- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । हुन त संसारको मुख्य धर्म वा मुख्य कर्म मनलाई वशमा गर्नु नै हो । मुसलमानले मनलाई 'शैतान' भन्छन् । मनले नै परमार्थ मार्गबाट भट्काएर संसारको बिषयहरुमा फँसाउछ । संसारका सबै प्राणीहरु मनकै बहकाउमा भटकिरहेका छन् । जति जति मन संसारका चीजहरुतिर जान्छ, उति-उति नै चञ्चल हुदै जान्छ ।
भनिएको छ, ' मन जीता तीन जग जीता' जसले आफ्नो मनलाई वशमा गरेको छ, उसले संसारलाई जित्यो । मनलाई जीत्नु वा मनलाई एकाग्र गर्नु नै कर्म-धर्म, साधना-भक्ति अर्थात उपासना हो । मनलाई एकाग्र गर्ने साधन जान्नु सम्झनुको लागि नै गुरु धारण गरिन्छ । जुन मनको कारण शोक, मोह, भय र क्रोध आदि दु:ख दिने वृत्तिहरु उत्पन्न हुन्छन्, त्यो मनलाई अवश्य परमात्मातिर लगाउनुपर्छ । भगवान कृष्ण अर्जुनलाई भन्नहुन्छ -
मरुयासत्तामना: पार्थ योग युन्जन्मदाश्रय : ।
असंशयं समग्रं मां यथा ज्ञास्यसि तच्छुणु ।।७/१।।
हे पार्थ ! आत्म-योग नै मनुष्यको कल्याणको मुख्य कारण हो । यसद्वारा दु:ख एवं संसारको सर्वथा निवृत्ति हुन जान्छ । जीवनको बन्ध र मोक्षको कारण मन नै हो । जुन भक्तजनले ममा आफ्नो मनलाई लगाउँदछन् । उनिहरुलाई संसारका सन्तापहरुले कष्ट पुर्याउँदैनन् । यसकारण भाव, प्रेम, आशक्ति र मन ममा लगाँउ । मेरो आश्रित रहेर तथा संशय रहित भएर मलाई कसरी सबै प्राणीहरुको आत्मा रुप जान्ने छ, त्यो योग सुन । म यस आत्मयोग या आत्मज्ञान रहस्य सहित बताउनेछु, जसलाई जानेपछि संसारका अरु केहि जान्न बाँकी रहँदैन।
जुन मानिस शरीरसम्बन्धी अनेक पदार्थहरुको संग्रहको मोहलाई त्यागेर अनन्यभावले यस आत्मयोग या आत्मज्ञानको साधना गर्दछन्, उनीहरु शीघ्र भवसागर पार भएर जान्छन् । जसले ईश्वरसिवाय अरुको सहारा लिन्छन्, उनीहरु मत्युरुप संसारबाट कहिल्यै छुट्न सक्दैनन् । विषयहरुको संग र संसारको आशक्तिले नै आत्मालाई बाँध्छ, तर जब उ महापुरुषहरुको, सन्तहरुको संगतमा अनि महापुरुषहरुको सेवा-भक्तिमा लाग्छ, तब भाग्यशाली जीवनको मोक्षद्वार खुल्छ । जसमाथि भगवानको महान कृपा हुन्छ, उसैलाई सन्तहरु र गुरुजनहरुको दर्शन हुन्छ, किनभने संसारका अनेक मनुष्यले शरीरलाई नै अजर-अमर सम्झेर ऐश्वर्य, यौवन र शासनको मादमा आत्मलाई भुल्छन्, अनि शरीरको लागि अरुसँग छलकपटको व्यवहार गर्छन् र सन्तहरुतिर त यस्ता मानिसहरुको ध्यान नै जाँदैन ।
भगवान कृष्ण भन्नहुन्छ- हजारौ मनुष्यमा कोहि कोहि मात्र यो आत्मयोगको सिद्धि पाप्त गर्ने प्रयत्न गर्दछन् अनि तिनी सिद्धि प्रप्त गर्नेहरुमा पनि कोहि विरलै पुरुषले मलाई तत्वद्वारा जान्दछ अर्थात म सबै प्राणीहरुको हृदयमा स्वयं प्रकाश, चेतन रुपले स्थित छु, यो रहस्यलाई विरलै योगीजनले जान्दछन, सम्झन्छन । किनभने संसारको मोह-मायामा फसेका प्राणीले म चेतन आत्मलाई जान्दै जान्दैन ।
अग्नि, वायु, जल, पृथ्वी, आकाश, मन, बुद्धी र अहंकार यी आठ प्रकारका अपरा प्रकृतिमा छन् जसलाई देखेर यो सारा संसार मोहित भइरहेको छ । भगवान नै मोहिनी माया हो, जसको मोहमा जीवले नाना प्रकारको कष्ट भोग्छन् अनि जन्म-मरणको चक्करमा फसेर बस्छन् ।
अर्को परा चेतन प्रकृति छ, जसले सम्पुर्ण जगतलाई धारण गरेको छ । सबै भुत, प्राणी यहि दुई प्रकृतिद्वारा उत्पन्न हुन्छन् । म नै सारा जगतको उत्पत्तिको मुल कारण हुँ । म सिवाय संसारमा किंचित मात्र पनि अर्को कुनै वस्तु छैन । जसरी धागोमा मालाका दाना उनिएका हुन्छन्, उस्तै यो सारा संसार ममा उनिएको छ । दानाहरुमा धागोमा छुपेर रहनको कारण देखिदैन । उस्तै सर्व अन्तर्यामी, सर्वव्यापक सबैको हृदयमा स्थित रहने आत्मा यस आँखाले देखिदैन ।
उद्यपि आँखामा रहेर त्यहि ज्योतिले त्यति ठुलो संसार देख्छ, कानद्वारा यसैको सत्ताद्वारा सुन्छ, नाकले उसैको शक्तिद्वार सुगन्ध र दुर्गन्धको अनुभव गर्छ, जिब्रोले उसकै सहायताले स्वाद बताउछ तर मनुष्यले आफ्नो अन्तर्यामी परमात्मलाई नचिनेर स्वयंलाई कर्ता सम्झन्छ ।
संसारमा अनेक शरीरको निर्माण हुन्छ, सबैको शरीर अलग अलग छन्, तर सबै शरीरका एउटै कलाले काम गर्दछ । शरीर पनि चराको गुँड या रुखको टोडका जस्तो छ, जसमा परमात्मा र जीव रुपी दुई पंक्षी निवास गर्छन् । जीवले अहं भाव गरेर भोग्छ अनि परमात्मा अकर्ता हुनुको कारण केवल द्रष्टा हो । जीवले प्रारब्ध कर्मअनुसार राम्रो नराम्रो कर्म भोग भोगिरहन्छ ।
सुक्ष्म इन्द्रियहरुद्वारा अनि मन बुद्धिदेखि अति पर सबैको रक्षण, पालन पोषण गर्ने (शक्ति) यदि शरीरमा रहेन भने यो शरीर मुर्दा कहलाईन्छ । चेतनालाई परमात्मा शिव अथवा आत्मा भन्छ । त्यो आकाश समान व्यापक छ । जसरी माटोले आकाश मैलो हुँदैन अनि पानीले भिज्दैन, उस्तै आत्मा स्वच्छ रहित छ । पहिले सद्गुरुको शरणमा गएर त्यो आत्मको स्वरुपलाई जान्नुपर्छ अनि त्यसमा मनलाई लगाउनुपर्दछ । यसैलाई आत्मयोग भनिन्छ ।