arrow

नमस्कार गर्नेदेखि भुईंमा बसेर खानेसम्मका १० संस्कार, यसको वैज्ञानिक कारण के ?

logo
प्रकाशित २०७६ वैशाख १४ शनिबार
prayer-hands-2-780x405.jpeg

काठमाडौं । भारतीय समाजमा कैयौं प्रकारको परम्पराहरु र मान्यताहरु रहेका छन् । उसको पछि वैज्ञानिक कारण समेत रहेको छ । यस लेखमा हामी पूर्वीय समाजको परम्पराको पछि जोडिएको वैज्ञानिक कारणहरुको बारेमा उल्लेख गर्ने गरेका छौं । 

१.नमस्ते गर्नु 
भारतीय संस्कृतिमा कुनैपनि व्यक्तिसँग भेट्दा हात जोडेर नमस्ते गर्ने गरिन्छ । यस्तो शिष्टाचारको पछि एक वैज्ञानिक कारण समेत रहेको छ । दुबै हातलाई साथमा जोड्दा हातको औंलाहरुमाथि जोड पर्दछ । जसले एक प्रकारको एक्यूप्रेशरको दबाव हुन्छ । जसबाट हाम्रो दिमाग, कान र आँखा समेत सक्रिय हुन पुग्दछ । यसबाट हाम्रो सामु रहेको व्यक्तिलाई लामो समयसम्म याद गर्न सकिन्छ । 

२. पीपलको पूजा
हिन्दू धर्ममा पीपलको पूजालाई समेत शुभ मान्ने गरिएको छ । हरेक शनिबार पीपलको रुखको फेदमा सर्स्यूँको तेलको दियो जलाइन्छ । यस तथ्यको वैज्ञानिक महत्व यो हो कि पीपलको रुखले दिनका साथै रातमा समेत अक्सिजन दिने गर्दछ । यो रुख पर्यावरणका लागि एकदमै महत्वपूर्ण मानिन्छ । यस रुखको पूजा गर्दा मानिसहरुप्रति यसप्रति सम्मान उत्पन्न हुन्छ र पिपललाई काट्दैनन् । फलस्वरुप हामीलाई शुद्ध अक्सिजन मिलिरहन्छ । 

३. निधारमा तिलक लगाउनु 
हर हिन्दू विहान नुहाएर पूजा गरिसकेपछि आफ्नो निधारमा तिलक लगाउँछन् । यो देख्दा पनि एकदमै सुन्दर देखिन्छ भने यसको पछि वैज्ञानिक महत्व समेत रहेको छ । निधारमा शिरको बीचमा पर्नेगरी तिलक लगाइन्छ । जसले त्यहाँको नशा दबिन्छ जसका कारण शरीरमा नयाँ किसिमको उर्जा उत्पन्न हुन्छ । यसका साथ चेहराको मांसपेशीहरुमा रगतको सञ्चार समेत धेरै मात्रामा हुन्छ । यसले मानिसको चेहरा समेत नखार राख्न मद्दत गर्दछ । 

४.जमीनमा बसेर भोजन गर्नु 
हिन्दू समाजमा अधिकतरमानिस जमीनमा बसेर भोजन गर्दछन् ।  तर यसको समेत वैज्ञानिक महत्व रहेको छ । दुबै घुँडाको मोडेर पलेँटी मारेर बस्नु एक प्रकारको योगा हो । जसबाट मस्तिष्क शान्त हुन्छ । भोजन गर्ने समयमा मन शान्त रहन्छ । र पाचन शक्ति समेत बढी हुन्छ 

५.दक्षिण तर्फ शिर गरेर सुत्नु 
हिन्दू धर्ममा सबै मानिसहरु दक्षिण तर्फ शिर गरेर सुत्ने गर्दछन् । केही मानिसहरुका अनुसार यसरी सुत्नु राम्रो होइन यसले राम्रो सपना देखिँदैन। तर, यसको पछि पनि वैज्ञानिक तर्क रहेको छ । उत्तर दिशामा उत्तरी ध्रुवको चुम्बकीय प्रभाव हुन्छ । उत्तर तर्फ शिर गरेर सुत्दा हाम्रो शरीर पृथ्वीको चुम्बकीय तरङ्गहरुको साथमा आउँछ । जसले शरीरमा रहेको आइरन (फलाम) दिमाग तर्फ बढ्दछ । यसबाट दिमागसँग सम्बन्धित रोगहरु, अल्जाइमर, पार्किंसन जस्ता रोगहरु हुने सम्भावना समेत बढेर जान्छ । यसको साथै रक्तचाप समेत बढ्छ । 

६. सूर्य नमस्कार करना
पूर्वीय संस्कृतिमा योगाको अत्यधिक महत्व रहेको छ । योगामा सूर्य नमस्कार सबै मानिसहरु गर्दछन् । उसको पछि पनि बैज्ञानिक कारणहरु रहेका छन् । सूर्य नमस्कार गर्दा विहानको व्यायाम समेत हुन्छ भने यसका साथ व्यक्तिलाई भिटामिन डी समेत मिल्दछ । आजकल मानिसहरु ज्यादातर घर या अफिसमा रहन्छन् । सूर्यको किरणमा बाहिर निस्कन सक्दैनन् । यस कारण उनीहरुलाई भिटामिन डि मिल्दैन । 

७. व्रत बस्नु 
पूर्वीय संस्कृतिमा व्रत राख्ने परम्परा रहेको छ । हिन्दू धर्ममा धेरै मानिसहरु सोमवारको व्रत बस्ने गरेका छन् । वर्षमा दुई पटक नवरात्र आउँछ । जसमा ९ दिनका लागि व्रत बस्ने गरिन्छ । धेरैले सोच्ने गर्दछन् कि यो केवल एक परम्परा हो । तर यो केवल एक परम्परा होइन । यसको पछि पनि एक ठोस वैज्ञानिक कारण समेत रहेको छ । व्रतको समय मानिसहरुले फल खान्छन् । जसद्वारा पोषक पदार्थ मिल्नेछ । व्रतमा व्यक्ति कुनै प्रकारले हानिकारक फास्ट फूड, तेल मसाला वाला भोजनको सेवन गर्दैनन् । यही कारणले उसको स्वास्थ्यमा समेत सुधार आउने गर्दछ । व्रत बस्दा केही समयको लागि शरीरको पाचन तन्त्रलाई आराम मिल्नेछ। हाम्रो शरीर डिटक्सिफाई हुन्छ। व्रत राख्ने वालाहरुको क्यान्सर हुने खतरा समेत हुन्छ । 

८.तुलसीको रुखमा पूजा गर्नु
हिन्दू संस्कृतिमा तुलसीको विरुवालाई शुभ मानिन्छ । हर घरको आँगनमा तुलसीको विरुवा लगाइएको हुन्छ । यसको पूजा पनि गर्ने गरिन्छ । खानामा यसको पत्तिहरुको प्रयोग गरिन्छ । तर यसको पछि पनि बैज्ञानिक कारणहरु रहेका छन् । तुलसीको पत्तिहरुमा हामी कैयौं प्रकारको फाइदाहरु देख्ने गर्दछौं । यो एक प्रकारको आयुर्वेदिक विरुवा हो । जसले धेरै रोगहरुलाई दूर भगाउँछ । सर्दी या ज्वरो हुँदा पनि तुलसीको पत्तोलाई पानीमा उमालेर पिउँदा फायदा हुन्छ । यसले सासको दुर्गन्धलाई दूर गर्दछ । 

९.हवन गर्नु
भारतीय संस्कृतिमा हर घरमा मानिसहरु हवन गर्दछन् । यसको पछि वैज्ञानिक कारणहरु समेत रहेका छन् । हवन गर्ने समय समय कपूर, चन्दनको काठहरु प्रयोग गरिन्छ । साथैं तिल, चिनी आदिको मिश्रण वाला धुवा पनि उडाउने गरिन्छ । जसले हावामा रहेको ब्याक्टेरिया समेत दूर भाग्ने गर्दछ । यसबाट हावा शुद्ध हुन्छ । घरमा सकारात्मक आउँछ । घरको किराहरु समेत बाहिर भाग्दछन् । 

१०. मन्दिरमा घण्टी बजाउनु
हामी मन्दिरमा जाँदा घण्ट बजाउने गर्दछौं । यसको पनि बैज्ञानिक कारणहरु रहेको छ । मन्दिरको घण्टीहरु जोर जोरले बजाउँदा वातावरणमा कम्पन पैदा हुन्छ । जसबाट हावामा मौजूद सबै प्रकारका विषाणु, ब्याक्टेरिया र सूक्ष्म जीव नष्ट हुन्छ । आसपासको वातावरण साफ हुन्छ भने मन्दिरको घण्टीहरुको ध्वनी व्यक्चिको मस्तिस्कको बायाँ र दायाँ हिस्सालाई समेत सन्तुलित गर्ने काम गर्दछ । यो ध्वनि १० सेकेण्ड बजिरह्यो भने यसले मस्तिस्कमा एउटा नयाँ उर्जा मिल्ने बताइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ