arrow

बाइबलका यी उपदेश अपनाएर गर्न सकिन्छ आफ्नो र समाजको भलाइ

logo
ईसा मसीह,
प्रकाशित २०७६ वैशाख ३ मंगलबार
isaha-masi.jpg

काठमाडौं । विश्वको हरेक धर्ममा सत्‍य, अहिंसा, प्रेम, करुणा, भाईचारा, सहनशीलता, सदाचार आदिको नै पाठ पढाइन्छ । ईसा मसीहले करीब २००० बर्ष पहिले दिइएको उपदेशको सार पनि यहि हो ।

बाइबलमा संग्रह गरिएको ईसा मसीहको उपदेशहरुलाई जीवनमा अपनाएर हामी मानव जातीको भलाइ गर्न सक्छौ । यी उपदेहरु आफ्नो जीवनमा उतारेर कुनै पनि व्‍यक्‍त‍ि एक असल व्यक्ति बन्न सक्छ ।

प्रभुको अघि भेट चढाउनु वा प्रार्थना गर्नुभन्दा पहिले तिमी आफ्नो दाजु भाइसँग मेल-मिलाप गर । आफ्ना प्र‍ियजनहरु प्रति यदि मनमा बैर-भाव छ भने त्यसलाई त्‍यागेर नै प्रार्थनाको साचो हकदार बन्न सक्नेछौ ।

पराई स्‍त्रीमाथि कुदृष्टिले हेर्नु पनि त्यतिनै गलत हो जति कसैमाथि शारीरिक रुपमा व्‍यभिचार गर्नु।

जो मानिस तिमी प्रति द्वेषको भावना रख्छ , तिमी उनिहरुप्रति प्रेम गर । जो तिमीलाई सताउछन् तिमी उनिहरुका लागि पनि प्रार्थना गर । जसरी सुर्यले धर्मको पालन गर्ने र अधर्मी,दुवै प्रकारका मानिसलाई प्रकाश दिन्छ । यदि तिमी केवल तिमीलाई प्रेम गर्नेसँग मात्र प्रेम गर्छौ भने यसबाट तिमीलाई के फल मिल्नेछ ? केवल अर्कालाई देखाउनको लागि धार्मिक काम नगर।

परमेश्‍वर सबै जान्दछन् । तिमीले माग्नुभन्दा पहिले प्रभुलाई यो थहा छ कि तिम्रो आवश्यक्ता के के हो ।
आउने समयको कुनै चिन्ता नगर , भोलीको दिन आफ्नो चिन्ता आफै गर्नेछ । आजको लागि आजै दुख काफी छ ।

यदि तिमी अर्काको अपराधलाई माफि गर्छौ भने प्रभु तिम्रो अपराध माफ गर्नेछन् । यदि तिमी अरुलाई माफ गर्दैनौ भने प्रभुको दरबारमा तिमीले पनि माफी पाउने छैन ।

पृथ्वीको यस जीवनको लागि धन-सम्पति जम्मा नगर , जहां चोरले त्यसलाई चोरेर लगोस । आफ्नो लागि स्‍वर्गमा धन जम्मा गर , जहां चोर आदिको कुने भय नहोस ।

कुनै पनि मानिस एकै साथ दुई मालिकहरूको सेवा गर्न सक्दैन । यसैले कोहि  प्रभु र धन, दुवैको सेवा एकै साथ गर्न सक्दैन ।

आफ्नो प्राणको लागि यो चिन्ता नगर कि के खाने , के पिउने । शरीरको लागि यो चिन्ता न गर के लगाउने । के प्राण भोजन र शरीर वस्‍त्र भन्दा ठुलो होइा ? यदि  प्राण र शरीरको रक्षा प्रभुले गर्नुहुन्छ भने बाकी पनि उनकै इच्छामा छोडिदेउ ।

जसप्रकार तिमी अर्का प्रति दोष लगाउछौ त्यसै प्रकार तिमी माथि पनि दोष लगाइनेछ । जुन स्केलबाट तिमी अरुलाई नापछौ तिमीलाई पनि त्यहि स्केलले मापन गरिनेछ ।

जसरी सहि रुख राम्रो फल ल्याउछ र खराब रुखमा खराब फल । त्यसरी नै राम्रो कर्मको नतीजा राम्रो हुन्छ र खरबा कर्मको नतिजा खराब नै हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ