arrow

इशाईको पवित्र शहर भ्याटिकन सिटी सनातन धर्मको वैदिक केन्द्र !

logo
प्रकाशित २०७५ चैत २ शनिबार
vatican_city_shivalinga.jpg

काठमाडौं । के भ्याटिकन सिटी भगवान शिवलाई समर्पित एक मन्दिर थियो ? शायद हामी यस विषयमा दाबी गरेर भन्न सक्दैनौं । तर, भारतीय एक इतिहासकारले यस्तो तथ्यबारे दाबी गरेका थिए । इतिहासकार पी.एन.ओकले आफ्नो शोधमा यो दाबी गरेका छन् कि यो शहर कुनै समयमा हिन्दू धर्मका आराध्यदेव शिवप्रति समर्पित थियो । उनका अनुसार इस्लाम तथा ईसाई दुबै धर्म हिन्दू धर्मको यौगिक हुन् । त्यस्तै भ्याटिकन शहरका अलावा काबा तथा यहाँसम्मकी ताज महल समेत शिव प्रति समर्पित मन्दिर हो भन्ने उनको दाबी छ । यो लेख उनैको शोधमा आधारित रहेर लेखिएको छ । 

उनले ईसाई धर्मको पवित्र शहर ‘भ्याटिकन सिटी’ र  ‘शिवलिंग’ कोबीचमा अद्भुत समानताको बारेमा बताएका छन् । यो दुनिया धर्मको एक मजबूत आधारमा खडा छ र शायदै यस विषयमा कोहीलाई पनि सन्देह नहोला । यस विषयमा कुनै सन्देह छैन कि धर्मले नै कुनैपनि व्यक्तिलाई सही र संयमित जीवनशैली अपनाउनको लागि प्रेरित गर्दछ । यस दुनियामा अलग-अलग धर्मका मानिसहरु रहेका छन् । जसको मूल्य र मान्यता पनि अलग अलग रहेको छ । आदर्श पनि एक अर्काको भिन्न भिन्न रहेको छ । मुख्यतः हामी चार धर्म, हिन्दू, मुस्लिम, सिख र ईसाई एक आपसमा भलै परिचित छौं । तर, इतिहासकार पी.एन.ओकका अनुसार त धर्म चाहे जुन सुकै होस् उसको उद्भव सनातन धर्म यानी हिन्दू धर्मबाट नै भएको हो । 

आफ्नो दावीलाई आधार दिनको लागि पी.एन.ओकले कैयौं उदाहरण समेत पेश गरिएको थियो । जसमध्ये रोमका भ्याटिकन शहर प्रमुख हो। ओकका अनुसार भ्याटिकन शब्दको उत्पत्ति हिन्दीको ‘वाटिका’ शब्दबाट भएको हो । यति मात्रै होइन उनका अनुसार ईसाई धर्म यानी  ‘क्रिश्चियनिटी’ शब्द समेत सनातन धर्मको ‘कृष्ण नीति’ र अब्राहम शब्द ‘ब्रह्मा’ बाट लिइएको हो । पी.एन.ओकका अनुसार इस्लाम तथा ईसाई, दुबै धर्म वैदिक मान्यताहरुको विरुपणबाट जन्मिएको हो । 

वेटिकन शहरको संरचना तथा शिवलिंगको आकृतिमा एक गजबको समानता देखिन्छ । यही तस्वीरलाई देखेर हामी सम्झिन सक्छौं कि हिन्दूहरुको पवित्र प्रतीक शिवलिङ्ग र भ्याटिकन शहरको प्रांगणको रचनामा अचम्मको संयोग देखिएको छ । 

शिवको शीरमा तीन रेखाहरु (त्रिपुण्डर) र एक बिन्दु समेत छ । यो रेखा शिवलिङ्गमा समेत समान रूपले अंकित हुन्छ । ध्यानसँग हेर्ने हो भने ध्यानपूर्वक हेर्ने हो भने देख्न सकिन्छ कि जुन तीन रेखाहरु तथा एक बिन्दूकोलाई समेत भ्याटिकन शहरको डिजाइनमा समाहित गरिएको छ । इतिहासकार पी.एन.ओकका अनुसार भ्याटिकन शब्दलाई संस्कृतको वाटिका अर्थात वैदिक सांस्कृतिक केन्द्रबाट लिइएको हो । यसको अर्थ हो ईसाई धर्मको उद्भवभन्दा पहिले नै भ्याटिकन यानी वैदिक केन्द्रको रुपमा विकास भएको थियो । 

रोमको भ्याटिकन शहरमा भ्रमणको दौरानमा एक शिवलिङ्ग समेत प्राप्त भएको थियो । जसलाई ग्रिगोरीअन एट्रुस्क्यान म्यूजियममा राखिएको छ । इतिहासकार पी.एन.ओकका अनुसार आरम्भमा ईसाई धर्म समेत एक वैदिक धर्म थियो जुन कृष्ण नीतिमा आधारित थियो । यसको अलावा इस्लाम तथा ईसाईको धर्मको मानिसहरु जुन आमीनलाई अपनाउँछन् । ब्रह्माण्डको सुर ‘ओम’ को नै एक रूप हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ