arrow

मदिराको जरिवनाबाट संकलित रकमले शिबिर संचालन

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७६ वैशाख १ आइतबार
sibir_channa.jpg

बझाङ । भरपर्दो र गुणस्थरिय स्वास्थ्य सेवा नपाएका जिल्लाको  दुर्गम खप्तड छान्ना गाउँपालिकाका स्थानीयबासीका लागी गाउँपालिकाले मदिरा सेवन गरि हो हल्ला गर्नेहरुबाट संकलन गरेको रकमले गाउँमै बिभिन्न रोगको उपचार गर्न निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरेको छ ।  

यहाँको खप्तड छान्ना गाउँपालिकाले मदिरा निषेधित गाउँपालिका घोषणा गरेपछि मदिरा सेबन तथा बिक्रि बितरण गर्नेहरुबाट जरिवाना स्वरुप संकलन भएको रकमले  सोमबार देखि दुर्गामहालिङ्ग माबि चौकामा चलाएको बिषेसज्ञ सहितको  शिबिर सञ्चालन गरेको हो ।

खप्तड छान्ना गाउँपालिका अध्यक्ष बर्क बहादुर रोकाया र यहाँका स्थानीय बिष्णु प्रसाद खत्रीको पहलमा गाउँपालिकामा शिबिर सञ्चालन यस क्षेत्रका नागरिकहरुका लागी ठूलो राहत भएको छ ।  शिविरमा सामान्य स्वास्थ्य चेक जाँच , हाड जोर्नीको अप्रेसन  तथा दन्त रोगको उपचार र आँखाका बिरामीहरुको उपचार गरेको थियो । यसका साथै स्त्री रोग , बाल रोगको पनि उपचार गरेको गाँउपालीका अध्यक्ष वर्क रोकायाले वताए । शिबिरमा खप्तड छान्ना गाउँपालिका भित्रका पौवागडी , लामातोला , माझीगाउँ , कालुखेती , पाटादेबल गडराय  र छिमेकी गाँउपालिका थलारा  र छिमेकी  जिल्ला बाजुराका विरामीहरु पनि स्वास्थ्य सेवा लिन आएका थिए ।

खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष बर्क बहादुर रोकायले  यस क्षेत्रका स्थानीयहरुले शिबिर बाट निकै राहत पाएका वताए  । उनले भने गाउँपालिका भित्र मदिरा सेबन गरि हो हल्ला गर्नेहरु बाट प्रति ब्यक्ति रु पाँच हजार र बिक्री बितरण गर्ने लाई रु बिस हजार उहाँका जरिवाना गरि जम्मा भएको रकमबाट  शिबिर सञ्चालन गरेका हौ । शिबिरबाट गाउँपालिका भित्रका नागरिकहरुलाई ठूलो फाईदा पुगेको समेत उहाँको भनाई छ ।

शिबिरमा सात वटा रोगहरुको उपचार गरिएको छ जसमा सामान्य चिकित्सा तर्फ ६ सय ९५ जना , हाड जोनी तर्फ ८ सय ८१ जना , दन्त रोग तर्फ २ सय ६१ जनाले उपचार गरेका थिए । यसका साथै  आँखा रोग तर्फ ३ सय ८१ जना , स्त्री रोग तर्फ ५ सय ७६ जना , बाल रोग तर्फ एक सय ९४ जना र  सल्यक्रिया तर्फ १० जनाले सेवा लिएको शिविरमा सहभागी डाक्टर किशोर बहादुर खत्रीले वताए ।

उनले दुई हजार नौ सय ९६ जनाको स्वास्थ्य परिक्षण तथा उपचार गरेको बताए यसका साथै शिबिरमा ३ सय ९४ जनाको अल्ट्रासाउण्ड एक सय १ जनाको ल्याव परिक्षण, ३१ जनाको मोती बिन्दुको अप्रेसन , ५३ जनाको नयाँ दात राखेको पनि उनले जनकारी दिए। अन्य  ८ जनाको दाँत निकालेको थियो ।  

 यसरी गाउँमा बिषेसज्ञ सहितको शिबिरमा लुम्बीनी अञ्चल अस्पताल , तिलोत्तमा हस्पिटल प्रा.ली. , आम्दा हस्पीटल प्रा.ली. बुटवल,र हिमाल डेन्टल हस्पिटल प्रा.ली.का बिषेसज्ञ चिकित्सकहरुको टोलीले सेवा दिएको थियो । शिविरले हामी जस्ता पैसाको उपचार नभएर विराम भएका मानिसहरुका लागी धेरै राहात भएको स्थानीय ऐन रोकायले वताए ।

उनले भने यसरी ठुला ठुला डाक्टर सहित गाउँमै सवै खालको उपचार पाएपछि सवैले यो शिविरको प्रशंसा गरेका थिए ।  तिन दिन सम्म सञ्चालन भएको निशुल्क बिषेसज्ञ सहितको स्वास्थ्य शिबिरमा गाउँपालिकाले चार लाख र नेसनल लाईफ ईन्सोरेन्स कम्पनीले पाँच लाख गरि नौ लाख खर्च गरिएको थियो । अन्य यहाँका समाजसेवी विष्णु प्रशाद खत्रीले पनि आफ्नो परिवारमा रहेका डाक्टर सहित अन्य सहयोग गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ