भारतले विचार र व्यवहारले आफूलाई नेपालको ठूलो दाजु ठान्दै र भन्दै आएको छ। भरखरै केही समय अगाडि भारत कि विदेशमन्त्री सुषमा स्वराजले बीग ब्रदर होइन इल्डर ब्रदर हो भारत नेपालको लागि भनिन्। यो उनले भारतको संसदमा वा पत्रकार सम्मेलनमा बोलेको हो।
भारतको बहालवाला विदेशमन्त्रीले बोलेका यो भनाई भारतको औपचारिक भनाई ठहर्छ। त्यसको खण्डन नेपाल सरकारको तर्फबाट नेपालका परराष्ट्र मन्त्री वा सरकारका प्रवक्ताले नगरेकोले सुषमा स्वराजको उक्त कथनलाई स्वीकारेको ठहर्छ। उनले मात्र होइन उनकै भारतीय जनता पार्टीका एक नेता भगतसिंहले समेत नेपाललाई भारतको भाइ भने भरखरै नेपाली काँग्रेशको महाधिवेशनमा नेपाल आएको समयमा। के वास्तवमा भारत नेपालको ठूलो दाजु हो त ? अथवा नेपाल भारतको सानो भाई हो त ? होइन। नेपाल भारतको कहिल्यै सानो भाई होइन र भारत नेपालको कहिल्यै जेठो वा ठूलो दाजु होइन। तथ्य र तर्कले सधै यही भन्दछ।
हामी यसलाई पुष्टि गर्ने तथ्य र तर्क अघि सारौं। कुनै पनि स्वतन्त्र र सार्वभौम सम्पन मुलुकको सम्बन्ध दाजुभाइको हुदैन। असल सम्बन्धको पर्यायवाची शब्द दाजुभाइ हुन सक्तैन। न खराव सम्बन्धको पर्यायवाची शब्द नै दाजुभाइ हुन्छ। विश्व समाजमा दाजुभाइको सम्बन्ध असल पनि छ खराव पनि छ सारमा धेर खराव भएको नै भेटिन्छ। भारतले के आधारमा आफूलाई नेपालको दाजु सम्झेको हो ? दाजु भाई त उमेरले छुट्याइने कुरो हो। नकि आकार र सम्पतिले। शरिर अग्लो, ठूलो र सम्पतिमा धेरै भए नि दाजु भाई छुट्याउने आधार त उमेर नै हो ।
दाजु भाई त उमेरले छुट्याइने कुरो हो। नकि आकार र सम्पतिले। शरिर अग्लो, ठूलो र सम्पतिमा धेरै भए नि दाजु भाई छुट्याउने आधार त उमेर नै हो ।
नेपालको चन्द्र सूर्य अंकित झण्डा नेपालमा भण्डै चारहजार वर्ष देखि फहराई रहेको छ। भारतको त्रिरंगी झण्डा त हिजो अस्ति १९४७ मा त फहराएको हो। भारतको औपचारिक नाम इन्डिया नै हो जस्तो लाग्छ मालिक अंग्रेजले जुराइदिएको। नेपालको औपचारिक नाम नेपालको झण्डा जत्तिकै पुरानो छ निरन्तर छ गौरवशाली छ। १२ बुँदेका इन्डोवोएस्टका खलपात्रहरुले यति प्राचीन गौरवशाली नेपाल नाम र चन्द्रसूर्य अंकित झण्डा उनै मालिकको सेवा र स्वार्थमा हटाउन कोशिस गरेका थिए। संविधानसभा भित्र र बाहिर पनि नेपालको नाम र झण्डा फेर्नु पर्ने विचार र प्रस्ताव अघि सारेका थिए नेपाली अनुहार नागरिकता बोकेका विदेशी दलालहरुले। जागरुक देशभक्त नेपाली जनताले उनीहरुको कोशिस सफल हुन दिएनन्।
भारतले नेपालसंग दाजुभाईको सम्बन्धले सम्बोधित हुन चाहेको हो भने उसले नेपाललाई दाजु भनेर आदर गरोस्। नेपाल सबै किसिमले भारतको दाजु ठहर्छ। इतिहासको जेष्ठता, स्वाधीनता र स्वतन्त्रताले पनि नेपाल भारतको दाजु नै ठहर्ने कुराको पुष्टि त माथि नै नेपालको नाम र झण्डाको इतिहाँसले गरिसकेको छ। जुनबेला भारतका राजाहरु अंग्रेसंजग झुक्दै र विक्दै इन्डिया बन्ने क्रममा थिए त्यही बेला नेपाली नायक पृथ्वीनारायण शाह अंग्रेजलाई लखेटेर नेपाल निर्माणको अभियान बढाईरहेका थिए।
जुनबेला भारतका राजाहरु अंग्रेसंजग झुक्दै र विक्दै इन्डिया बन्ने क्रममा थिए त्यही बेला नेपाली नायक पृथ्वीनारायण शाह अंग्रेजलाई लखेटेर नेपाल निर्माणको अभियान बढाईरहेका थिए। अनि कसरी नेपाल भारतको भाइ हुन सक्छ ? हिजो अस्ति अंग्रेजले एकिकरण गरिदिएको, नामकरण गरिदिएको इन्डिया नेपाली कै पुर्खाको पौरखले बनाएको जोगाएको प्राचीन नेपाल कुनै हिसावले पनि भारतको भाइ ठहर्दैन।
भारतका महात्मा गाँन्धीले अंग्रेजबाट भारतलाई स्वतन्त्र बनाउन संघर्षको अस्त्र स्वदेशी उत्पादनको चर्खा आन्दोलन चलाउनु भन्दा धेरै वर्ष पहिला नै नेपाली नायक पृथ्वीनारायण शाहले विदेशी उत्पादन वहिस्कार र स्वदेशी उत्पादन स्वीकारको निर्देशन दिइसकेका थिए।
त्यही स्वदेशी उत्पादनमा जोड र विदेशी उत्पादन छोडको पृथ्वीविचार माथि उभिएर त्यसलाई गान्धीजीले अंग्रेज विरोधी भारत छोड आन्दोलनको मूख्य अश्त्र बनाएको सन्दर्भलाई केलाउदा पनि नेपाल भारतको कहिल्यै भाइ ठहर्दैन। विचारको हिसावले केलाउदा पनि नेपाल भारतको भाइ नभएर दाइ नै ठहर्छ।
नेपाली सेना संसारकै निरन्तर लामो इतिहास बोकेको सेना हो। यसको क्रमश विकासको अट्टुट निरन्तर लामो इतिहास छ। आधुनिक नेपाली सेनाको विकासक्रम द्रव्यशाहलाई गोर्खाको राजा बनाउने घटनासंग जोडिएको छ। त्यसदेखि कै गोर्खाका शाह राजाको निरन्तर नेतृत्वमा विकसित भएको हो नेपाली सेना। जुन सेनाले भारतलाई शासन गर्ने त्यसबेलाको विश्वशक्ति अंग्रजलाई पनि पराजित गरेको छ। चीन तिब्बतसंग पनि भिडेको छ।
भारतको पनि चीनको पनि यस्तो अट्टुट निरन्तर लामो सैनिक इतिहास छैन। चीनको जनमुक्ति सेना माओले गठन गरेको हो। भारतको सेनाको शायद यस्तो ठोस इतिहास पनि छैन होला। यसरी सैनिक हिसावले केलाउदा पनि नेपालको भारत कुनै बडो, ठूलो वा जेठो दाजु ठहर्दैन।
चीनले नेपाललाई कहिल्यै भाइ भनेर हेपेको वा होच्याएको छैन र भारत जस्तो ठूलो वा जेठो दाजुको अहंकार पनि देखाएको छैन। बरु चिनीयाँ नेताहरुले बारम्बार देश सानो होस् या ठूलो होस् दुबैको समान हैसियतको सम्बन्ध हुन्छ भनेर दोहर्याएर अभिव्यक्ति दिइरहेको पाइन्छ।
यदि चीनले पनि कुनै दिन नेपाललाई भारतले जस्तै भाइ भनेर होच्यायो भने चीनलाई पनि भाइ पार्न नेपालको चन्द्र सूर्य अंकित झण्डा आफ्नो गौरवशाली लामो इतिहास बोकेर अधि सर्छ। चीनको हसिया र हथौडा अंकित पाँचतारे लाल झण्डा पनि चीनको राष्ट्रिय झण्डा बनेर फहराएको सन १९४९मा त हो नि।
भारतलाई दाजुभाइको साइनो भएको छिमेकी मुलुक चाहिएको हो भने भारतले पाकिस्तानसंग दाजुभाईको सम्बन्ध केलाओस् र दाजुभाइको साइनो बनाओस्। पाकिस्तान र भारत चाहिं साखै दाजुभाइ ठहर्छन्। पाकिस्तान र भारत पहिला एउटै अंग्रेको शासन अन्तर्गत थिए। दाजुभाइ छुट्टिए जस्तै भूमी पूँजी रिण धन अंश गरेर छुट्टिएका हुन् भारत र पाकिस्तान। भारत र पाकिस्तानलाई अंश बाँडफाँड गरिदिएको थियो यिनीहरुको बाबु अंग्रेजले। भारत भन्दा एकदिन अगाडि पाकिस्तान जन्मिएकोले पाकिस्तान भारतको दाजु ठहर्छ। भारतले पाकिस्तानलाई दाजु भनेर आदर गरेमा र पाकिस्तानले भारतलाई आफ्नो प्रिय भाइ ठानेर माया गरेमा भारत पाकिस्तानको सम्बन्धमा राम्रो सुधार आउन सक्छ। अंशमा या दाइ भाइको पौरखमा डाहा ईष्र्यामा परेर हुनसक्छ दुई अंशियार दाजु भाइ पकिस्तान र भारत कास्मिरलाई लिएर लामो समय देखि झगडामा छन्।
सवाल उठ्छ भारतले किन नेपाललाई भाइ ठानेको होला त ? नेपालका नेताहरु स्वाधीन नेपालको गौरवशाली इतिहास विर्सदै भारतसामु सधैं लम्पसार पर्ने प्रवृतिका भएका र सबैले यो प्रवृतिलाई निरन्तरता दिने गरेकोले ? भारतको हेपाहा प्रवृतिको नीतिको निरन्तरता भइरहेकोले ? नेपाल भारतको सम्बन्ध साँचै असल दाजु भाइको जस्तै भएकोले ? यस्ता धेरै प्रश्नहरु आउन सक्छन भारत नेपालको सम्बन्ध र साइनो केलाउने सवालमा। भारत नेपालको सम्बन्ध अंशियार दाजुभाइको नभएर साझेदार हितैषी घनिष्ठ छिमेकी र साथी बनाउने उपायाको खोजीले मात्र भारतको कथित वीग वा इल्डर व्रदरको सोचमा परिवर्त आउन सक्छ। त्यसरी नै भारतको दानामा गुप्त वा खुलारुपले पल्किएका नेपालको राष्ट्रिय हितलाई भारतको हितमा सुम्पन सरम नमान्ने नेपालका कथित नेताहरुको दब्बु भाइ मानसिकतामा परिवर्तन आउनु सक्छ।
भारतले आफूलाई अंग्रेजले दिएको नाम इन्डीयाबाट मुक्त भएर पूर्वीय चिन्तनधारको बसुदैव कुटुम्वकम्को भारत भएर आउनु पर्दछ अंग्रेजको विरासत समेत फालेर। नेपालका कमजोर र अयोग्य नेताहरुले नेपालको गौरव बनाउने र वढाउने विगतका नेताहरुको योगदान र प्रयाशबाट पाठ सिक्नु पर्दछ उनीहरु निरंकुश वा तानाशाही थिए भने पनि। नेपाल र भारतको सम्बन्ध खुला मनको तर बन्द सिमानाको हुनुपर्दछ। कम्तिमा पनि आवत जावत व्यवस्थित जानकारयुक्त र रेकर्डमा आधारित हुनु पर्दछ र भविश्यमा पासपोर्टको व्यवस्थामा जानु पर्दछ। आतङ्कवाद तस्करीबाट बच्न दुबै देशले यो बाटोमा जानै पर्नै हुन्छ। आशा गरौ भारतका नेताहरुमा ठूल्दाइ मानसिकतामा र नेपालका नेताहरुमा भाइ मानसिकतामा परिवर्तन आएर समान सम्बन्धको नेपाल भारतको नयाँ इतिहास बनाउन लाग्नेछन। नेपाल भारतको कहिल्यै भाइ होइन र भारत नेपालको कहिल्यै दाजु हौइन। र नेपाल भारतको कोठेबारी पनि होइन र त्यसरी नै कस्ले भारतको चर्को विरोध गर्यो त्यो पनि नेपाली राष्ट्रियता मापनको पारो हुन सक्तैन।