- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । वर्द्धमान महावीरको जन्मजयन्ती १७ अप्रिल बुधबार परेको छ । वर्द्धमान महावीर जैन धर्मका प्रवर्तक २४ औँ तीर्थंकर हुन् । जैन धर्ममा तीर्थंकर ती २४ व्यक्तिहरुलाई भनिएको छ जसले स्वयं तपस्याको माध्यमबाट आत्मज्ञान प्राप्त गरे। जसले क्रोध, अभिमान, छल, इच्छा, आदिमाथि विजय प्राप्त गरेका थिए ।
महावीर प्राचिन भारतको महान दार्शनिकहरु मध्येका एक हुन्। वर्द्धमान महावीर त्यो युगका धार्मिक सुधारकहरु मध्ये सबभन्दा वरिष्ठ थिए। महावीर स्वामीले 'अहिंसा परमो धर्म' को सन्देश विश्वभर फैलाए ।
वर्द्धमान महावीरको जन्म भारतको बिहार राज्यको बैशाली भन्ने ठाँउ नाजिकको कुन्द ग्राममा ५९९ ईसा पूर्वमा भएको थियो। वर्द्धमान महावीरकी आमा त्रिशला, वैशालीको शक्तिशाली र प्रसिद्ध लिच्छवी राजा, चेतककी छोरी थिन्।
तीस वर्षको उमेरमा महावीरले संसारबाट विरक्त भएर राज वैभव त्यागे । उनि संन्यास धारण गरेर आत्मकल्याणको लागि निस्किए । १२ वर्षको कठिन तपस्यापछि उनले आत्मज्ञान पाएका थिए । ७२ वर्षको उमेरमा उनले पावापुरीबाट मोक्ष प्राप्त गरे।
जन्म जयन्तिको अवसरमा महावीर स्वामीसँग जोडिएको प्रसंग
एक पटक महावीर जंगलमा तपस्या गरिरहेका थिए । उनि एकाग्र चित्तले प्रभुको ध्यानमा थिए । सो जंगलमा गोठाला पनि गाई, भेडा, बाख्रा चराउन आउथे । गोठालाहरु अशिक्षित र अज्ञानी थिए, त्यसैले उनिहरुलाई तपस्याको महत्व थाहा थिएन ।
जब उनि भगवान महावीरलाई तपस्यामग्न देख्थे, उनको खिल्ली उडाउथे र ध्यान भंग गर्ने कोशिश गर्थे , तर महावीर कहिले पनि यी कुराबाट विचलित भएनन् उनि आफ्नो तपस्यामा अटल भावले लागि रहे।
विस्तारै सो कुरा निजकको गाँउसम्म पुग्यो । केहि ग्रामीण बासिन्दाहरु भगवान महावीर भएको ठाँउमा आए । जब महावीरले आँखा खोले तब ती ग्रामीण मानिसहरुले भने,'भगवान, नबुझेर गोठालाहरुले तपाईलाई सताइ रहेका थिए । हामी उनिहरुको तर्फबाट क्षमा चाहन्छौ । हामीले यो सोचेका छौ कि हामी सबै मिलेर तपाईको लागि एक कुटिको निर्माण गरु । त्यहाँ तपाईको सुरक्षाको पनि प्रबन्ध होस , जसले तपाईको साधनामा कुनै समस्या नहोस ।'
भगवान महावीरले उनिहरुको कुरा शान्तिसँग सुनेर भने,'यी गोठाला पनि मेरा आफ्नै हुन् । यदि बच्चाहरु मायाले माता-पिताको मुख आफ्नो स-साना हातले तान्न थाले भने माता-पिता उनिहरुलाई काखमा लिन अस्विकार गर्छन् ? गर्दैनन् नी। तपाईको धन मेरो लागि कुटि बनाउने अपेक्षा भन्दा आश्रम नभएकाहरुका लागि अधिक उपयोगी हुनेछ ।'
महावीरको हृदयको विशालतालाई देखेर ग्रामीण बासिन्दाहरु सहित अज्ञानी गोठालाहरु पनि उनको चरणमा नतमस्तक भए ।