arrow

के वास्तवमै भोगी थिए श्रीकृष्ण ?

logo
कथा,
प्रकाशित २०७५ चैत ८ शुक्रबार
shree-krishna1.jpg

काठमाडौं । भगवान श्रीकृष्ण हिन्दू धर्म शास्त्रका अनुसार भगवान विष्णुको दश मुख्य अवतारहरू मध्यको एक अवतार हुन् । दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको  छ । भगवान श्रीकृष्णको जन्म आधुनिक भारतको मथुरा शहरमा भएको थियो।

श्रीकृष्णलाई जन्मिएकै घडी कंशबाट बचाउन उनका पिता वसुदेवले गोकुलवासी नन्द गोपका घरमा छोडेका थिए। त्यसैले श्रीकृष्णको बाल्यकाल नन्द गोपका घरमा बितेकाले उनलाई गोपाल तथा नन्दलाल नामले पनि जानिन्छ। श्रीकृष्णले नै पापका पर्याय बनेका मामा कंशको बध गरी हजुरबा उग्रसेन, माता–पिता देवकी एवम् वासुदेवलाई जेलमुक्त गरेका थिए ।

जहाँसम्म १६ हजार रानिहरुको प्रश्न छ । जसलाई लिएर आजको समाजमा केहि मानिस उनलाई भोगी सम्झिरहेका छन् । हाम्रो चिन्तन उनलाई भोगि बनाउनलाई उत्सुक छ । उनिहरु भगवान कृष्णका रानी थिएनन् । उनको अंगपत्नी थिएनन् ।

जरासंध महाभारत कालीन मगध राज्यको नरेश थिए । उनि धेरै नैं शक्तिशाली राजा थिए र उनको सपना चक्रवती सम्राट बन्ने थियो। उनि मथुरा नरेश कंसको परम मित्र थिए । श्रीकृष्णदेखि कंस वधको प्रतिशोध लिनको लागि उनले १७ पल्ट मथुरामा चढाईको प्रयत्न गरेपनि प्रत्येक पल्ट असफल हुनुपर्‍यो ।

आफ्नो सपना पूरा गर्नका लागि क्रूर जरासन्धले धेरै राजाहरूलाई आफ्नो कारागारमा बन्दी बनाएर राखेका थिए । राजाहरूका रानीहरुलाई जरासन्धले आफ्नो महलमा दासी बनाएर राखेका थिए । श्रीकृष्णले जब जरासन्धको बध गरे र ती सबै दासी रानीहरुलाई मुक्त गरे तब दासीहरुले भने, 'हे प्रभु हामी त पतित भयौ । अब समाज हामीलाई स्विकार गर्ने छैन । हामी कहाँ जाने ?'  

त्यसपश्चात श्रीकृष्णले उनीहरूलाई भने- “त्यसो भए, म स्वयं श्रीकृष्ण तिमीहरू १६,००० जनासँगै विवाह गर्नेछु, तर केवल समाजमा तिमीहरूको अस्तित्व फिर्ता गर्नको लागि मात्रै। हामीबीच त्यसबाहेक अरू कुनै सम्बन्ध बन्नेछैन, तर इतिहासको पाना मेरो नामसँगै तिमीहरूको नाम र सम्मान पनि जोडिनेछ। तिमीहरूको लागि यहि मेरो वरदान भयो।” तब भगवान श्रीकृष्णले उनिहरुलाई शरण दिए ।  

त्रेतायुगमा थुप्रै युवतीले रामसँग विवाहको वरदान मागेको बताइन्छ । त्यतिबेला श्रीरामले आफूले यो जन्ममा एक पत्नी ब्रतको संकल्प लिइसकेको तर अर्को जन्ममा सबैसँग विवाह गरेर इच्छा अवश्य पूरा गर्ने बताएका थिए । द्वापर युगमा श्रीकृष्णको रुपमा जन्म लिएर श्रीरामले आफ्नो पूर्व जन्मको वरदानलाई सार्थक गरे । यसरी द्वापरमा श्रीकृष्णले १ सय ८ विवाह थप गरे । यसै घटनापश्चात नै श्रीकृष्णका १६ हजार १ सय ८ गोपिनी भएका थिए।

बाल्यकालदेखि नै विचित्र लीला देखाउँदै आएका श्रीकृष्णले गोपिनी र राधासित गरेको प्रेम प्रसङ्गका कारण उत्सवका रुपमा समेत मनाउने गरिन्छ । मानव जातिलाई सुरक्षित पारी धर्मको रक्षाका लागि धरतीमा अवतरित भएका श्रीकृष्णले नै पुतना, कंश, जरासन्ध र शिशुपाल आदि दानवी प्रवृत्तिलाई अन्त्य गरी मानव मात्रलाई भयमुक्त बनाएका थिए ।

यसै प्रसङ्गमा भगवान् श्रीकृष्णले श्रीमद्भगवत् गीतामा भनेका छन् –
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।

अर्थात् जब जब भारत वर्षमा धर्मको लोप हुन्छ र पाप बढ्दछ त्यस बेलामा धर्मको रक्षाका लागि मैले मानव रुप धारण गरेर धरतीमा जन्म लिनेछु ।

कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डव मध्येका अर्जुनको सारथीका रुपमा श्रीकृष्णले युद्धको शिक्षा दिएका थिए । युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई प्रेरणा दिँदै सत्यको पक्षमा हौसला प्रदान गरेका थिए । यही युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश नै ‘श्रीमद्भगवत् गीता’ हो । यसैकारण श्रीमद्भगवत् गीतालाई हिन्दूको पवित्र ग्रन्थ मानिन्छ ।

द्वावापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी कंशकी सेना पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिएकाले त्यसको शवलाई ब्रजवासीहरूले यसै दिन जलाएर आपसमा रंग र अबिर छरी खुसियाली मनाएकोले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको हो।बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ