arrow

चन्द्रमामा यसरी तुहियो इजरायलको 'चौथो राष्ट्र' बन्ने सपना

logo
एजेन्सी
प्रकाशित २०७५ चैत ३० शनिबार
israel-moon-mission-timeline.jpg

काठमाडौं । इजरायलको चन्द्रमामा पुग्ने सपना पहिलो पटक असफल हुन पुगेको छ । निजी क्षेत्रको लगानीमा बनाइएको बेरेशीट ल्याण्डर यान चन्द्रमामा टचडाउन गर्नु भन्दा पहिले नै एक इन्जिनको खराबीको कारण क्र्यास भएपछि इजरायलको पहिलो सपना विफल भएको हो । युरोपियन समय अनुसार दिउँसो ३:२४ बजे यस समस्याको बारेमा पहिलो रिपोर्ट प्राप्त भएको थियो । यसपछि इन्जिनियरहरुले तुरुन्त नै स्पेसक्राफ्टलाई रिसेट गर्ने प्रयास गरेका थिए । त्यतिबेलासम्म सो यान सम्पर्क विच्छेद भइसकेको थियो । जसको कारणले अन्मात यो १५० किलो वजनको यान चन्द्रमामा खसेर नष्ट भयो । 

यस मिशनको प्रमुख मरिस कानले भने, “हामी यो काममा सफल हुन सकेनौं । तर, निश्चित रूपले हामीले कोशिश भने गर्यौं । उनले भने कि, “मलाई लाग्छ कि हामी जहाँ सम्म पुग्न सक्यौं त्यो पनि एक हिसाबले हामीहरुको उपलब्धी हो । हामीलाई यसप्रति गर्व छ । 

चन्द्रमासम्म पुग्न तीन हप्ता किन लाग्यो ?
आज जब चन्द्रमामा पुग्नको लागि केवल केही दिनमात्रै लाग्नु पर्ने हो । यस अन्तरिक्ष यानलाई यहाँसम्म पुग्नको लागि तीन हप्ता लाग्यो । आखिर यसको कारण के थियो ? २२ फेब्रुअरीसम्म बेरेशीटको अन्तरिक्ष उडान शुरू भएदेखि ४ अप्रिलमा चन्द्रमाको गुरुत्वाकर्षण क्षेत्रमा प्रवेश गर्ने समयसम्म यसले कैयौं पटक पृथ्वीको चक्कर लगाएको थियो । पृथ्वीबाट चन्द्रमासम्म औसत दूरी करिब ३ लाख ८० हजार किलोमिटरको छ ।  तर, आफ्नो यात्राको दौरान बेरेशीटले यसभन्दा १५ गुणा अधिक दूरी तय गरिसकेको छ । 

अब यसको पछिको कारण लागतलाई कम गर्नेको थियो । यसबाट सीधा-सीधा चन्द्रमामा पठाउन सकिने थियो । बेरेशीटलाई स्पेसएक्सको फाल्कन ९ रकेटद्वारा प्रक्षेपित गर्दैगर्दा यसको साथमा एक सञ्चार उपग्रह र एक प्रायोगिक विमान समेत पठाइएको थियो । निश्चित रुपले अन्तरिक्षको यात्रामा रकेट शेयर गर्दा यसको लागत कम भयो । तर, साथमा यस अन्तरिक्ष यानलाई काहीँ जटिल र मुश्किल बाटोबाट जानु पर्यो । 

मिशनको काम यस्तो थियो यो चन्द्रमामा ? 
पृथ्वीमा वैज्ञानिकहरुले यस ल्याण्डरलाई चन्द्रमाको नजिक पठाउने पूरा तयारी गरेको थियो । उनीहरुले यसको इन्जिनको उपयोग “ब्याक पेडल” को रुपमा गर्ने योजना समेत बनाएका थिए। जो अन्तरिक्ष यानलाई त्यतिबेलासम्म कम गतिमा चलाउन सकिन्छ जतिबेला त्यो सतहको केही मिटर माथि आउँछ । 

एकपटक यो ५ मिटर (१६ दशमलव ५ फिट) माथि स्थिर स्थितिमा पुगेको थियो । क्रूले इन्जिनलाई पूरा रुपले बन्द गरिदिए । जसले ल्याण्डर चन्द्रमाको गुरुत्वाकर्षणको उपयोग गर्दै जमिनमा सजिलैसँग उत्रिन सक्छ । 

फेरि कोशिस गर्ने 
स्वचालित ल्याण्डिङको शुरुआत राम्ररी भएको थियो । इन्जिन चन्द्रमाको सतहद्वारा केही किलोमिटर माथि मात्रै विफल भएकोहो । यदि इजराइल यस मिशनमा सफलता हाँसिल गर्थ्यो भने यस्तो गर्ने दुनियाँको चौथो देश बन्ने थियो । यस भन्दा पहिले यस्तो काम सफलतापूर्वक अमेरिका, चीन, पूर्व सोवियत संघ र यूरोपेली अन्तरिक्ष एजेन्सी  रहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ