- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
अमरगढी। डडेल्धुरा जिल्लाको भित्री मधेश क्षेत्रमा पर्ने आलिताल गाउँपालका–८ रहेको डोलाकोट क्षेत्रमा पानीका मुहान सुकेपछि गाउँनै काकाकुल भएको छ। आलिताल गाउँपालिकाको डोलाकोटा गाउँमा चुरे फँडानी हुँदा तथा मानव बस्ती बढ्दै जाँदा पानीका मुहान सुक्न लागेका स्थानीय सरिता थापामगरले जानकारी दिए। उनले भने, “विगत १० वर्ष यता चुरे क्षेत्रको वन मासिँदै जाँदा खानेपानीका मूलसमेत सुक्न थालेपछि खानेपानीका लागि रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको थापामगरले बताए।
उनले भने, “पहिला गाउँमै खानेपानी हुन्थ्यो केही वर्षयता गाउँमा खानेपानीका मुहानै सुकेपछि खानेपानीका लागि तीन घण्टा हिँडेर सुनखोला जानुपर्ने बाध्यता रहेको छ।” यस्तै पहिले–पहिला गाउँमा धान रोप्नसम्म पानी हुन्थ्यो अहिले खानेपानीसमेत नभएको र मुख्य बाली कमै भएकाले बर्खे बाली मात्र उत्पादन हुने हिउँदे बाली जम्मै जमीन बाँझो हुने अवस्थामा रहेको डोलाकोटका ज्येष्ठ नागरिक वीरबहादुर थापामगरले बताए। खानेपानी छैन गाईभँैसीलाई पनि कहाँबाट पानी ल्याउने त्यसैले गाईभैँसीसमेत पाल्न छाडेको उनल बताए।
पटक–पटक चुनावी नारा बनाएर आउने राजनीतिक दलहरुको चुनाव जितेपछि कसैले समस्या समाधान नगरेको हाम्रो पीडाजस्ताका त्यस्तै रहेको स्थानीयको गुनासो छ। अहिले डालोकोट गाउँमा २० परिवार मगर बस्ती बस्दै आएका छन्।