- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पोर्चुगिच फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डो जता जान्छन् त्यो क्लब यसै पनि चर्चित हुन्छ । किनकि उनले गर्ने गोल नै कीर्तिमान भइसकेको हुन्छ । रोनाल्डोले क्लब फुटबलमा गोल संख्या ६०१ पुर्याएका छन् ।
यो गोल अर्जेन्टाइन खेलाडी स्पेनिश क्लब बार्सिलोनाका लियोनल मेस्सीको भन्दा एक बढी हो । रोनाल्डोले इटालियन सिरि ए को खेलमा युभेन्ट्सलाई हारबाट जोगाउने क्रममा शुक्रबार राति गोल गरे ।
डर्बी खेलमा युभेन्ट्सले टोरिनोसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । त्यसमा रोनाल्डोले उत्कृष्ठ गोल गर्दै टिमको उद्दार गरे ।
खेलमा सासा लुकिचले १८ औं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।
तर ८४ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई बराबरीमा ल्याए ।
यो गोल रोनाल्डोको एक सयौं हेड गोल हो ।
शीर्ष स्थानको युभेन्ट्सले ३५ खेलबाट ८९ अंक जोडेको छ । युभेन्ट्सले उपाधि जितिसकेको छ ।