arrow

ब्रह्मचारीदेखि सन्याससम्मका अचम्मका नियम, भुलेर पनि गर्नुहुन्न यी कामहरु

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७५ चैत ९ शनिबार
Ashramvyvastha.jpg

काठमाडौं । वैदिक समाजमा ४ वटा आश्रम व्यवस्था गरिएको थियो । सोही आश्रम व्यवस्थालाई केही हदसम्म हामीले अहिले पनि अपनाउने गरेका छौं । यद्यपि त्यसको शैली र त्यसको कठोरतासँग भने हामी टाढा भईसकेका छौं । विभिन्न वैदिक साहित्य र मनुस्मृति जस्ता साहित्यहरुलाई हेर्दा हामीहरु वर्णाश्रम व्यवस्थाबारे विस्तृत रुपमा हेर्न सक्दछौं । 

वैदिक साहित्यलाई विशेषतः दुई खण्डमा विभाजित गरिन्छ । पहिलो श्रुति खण्ड र दोस्रो स्मृति खण्ड । श्रुति खण्ड अन्तर्गत् ४ वटा वेदहरु पर्दछन् भने स्मृति खण्ड अन्तर्गत् मनुस्मृति, यज्ञवाल्क्य स्मृति आदि पर्दछन् । वर्णाश्रम व्यवस्थाबारे श्रुति खण्डको पनि विभिन्न शास्त्रहरु र स्मृति खण्डले पनि स्पष्ट पार्ने प्रयास गरेको छ । 

श्रुतिखण्ड भित्र पर्ने ४ वेदहरुको पनि विशेषगरी उपवेदहरु समेत रहेका छन् । ऋग्वेदको उपवेदमा आयुर्वेद, यजुर्वेदको उपवेदमा धनुर्वेद, सामवेदको उपवेद, गन्धर्ववेद र अथर्ववेदको उपवेदमा अर्थवेद रहेको छ । यी वेदका ६ वटा अंगहरु रहेका छन् । हाम्रो शरीरको अंगहरुको आ आफ्नै कामहरु हुन्छन् । त्यस्तैगरी, वेदका ६ अंगको पनि कार्य भिन्दा भिन्दै रहेको हुन्छ । ती कार्यहरुबारे तल उल्लेख गरिएको छ । 

शिक्षा :- नाशिका/नाकको भूमिका  
व्याकरण :- अभिव्यक्ति  
निरुक्त :- सुन्ने काम/कानको भूमिका    
ज्योतिष :- देख्ने क्षमता   
कल्प :- लिपीवद्ध/लेखन शिल्प   
छन्द :- गति ।

वेदका मूलत: मन्त्र, ब्राह्मण, आरण्यक र उपनिषद् गरी ४ खण्डहरु हुन्छन् । यिनै ४ खण्डहरु वर्णाश्रम व्यवस्थासँग जोडिएका हुन्छन् । यी ४ खण्डहरु मध्येपनि मन्त्रले विशेषत: ब्रह्मचार्याश्रमलाई, ब्राह्मण खण्डले गृहस्थाश्रम, आरण्यकले  वानप्रस्थाश्रम र उपनिषद्ले सन्यासाश्रमलाई जोडेको हुन्छ । 

मन्त्र अर्थ संहिता हो । जसमा छन्द, देवता र ऋषि गरि तीनवटा विषयहरु हुन्छन् । वेदमा प्रयोग भएका छन्द विशेषतM गायत्री, त्रीस्टुप, अनुष्टुप र जगाती गरि चार प्रकारका हुन्छन् । ऋग्वेद गायत्री, यजुर्वेद त्रिष्टुप, सामवेद अनुष्टुप र अथर्ववेद जगाती छन्दमा लेखिएको छ । मन्त्र पछि ब्राह्मण गद्यमा लेखिएको कर्मकाण्डको विवेचनाहो भने आरण्यक पनि कर्मकाण्डको पछिको उद्देश्यको विवेचना हो । उपनिषद खण्डमा भने परमेश्वर, परमात्मा-ब्रह्म र आत्माको स्वभाव र सम्बन्धको धेरै नै दार्शनिक र ज्ञानपूर्वक वर्णन गरिएको छ । 

ब्रह्मचर्याश्रम 
ब्रह्मचर्याश्रम व्यवस्था जीवनको एक चौथाइ उमेरसम्म विधिपूर्वक गुरुको साथमा गएर विद्या हासिल गर्ने आश्रम हो । यसमा गर्न हुने र नहुने विभिन्न कार्यहरु तय गरिएको हुन्छ। जटाधारी ब्रह्मचारी, मुण्डित र केवल शिखालाई नै जटाको रुपमा लिने गरी ३ प्रकारक ब्रह्मचारीहरु हुन्छन् । ब्रह्मचारीहरुले गर्नुपर्ने केही नियमहरु तल प्रस्तुत प्रस्तुत गरिएको छ ।  
-सन्ध्योपासना
-ब्रह्मचारीहरुको नियम पालन 
-गुरु सुतेपछि सुत्नु
-गुरुको नाम काटेरबोलाउन नसक्ने
-सूर्योदर र सूर्यास्तमा सुत्न बर्जित
-स्नान पूर्व गुरुदक्षिणा दिनु पर्ने 
-गुरुविना वेद अध्ययनको लागि निषेध
-वेद र यज्ञले युक्त घरमा मात्रै भिक्षा माग्न पाउने आदि
-राजा आदिको धन खान हुँदैन (तेज घट्ने भएकोले)

ब्रह्मचार्याश्रममा निषिद्ध काम 
१ स्वभाव एष नारीणां नराणामिह दूषणम् 
अतोर्थान् न प्रमाद्यन्ति प्रमदासु विपश्चित ।। 

अर्थात्, पुरुषलाई दुषित गरिदिनु स्त्रीको प्रकृतिप्रदत्त स्वभाव हो । यही अर्थले विचारशील पुरुषले स्त्रीहरुको विषयमा असावधानी गर्नु हुँदैन ।

२ वर्जयेन् मधु मांसं च गन्धं माल्यं रसान् स्त्रिय । 
शुक्तानि यानि सर्वाणि प्राणिनां चैव हिंसनम् ।।

अर्थात्, ब्रह्मचारी मधु, मासु, सुगन्धि अनुलेपनादिको सेवन, माला, उत्कृष्ट मधुर अम्ल लवणादि रस र स्त्रीको सम्पर्क वर्जित छ । 

३ अभ्यङ्गमञ्जनम् चाSक्ष्णोरुपानच्छत्रधारणम्
कामं क्रोधं च लोभं च नर्तनं गीतवादनम् ।।

अर्थात्, तेल आदिले मालिस गर्नु, आँखामा गाजल लगाउनु, जुत्ता र छाताको धारण गर्न, काम, क्रोध, लोभ, नाच्नु, गाउनु र बाद्य बादन समेत बर्जित छ । 

४ द्युतं च जनवादं च परिवादं तथाSनृतम्
स्त्रीणां त प्रेक्षणाSSलम्भमुपघातं परस्य च ।। 

अर्थात्, ब्रह्मचारीलाई जुवा तास, वादविवाद, दोस्रोको दोषको कथन, असत्य भाषण, स्त्रीहरुमाथि आँखा लगाउनु र छुनु र अरुलाई हानी पुर्याउन पनि निषेध गरिएको छ । 

२ गृहस्थाश्रम 
दोस्रो वर्ण व्यवस्था हो गृहस्थाश्रम व्यवस्था । यसमा घर व्यवहारमा रहँदा गर्नुपर्ने कामहरु उल्लेख गरिएको छ । मूलभूतरुपमा गृहस्थाश्रममा गर्नुपर्ने कामलाई तल उल्लेख गरिएको छ । 
-अग्नीहोत्र, दर्श तथा पौर्णमास याग

-सावित्र गायत्रीको जप गरेर वेदपाठ गर्नुपर्छ
-अतिथि पूजा
-रजश्वला स्त्रीमा गमनका लागि निषेध
-एक वस्त्र धारण गरेर भोजन
-सन्ध्याकालमा भोजनादि निषेध
-ब्रह्म मुहूर्तमा जाग्नु पर्ने
-आमावश्या आदि तिथिमा अध्ययनमा निषेध
-मासु खानको लागि देवता र पितृलाई भोग दिएर खान सक्ने
-श्राद्धमा दिइएको जीवलाई भक्षण गर्न नहुने 

वानप्रस्ताश्रममा गर्न हुने र नहुने काम ?

१‍ एवं गृहाSSश्रमे स्थित्वा विधिवत् स्नातको द्विज:
वने वसेत् तु नियतो यथावद् विजितेन्द्रिय ।।

अर्थात्, दीक्षित द्विज जातिहरुले गृहाऽऽश्रममा रहे पनि विधिवत रुपमा आरण्यकमा गएर बस्न सक्दछन् । तर त्यसको लागि जितेन्द्रीयहरुलाई विधिवत र शास्त्र निर्देशित रुपमा नियन्त्रणमा भने लिनु पर्दछ । 

२ गृहस्थस् तु यदा पश्येद् वली पलितमात्मन: 
अपत्यस्यैव चाSपत्य‌‌‌‌ तदारण्यं समाश्रयेत् 

अर्थात्, जब शरीरका छाला चाउरी पर्न थाल्दछ । कपालहरु सेता सेता हुन थाल्दछन् र छोरा छोरीको पनि छोरा छोरी देखिन्छ । त्यसपछि मानिस आरण्यकमा जानु पर्दछ । 

३ गृहस्थस् तु यदा पश्येद् वली पलितमात्मन: 
अपत्यस्यैव चाSपत्य‌‌‌‌ तदारण्यं समाश्रयेत् 

अर्थात्, जव शरीरका छाला चाउरी पर्न थाल्दछ । कपालहरु सेता सेता हुन थाल्दछन् र छोरा छोरीको पनि छोरा छोरी देखिन्छ । त्यसपछि मानिस आरण्यकमा जानु पर्दछ । 

४ मुन्यन्यैर विविधैर् मेध्यै: शाक-मूल-फलेन वा 
एतानेव महायज्ञान् निर्वपेद् विधि पूर्वकम् ।।

अर्थात्, वनमा गएर अनेक प्रकारले मुनि (ऋषि) अन्नले, सागपात फलफूल अथवा कन्दमूलद्वारा गृहस्थाश्रममा बताए अनुसार पञ्च महायज्ञ गर्नु पर्दछ। 

वानप्रस्थाश्रमका अन्य नियमहरु
-गाउँको सबै जाय जेथा अन्न अन्नादि र सबै हिसावकिताव पुत्रलाई बुझाएर श्रीमती सहित वन जानु पर्दछ। 
-जाने बेलामा गृह अग्नी, अग्नी होत्रका सामानहरु र समिधा तयार पार्ने सामग्रीहरु पनि साथमा लिएर जानु पर्दछ । 
-कुटीमा आएका पाहुनालाई पानी र फलफूलको भिक्षाबाट सम्मान गर्नुपर्ने 
-सदा वेद अध्ययनमा संलग्न हुनु पर्ने, एकाग्रता, दानी स्वभाव, सबै प्राणीहरुप्रति मित्रभाव आदि व्यवहार सुरु गर्नु पर्दछ । 
-दीक्षित आरण्यक ब्राह्मणले शास्त्र विधान अनुसार श्रौत अग्नि (आहवनयी, गार्हपत्य और दक्षिणाग्नि नामक मेधा अग्नि)मा होम गर्नु पर्दछ । लगायतको यस भन्दा बढी यस्तै आचरणहरु रहेको छ । 

सन्यासीहरुले के गर्न हुन्छ के गर्न हुँदैन ?

१ अनग्निरनिकेत: स्याद् ग्राममन्नाSर्थमाश्रयेत् 
उपेक्षकोSसङ्कुसुको मुनिर् भावसमाहित: 

अर्थात्, सन्यासीहरु अग्नीरहित र पुरानो निवास स्थानबाट रहित भएर अन्नको लागि गाउँमा आश्रय लिनु पर्दछ। सबै प्राणी र वस्तुलाई उपेक्षा गर्नेवाला अचञ्चलबुद्धि र मननशील स्वभावको विकास गर्नु पर्दछ । 

२ कपालं वृक्षमूलानि कुचेलमसहायता
समता चैवसर्वस्मिन्नेतन् मूक्तस्य लक्षणम्

अर्थात्, भिक्षा माग्नको लागि फुटेको घडाको टुक्रा, बस्नको लागि रुखको जरा, लगाउनको लागि रद्दिमा फालेको पुराना कपडा, एक्लोपन, सबै प्राणिहरु प्रति समता आदि सन्यासीको लक्षण हो । 

३ नाSभिनन्देत मरणं नाSभिनन्देत जीवितम्
कालमेव प्रतीक्षेत निर्वेशं भृतको यथा

अर्थात्, सन्यासीले मृत्युको कामना पनि गर्नु हुँदैन । जीवनको कामना पनि गर्नु हुँदैन । जसरी मजदूरले मजदूरीको दिन पर्खिएर बसेको हुन्छ । त्यसैगरी उसले पनि काललाई पर्खिएर बस्नु पर्दछ । 

४ कपालं वृक्षमूलानि कुचेलमसहायता
समता चैवसर्वस्मिन्नेतन् मूक्तस्य लक्षणम्

अर्थात्, भिक्षा माग्नको लागि फुटेको घडाको टुक्रा, बस्नको लागि रुखको जरा, लगाउनको लागि रद्दिमा फालेको पुराना कपडा, एक्लोपन, सबै प्राणिहरु प्रति समता आदि सन्यासीको लक्षण हो। 

सन्यासीका अन्य नियमहरु
- खुट्टा टेक्नेबेलामा किराहरु केही छन् कि हेरेरमात्रै टेक्ने, पानी पिउँदा कपडाले छानेर कीटादिरहित पानी मात्रै पिउँने, पवित्र वाणीमात्रै बोल्ने र मनद्वारा पवित्र     आचरणमात्रै गर्नु पर्दछ । 
- कसैलाई पनि अनादर नगर्नु, शरीरको लागि कसैसँग पनि शत्रुता नगर्नु ।
- आफूमाथि क्रोध गरिरहेको व्यक्तिमाथि क्रोध नगर्नु, गाली गरेर जानेमाथि पनि कल्याणकारी वचन बोल्नु, सप्तद्वारबाट झुट र असत्यकाम कहिलै नगर्नु
(लेखक अर्याल त्रिभुवन विश्वविद्यालय संस्कृति इतिहास तथा पुरातत्व केन्द्रीय विभागमा अध्ययनरत छन् ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ