एउटा ऋषिको ८ पुस्ताले उत्तर दिन नसकेको एउटा प्रश्न

प्रकाशित मिति : २०७५ चैत २ शनिबार

काठमाडौं । आज विश्वका यो स्थितिमा पूग्नुको सबैभन्दा मुख्य श्रेय मानिसहरुको मेहनत र लगनमाथि जाने गरेको छ । तर साँचो कुरा त यो हो कि मानिसहरु आफ्ना समस्याहरु समेत पहिचान गर्न सक्दैन त कसरी त्यसको समाधान खोज्न सक्छ ? मनुष्यको दिमागमा यी र यस्तै केही कुराहरु घुमिरहेको हुन्छ जसले यसको जवाफ पाउँछन् उनीहरु नै जीवनमा सफल मानिस कहलाउँछन् । 

पूरा विश्वमा प्रश्न तथा उत्तरको सिलसिला त सधैंभरी भइ नै रहन्छ । तर कहिलेकाहिँ  यस्तो पनि हुन्छ कि जब कोही पनि मानिसले यस्तो पनि प्रश्न सोध्न सक्छ जसको जवाफ दिन गाह्रो हुन्छ । त्यो उत्तर खोज्नको लागि हामीलाई धेरै समय लाग्छ र कहिले काहिँ त उत्तर दिनै गाह्रो समेत हुन्छ । तर एउटा यस्तै प्रश्न जसको उत्तर ८ पिढीले समेत दिन सकेका छैनन्  

के हो प्रश्नको कहानी ?
प्राचीन भारतमा दार्शनिक एवं धार्मिक वाद-विवाद, चर्चा या बातचीतलाई सशास्त्र भनिन्थ्यो । वैदिक कालका ज्ञान एउटा चरम विन्दूमा पुगेको थियो । त्यसैले साशास्त्र गराईने गरिन्थ्यो । किनकी सशास्त्र ज्ञानवृद्धिका लागि गरिन्थ्यो।

यो कहानी हो आदि पुराणको जसमा एक आश्रममा एक विद्वान ऋषि कछिवान रहने गर्दथे । जसलाई विभिन्न किसिमका  शास्त्रहरु तथा पुराणहरुको अत्यन्त राम्रो ज्ञान थियो ।  एक दिन ऋषि कछिवान आफू जस्तै विद्वान ऋषि प्रियमेघसँग भेट्नको लागि उनको आश्रममा आए। जहाँ उनलाई भव्य स्वागत गरियो । ऋषि कछिवान तथा ऋषि प्रियमेघ एकआपसमा साशास्त्र गर्न लागे । यसैगरी साशास्त्र गर्दा गर्दै ऋषि कछिवानले प्रियमेघसँग एक प्रश्न सोधे “एउटा यस्तो कुन् चिज हो जसलाई जलाउँदा अलिकति पनि प्रकाश आउँदैन ? 

ऋषि प्रियमेघ गहिरो सोच-विचारमा लागे । तर पनि उनले त्यसको उत्तर दिनमा असमर्थ भए । उनले जतिपनि बस्तु सोचे त्यसमा अलिकति भएपनि प्रकाश आउँछ आउँछ । त्यही प्रश्नको उत्तरको खोजीमा उनको जीवन वित्यो । जब ऋषि प्रियमेघको अन्तिम समय आयो उनले ऋषि कछिवानलाई एक सन्देश पठाएर भने कि म यो उत्तर दिनमा असमर्थ भएँ । तर मलाई विश्वास छ कि मेरा वंशमा एउटा यस्तो विद्वान आउनेछ जसले यसको उत्तर दिनेछ । 

प्रियमेघको मृत्युपछि यस प्रश्नको उत्तर खोज्ने जिम्मा उनको पुत्रले लिए । तर उनको पुत्रले पनि त्यो सकेनन् र उनको पनि मृत्यु भयो । उनको पनि प्रश्नको उत्तर नदिइ ज्यान गयो । त्यस्तै तरहले उनको ८ पुस्तासम्मले पनि सो प्रश्नको उत्तर भेट्न सकेनन् । 

८ पुस्ता स्वर्ग पुगिसकेका थिए 
ऋषि कछिवान आफ्नो प्रश्नको उत्तर पाउँनको लागि जिवितै थिए । उनै प्रियमेघको पनि एक-एकगर्दै आठ पीढिँहरु स्वर्ग पुगिसकेका थिए । ऋषि कछिवान आफ्नो एउटा भाँडोमा चावलको केही दाना राख्दथे । हरेक प्रतिवर्षमा एउटा दाना निकालेर फ्याक्दिन्थे । जबसम्म सो भाँडोमा चावलको एक-एक दाना थियो । तबसम्म ऋषि कछिवानलाई जीवन प्राप्त थियो।

नवौं पुस्ताका साकमसौ 
ऋषि प्रियमेघको नवौं पुस्तामा एक विद्वान बालकको जन्म भयो । जसको नाम साकमसौ थियो। साकमसौ बच्चामा नै धेरै बुद्धिमान थिए । प्रत्येक साशास्त्रमा उनी विजयी नै हुन्थे । तर साकमसौलाई एकै चिन्ता के थियो भने पुस्तौंदेखि सुरु हुँदै आएको यो प्रश्नको उत्तर कसरी दिने? यही चिन्ताको बीच एक दिन साकमसौलाई सामवेदको एक श्लोक याद  आयो। जब उनले यस श्लोकको एक निर्धारित स्वरमा गाउन सुरु गरे त उनलाई यस प्रश्नको उत्तर मिल्यो ।

साकमसौको उत्तर
जब साकमसौ यस प्रश्नको उत्तर दिनको लागि ऋषि कछिवानसँग गए । ऋषिले सम्झिएका थिए कि आज उनलाई यो प्रश्नको उत्तर मिल्नेछ । त्यसैले उनले एक शिष्यलाई बोलाएर आफ्नो चामल भएको भाँडो फ्याक्नको लागि भने । प्रश्नको उत्तर दिँदै साकमसौ भन्छन् कि जो व्यक्ति ऋग्वेदको ऋचा गाउँछ । उसलाई सामवेदको साम वा उसको गायन अग्निको समान हुन्छ । जसमा कुनै प्रकाश हुँदैन । तर, जो व्यक्ति ऋग्वेदको ऋचाको साथ सामवेदको साम समेत गाउँन सक्छ । उसको गायन उस अग्नि जस्तो हुन्छ । जसमा प्रकाश समेत पैदा हुन्छ । साकमसौको उत्तर सुनेर ऋषि कछिवान खुशी भए र उसलाई आशीर्वाद दिए। यसै प्रकारले प्रियमेघको आठ पुस्तापछि यस प्रश्नको उत्तर दिएर साकमसौले आफ्नो पूर्वजहरुको कलंक समेत पूरा गरेका छन् । 


 

नयाँ