पाकिस्तानबाट सुरु भएको होली, २ प्रतिशत हिन्दू रहेको देशमा साक्षी छ इतिहास

प्रकाशित मिति : २०७५ चैत ६ बुधबार

काठमाडौं । होली यस्तो एउटा पर्व हो कि जसले समाजमा साम्प्रदायिक अतिवाद एवं धार्मिक र जातीय जडतालाई समेत ध्वस्त पार्न मद्दत गरेको छ । होलीको विशेषता हिरण्यकसिपुकी बहिनी होलिकाको मृत्युको घटनासँग जोडिएको छ । यस्तो लोक प्रचलित मान्यता रहेको छ कि होलीकालाई आगोले नजल्ने बरदान मिलेको थियो । उनीसँग एउटा त्यस्तो वैज्ञानिक तत्वपनि साथमा थियो । जसको प्रयोगले उनी आगोमा जाँदा पनि उनी जल्ने थिईनन् । 

यो कहानीसँगै होलीलाई दुष्टहरुमाथि सच्चाईको जीत भएको पर्वको रुपमा देश तथा विदेशमा समेत धुमधामका साथ मनाउने गरिएको छ । बिहीबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी रंगहरुको पर्व होली मनाउने गरिएको छ । 

ऐतिहासिक तथा पौराणिक ग्रन्थहरुको आधारमा हेर्दा होलीको सुरुवात पाकिस्तानबाट सुरु भएको हो पुष्टि भएको छ । जहाँ अहिलेजम्मा २ प्रतिशत मात्रै हिन्दूहरुको बसोबास छ । पाकिस्तानको मुल्तान भन्ने नगरबाट नै होलीको पौराणिक कहानीको विकास भएको कुरा प्रमाणित भएको छ । अहिलेपनि सो स्थानमा भक्त प्रह्लादसँग जोडिएको मन्दिरको भग्नावशष भेटिएको छ । त्यही भग्नावशेषमा एउटा खाँबो पनि भेटिएको छ । जहाँ भक्त प्रह्लादलाई बाँधिएको थियो । 

भारतसँग विभाजित भईसकेपछि जसरी हिन्दूहरुको मन्दिरमाथि अनेक किसिमका हस्तक्षेप गर्ने चलन नै चल्यो त्यसको चपेटामा त्यो मन्दिर पनि नष्टप्रायः भईसकेको छ । तर यसको केही अवशेष भने अझै जीवित रहेको छ । त्यहाँका अल्पसंख्‍यक हिन्दूहरु अहिले पनि त्यही मन्दिरमा पुगेर होली उत्सव मनाउने गरेका छन् । यो पर्व नेपालमात्रै होइन धार्मिक रुपले अतिवादी मुलुकहरुमा समेत सम्प्रदायिक सद्भाव जोड्नको लागि महत्वपूर्ण भूमिका खेलेको छ। 

वैदिक युगमा होलीलाई "नवान्नेष्टि यज्ञ" को रुपमा चिन्ने गरिएको थियो । किनकी यो समयमा खेतबारीमा पाकेका खेतीहरु घरमा भित्र्याईसकेको हुन्छ । होलीमा जौ तथा गेहुँको बाली तथा चनाको परिकार बनाएर प्रसादको रुपमा बाँड्ने गरिएको छ । होलीको दिन आगोमा समेत नयाँ अन्न होम गर्ने गरिएको छ । शास्त्रले आफूले उत्पादन गरेको खाद्यान्य पौष्टिक युक्त र खान योग्य छ भन्ने प्रमाणको लागि यस दिन "नवान्नेष्टि यज्ञ" गर्ने गरिएको हो । यो दिन नवोन्मेष खेती तथा किसानीको सम्पन्नताको द्योतक हो । जुन नेपाल तथा भारतको ग्रामीण भेगमा अझै पनि प्रचलनमा रहेको छ । यसरी यो पर्व उत्सवधर्मिता आहार तथा पोषणको समेत प्रतीक मान्ने गरिएको छ । जुन धरती तथा अन्नको सनातन सम्बन्धलाई जोड्ने काम गरेको छ । 

होलीको सांस्कृतिक महत्व
होलीको सांस्कृतिक महत्व 'मधु' अर्थात 'मदन' सँग जोडिएको छ । संस्कृत, नेपाली तथा हिन्दी साहित्यमा यो मदनोत्सवलाई वसन्त ऋतुको प्रेम(आख्यान मान्ने गरिएको छ । वसन्त अर्थात् शीत तथा ग्रीष्म ऋतुको सन्धि(वेला अर्थात एक ऋतुको प्रस्थान तथा अर्काे ऋतुको आगमनको बेलाको रुपमा यो पर्व मान्ने गरिउको छ । यो वेला एक यस्तो प्राकृतिक परिवेश रच्ने गरिउको छ । जुन् मधुमय हुनेछ । मधु शब्द ऋग्वेदमा एकदमै बढी उल्लेख गर्ने गरिएको छ । किनकी यसको अर्थ हुन्छ सञ्चय गरेर राखिएको मिठास। 
 

नयाँ