुख मिल्दैन ।सारा प्राणीहरूका उपर यथाशक्य दान,वेदाध्ययन,तपस्या आदि कर्महरू बाह्मणका धर्म हुन् । राजाको ठूलो धर्म भनेको राष्ट्र,प्रजा र राजाका विरुद्ध बोल्ने,कुकृत्य गर्नेका विरुद्ध दण्ड दिनु हो । साथमा सत्पुरुषको उचित मर्यादा गर्नु पनि हो ।

शासकलाई दण्डको आवश्यकता अत्यन्त छ । दण्डको आवश्यकता भएका दुष्ट एवं दुष्टात्माहरूलाई दण्ड दिनु राजाको कर्तव्य हो । दण्ड राजाको शक्ति हो । राजाको आदेश मार्फत् दण्ड दिनुपर्छ । राजाको आदेशबाट मात्र दण्डको पालना हुन्छ । राजाले आफु स्वयं नगरी सेना मार्फत् प्रयोग गराइनु उचित हुन्छ । राजा स्वयं दण्ड दिने कार्य शोभनीय हुँदैन । दण्ड दिने सवालमा दण्डको प्रकार बताइनुपर्छ । गरेको गल्तीको प्रकार,अवस्था हेरेर, दण्ड व्यवस्था गरिनुपर्छ । दण्डले नै समस्त प्रजाहरूको शासन गर्दछ । दण्डले नै चारैतिरबाट राजाको प्रजाहरूको रक्षा गर्दछ । दण्ड(सेना) कहिल्यै निद्रा अल्छि हुँदैन । यसैले विद्वान् पुरुषहरू दण्डलाई राजाको प्रमुख धर्म मान्दछन् । राजाको शासनको आधार माध्यम नै दण्ड भएकाले दण्डलाई राजाको मुख्य धर्म मानिएको हो । दण्डबाट नै धर्म र अर्थको रक्षा हुन्छ । यसैले दण्डलाई धर्मार्थकाम त्रिवर्गको स्वरूप भन्दछन् ।

दण्डको माध्यमबाट नै धनधान्य पुत्रपौत्रादिको संरक्षण हुने भएकाले दण्डको आवश्यकता बढेको हो । यमदण्डको भयले मनुष्यले पाप नगरेझैँ मानिसले पनि राजदण्डको भयले अपराध कर्म गर्दैनन् । यसर्थः सबै कुरा वस्तुतः दण्डमा नै प्रतिष्ठित छ । प्रायः मानिस दण्डको भयको कारण परस्पर एउटाले अर्काको बिर्गाछन् यदि दण्डले कसैको पनि रक्षा नगर्ने भए सारा मानिसमा अपराध जन्य मनोवृत्तिको विकास हुन्थ्यो । सारा संसार त्राहीमाम् को अन्धकारमा रहन बाध्य हुन्थे । मानवहरू रहेको यो लोक र मृत्युपश्चात्को परलोक सम्पूर्ण दण्डमै भर परेको छ । दण्डले नै खराव मानिसलाई सज्जन बनाउँछ, अशिष्टलाई शिष्ट बनाउँछ । खराव मानसिकताई तह लगाउछ, तसर्थ मानिसहरू त्यसलाई दण्ड भन्दछन् ।

समाजमा बढ्दै गएको बेथितिबाट मानवहरूलाई बचाउन र मानवका धनसम्पतिको रक्षार्थ जुन व्यवस्था बाँधिन्छ, त्यो नै दण्ड हो । जसरी निम्न थालेको अग्निको दण्ड फु... फु.... गरी फुक्नु हो । फु ... फु ... गर्दा अग्नि निभ्न पाउँदैन । यदि संसारमा सत्य असत्य छुट्टाउने सामथ्र्य नहुँदो हो त सर्वत्र त्रास फैलिन्थ्यो । शान्ति अमन–चयन हराउँथ्यो । तसर्थ शान्तिपूर्ण जीवनका लागि पनि दण्ड अनिवार्य छ । सारा जगत् दण्डकै अधिनस्थ भएर मात्र उचित मार्गमा चलेको छ । दण्डको भयवेगर चल्ने मानिस पाउन अत्यन्त मुस्किल छ । मानिसहरू ईश्वरको भय, राजाको भय, समाजको भयले मात्र सहि मार्गमा रहन्छन् ।

दुर्वृत्तहरूलाई नियन्त्रित,मर्यादित र अनुशासित बनाई सद्वृत्ति गराउन र देशवासी सम्पूर्णको रक्षार्थ दण्डको आवश्यकता पर्दछ । दण्डको प्रमुख उद्देश्य मानवलाई मर्यादाको पालन गराउनु हो । दण्डले मर्यादाको पालना नगराउने भए सारा संसारको स्थिति रिति नै भङ्ग हुन्थ्यो। मानिसहरूमा यो मेरो, तेरो भन्ने अवस्था हुँदैनथ्यो । राजकीय दण्ड नभएको भए राजकर्मचारीहरूमा मनोमानी बढ्दथ्यो । कर्तव्य भुल्दथे । दण्डले धर्म र कर्तव्यको पालना नगराउने भए सेवकले मालिकको आज्ञा पालना गर्दैनथे । छोराछोरीहरू बाबु आमाको आज्ञा पालना गर्दैन्नथे । स्त्रीहरू आप्mनो सतीत्वमा रहने थिएनन् । समग्रमा भय भन्ने चिज दण्डमा अडेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ