समानताको लागि वैदिककालीन समाज : जहाँ भिन्न थिएनन् राजकुमार र दरिद्रका सन्तान

वैदिककालीन समाजको आधार : शिक्षा र स्वास्थ्यमा समान व्यवहार !

प्रकाशित मिति : २०७६ बैशाख ७ शनिबार
तस्वीर : वेव

काठमाडौं । मार्क्सवादी विचारमा साम्यवादी समाज या साम्यवादी तन्त्र, समाज र आर्थिक तन्त्रलाई एकै रुपमा चिनिन्छ । जो साम्यवादको राजनीतिक विचारधाराको अन्ततः लक्ष्यको प्रतिनिधित्व गरिरहेका छन् । उनीहरुको उत्पादक बलमा प्रौद्योगिक उन्नतिहरु हाँसिल भएका छन् यो तर्क यो पक्षका विश्लेषकहरुको छ । यस्तो स्वसिद्ध रूपमा मान्ने गरिएको कुरा हो । एक साम्यवादी समाजको विशेषता यो हो कि उसमा उपभोगको चीजहरुको मुक्त अभिगम्यताको साथ, उत्पादनका साधनहरुको आम स्वामित्व हुन्छ । जुन समाज वर्गहीन वा राज्यहीन हुन्छ ।  जिसमा श्रमको शोषणको अन्त अन्तर्निहित हुन्छ भन्ने अवधारणा साम्यवादी सोचले भन्छ । तर, समाजलाई वर्षमा विभाजन गरेरै पनि सबैलाई समान अधिकार कसरी दिने ? यो भने वैदिककालीन समाजले सफल प्रयोग गरिसकेको छ । जसमा समाजमा वर्ग व्यवस्था भएपनि उनीहरु सबै अधिकारलाई समान रुपमा लिन सफल छन् । 

वेद हामीहरुको एउटा सर्वोत्कृष्ट र सम्मानजनक शास्त्र हो । पृथ्वीमा गरिने कर्मको निर्देशदेखि मरणोपरान्त हुने हुने सबै गतिविधिहरुसम्म वेदले नसमेटेको कुनैपनि क्षेत्र छैन । यही एउटा ग्रन्थले सारा ब्रह्माण्ड समेटेको छ । त्यसैले वेदलाई पुज्ने मात्रै नभई बुझ्ने प्रयास पनि गर्ने हो भने अवश्य पनि पृथ्वी नै स्वर्ग बनाउन गाह्रो छैन । हाम्रा ऋषिमुनिहरुको त्याग र तपस्याबाट प्राप्त ज्ञानले भरिएको वेदलाई सामान्य पुस्तक जसरी पढेर हामीले बुझ्न कठिन छ । यो एउटा ब्रह्मविद्या भएकोले तन र मनलाई शुद्ध गरेर मात्रै यसको ज्ञान लिन सकिन्छ । यद्यपि बाहिर आएका विषयहरुलाई मनन गरेर वेदको ज्ञानलाई सरलीकरण गरेर बुझ्न सकियो भने पनि यसले जीवनमा धेरै ठूलो महत्व राख्दछ । वेदमा उल्लेखित विषयलाई तल सारसंक्षेपमा वर्णन गरिएको छ । 

त्यागमय संयमी जीवन
संसारका पदार्थको त्यागपूर्वक उपभोग वैदिक व्यवस्थाको प्रवल आधार हो । संसारमा उपभोग दुई प्रकार हुन्छ । एक त उसमा लिप्त भएर र अर्को अलिप्त रहेर । संसारमा लिप्त रहेर गरेको उपभोगले अन्तमा दुख दिन्छ भने र उसमा अलिप्त रहेर गरेको उपभोगले सुख प्रदान गर्दछ । यसैकारण बेद भन्छ 'अलिप्त रहेर जे कुराको पनि उपभोग गर्नु पर्दछ ।' 

वैदिक साहित्य त्यागमय उपदेशहरुसँग भरिएको छ । त्यागपूर्वक जीवनयापन गर्नेवाला मानिस दुराचारको पोखरीमा कहिलै डुब्दैन । उसको जीवन संयमी, सरल र तपस्वी हुन्छ । वेद सदाचालाई एकदमै धेरै महत्व दिन्छ । वेदमा भनिएको छ 'ऋतस्य पन्थां न तरन्ति दुस्कृतः ।' अर्थात् दुराचारी व्यक्तिहरु ऋतको पथलाई कहिलै पार गर्न सक्दैनन् । 'स्वर्यः पन्थाः सकृते देवयानः ।' अर्थात् स्वर्ग या ज्योतिको नजिकबाट जानेवाला देवयान मार्ग सुकृति अथवा सदाचारी व्यक्तिको लागि मात्रै हो । वेदमा प्रार्थना गरिएको छ 'हे सर्वाग्रणि देव तपाईं सबैको नियन्ता हुनुहुन्छ । मलाई दुश्चरितबाट पृथक गरिदिनुहोस् र सबैलाई सदाचारको बाटोमा हिडाउनुहोस् ।' 

वेदमा समताको भावना 
वेद भन्छ सबै मनुष्यहरु दाजु भाइ हुन् । यसमा कोही जन्मले ठूलो र सानो हुन्छ । तर यस समानताको भावलाई धारण गर्दै सबै ऐश्वर्य वा उन्नतिको लागि मिलेर प्रयत्न गर्दै अघि बढ्नु पर्दछ । एक अन्य मन्त्रमा समेत भनिएको छ सबै मनुष्यहरु समान हुन् । उनमा कोही ठूलो र कोही सानो भन्ने हुँदैन । कोही मध्यम पनि हुँदैन । जब कोही पनि आफ्नो शक्तिले माथि उठ्न सक्दछ भने उसले उठ्न नसकेकालाई पनि सँगै लिएर जानु पर्दछ । सबैजना आफ्नो महत्वाकांक्षाले अघि बढ्दछन् । यो जन्मद्वारा कूलीन दिब्य मन्त्र हो । 

प्राणिमात्रमा समदृष्टि
यसैप्रकार ऋग्वेदको अन्तिम सूक्तमा समताको अत्यन्त प्रभावशाली उपदेश दिईएको छ । वेदमा उद्घोषपूर्वक भनिएको छ कि मैले मनुष्यहरुसहित सबै प्राणिलाई मित्रको दृष्टिले  देख्नु गरेको छु । हामी सबैले एक आपसमा अरुलाई मित्रको दृष्टिले देख्ने गरौं । अथर्ववेदमा गाईहरु, जगतका अन्य प्राणीहरु र मनुष्यहरुको कल्याणको कामना गरिएको छ । 'स्वस्ति गोभ्यो जगते पुरुषेभ्योः' एक अन्य मन्त्रमा भनिएको छ प्रभु हाम्रो दोपाय र चौपाया पशुहरुको लागि कल्याणकारी र सुखदायी भईदिनुहोस् । 'शन्नो अस्तु द्विपदे शं चतुष्पदे' अथर्ववेदमा नै एक एउटा कामना गरिएको छ कि यस्तो कृपा गरिदिनुहोस् कि जसमा प्रत्यक्ष एवं परोक्ष प्राणिमात्रको लागि सद्भावना राख्न सकौं । '....यांश्च पश्यामि याश्च न तेषु मा सुमतिं कृधि ।'

मानव कल्याणको भावना
ऋग्वेदमा भनिएको छ मनुष्यलाई मनुष्यको सबै प्रकारले रक्षा र सहायता गर्नु पर्दछ । 'पुमान् पुमांसं परिपातुं विश्वतः ।' अथर्ववेदमा समेत भनिएको छ कि आउनुहोस् हामी सबै मिलेर यस्तो प्राथना गरौं कि जसमा मनुष्यहरुमा परस्परमा सुमति र सद्भावनाको विस्तार होस् । 'तत्कृण्मो ब्रह्मा वो गृहे संज्ञानं पुरुषेभ्यः ।'  
 
एक्लै खानु पाप हो 
वेदमा सख्भावको लागि सहभोजनलाई बल दिईएको छ । अथर्ववेदमा भनिएको छ कि सहभक्षाः स्याम । अर्थात् हामी मिलेर खानपान गर्ने प्रवृत्तिका हौं । यसै प्रकार यजुर्वेदमा पनि भनिएको छ कि सग्धिश्च मे सपीतिश्च मे । अर्थात् आफ्नो साथिहरुसँग सहपान र सहभोज हुनुपर्छ । यसबाहेक वेदले भद्र भावनाको विकास, यज्ञिक भावनाको विकास, जुवातास, चोरी छलकपट आदिलाई निषेध गरेको छ । 
 
शिक्षा स्वास्थ्य र चिकित्सामा समानता र निशुल्क 
वेदका अनुसार सबैलाई समान शिक्षा र स्वास्थ्य दिनु पर्दछ । कुनैपनि वर्गको बालकको साथमा कुनैपनि किसिमको पक्षपात गर्नु हुँदैन । वेदको यही व्यवस्थालाई महर्षि दयानन्दले एक वाक्यमा व्यक्त गरेका छन् । सबैको तुल्य बस्त्र खानपान आसन हुनुपर्छ । चाहे त्यो राजकुमार होस् या त दरिद्रको सन्तान । जीवनको प्रधान आवश्यकता ५ किसिमको मानिएको थियो । भोजन, वस्त्र, आवास, चिकित्सा र शिक्षा । वेदमा राजाको कर्तव्य उल्लेख गरिएको छ । यो आफ्नो प्रजालाई छ किसिमको आवश्यकता पूर्ति गर्नसक्ने नै शासक हुनसक्ने उल्लेख छ ।  

यसबाहेक अर्थव्यवस्थाका कुरा, कृषि पशुपालन जस्ता विषयमा पनि वैदिक सूक्तहरुले विभिन्न किसिमका निर्देशहरु गरिएको छ । भूमिसूक्तमा कृष्यिोग्य भूमिको वर्णन गरिएको छ । उद्योग र व्यापारका कुराहरु व्यापारलाई कृषिको पुरक मान्ने प्रचलन आदिले वैदिक कालमा पनि अर्थव्यवस्थालाई निकै ध्यान दिईने गरेको विश्लेषण गर्न सकिन्छ। 
 

नयाँ