- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । यं सोम॑मिन्द्र पृथि॒वीद्यावा॒ गर्भं॒ न मा॒ता बि॑भृ॒तस्त्वा॒या । तं ते॑ हिन्वन्ति॒ तमु॑ ते मृजन्त्यध्व॒र्यवो॑ वृषभ॒ पात॒वा उ॑ ॥ (ऋग्वेद ३.०४६.०५)
ऋषि: गोपवन आत्रेयः सप्तवध्रिर्वा
देवता : इन्द्र:
छन्द : निचृत्त्रिष्टुप्
स्वर : धैवतः
यो मन्त्रमा उपमा अलंकारको प्रयोग गरिएको छ । जो विद्वान् मानिसहरुको पृथिवी र सूर्य जस्तो देखिने सबैको विद्या र बलभन्दा माथि र उत्तम शिक्षाभन्दा पनि पवित्र गराउने यी माताको जस्तै पालन गर्नेवाली हुन् । यस्तो जानेर यो सबैको सत्कार गर्न योग्य हो । यस सूक्तमा राजा बिजुली र पृथिवी आदिको गुण वर्णन गरिएको छ । यस सूक्तको अर्थको पछिल्लो सुक्तको अर्थको साथ संगति समेत जान्नु पर्दछ ।
माथिको सुक्तमा आमालाई पृथ्वीसँग तुलना गरिएको छ । परब्रह्म परमेश्वरलाई समेत आमासँग तुलना गरेर आमाको सर्वाेच्चता झल्काएको छ । यो ऋग्वेदको एउटा उदाहरण मात्रै हो । वेद र अन्य वैदिक ग्रन्थहरुले समेत आमालाई संसारको सर्वोच्च पदको रुपमा विश्लेषण गर्ने गरेको छ । सामान्य वैदिक ग्रन्थहरु र वैदिक परम्परामा पनि आमालाई पृथ्वीको स्वरुप मान्ने गरिँछ । त्यसैले त पृथ्वीलाई पनि माताको रुपमा पुज्ने गरिन्छ ।
आमाको सर्वोच्चतालाई मनुस्मृतिले पनि विशिष्ठ स्थान दिएको छ । मनुस्मृति वेदमूलक अति प्राचीन ग्रन्थ हो । यसको २/१४५ सूत्रमा माता र पिताको गौरवको वर्णन गरिएको छ । श्लोक छ-
‘उपाध्यायान्दशाचार्य आचार्याणां शतं पिता। सहस्त्रं तु पितृन् माता गौरवेणातिरिच्यते।।’
यसको अर्थ हुन्छ -:
दश उपाध्यायहरुबाट माथि हुन्छन् एक आचार्य, सय आचार्यबाट बढेर पिता र एक हजार पिताहरुबाट बढेर माता गौरवमा अधिक हुन्छिन् । अर्थात् आमा हजार पिताहरु बराबर हुन् । मनुस्मृतिकारले जहाँ आचार्य र पिताको भन्दा माताको कैयौं गुणा बढी हुन्छ ।
महाभारतको वनपर्वमा यक्ष-युधिष्ठिर संवादमा समेत माता र पिताको विषयमा प्रश्नोत्तर पाइन्छ। जसमा यी दुबै मूर्तिमान चेतन देव समान गौरवको वर्णन गरिएको छ । यक्षले युधिष्ठिरसँग प्रश्न गर्दछन् :
‘का स्विद् गुरुतरा भूमेः स्विदुच्चतरं च खात्।
किं स्विच्छीघ्रतरं वायोः किं स्विद् बहुतरं तृणात्।।’
अर्थात् पृथिवी भन्दा पनि भारी के कुरा छ ? आकाश भन्दा पनि ऊचाइ के को हुन्छ ? वायु भन्दा पनि तीव्र चलनेवाला बस्तु के हो ? र तृणा भन्दा पनि असंख्य (असीम-विस्तृत) एवं अनन्त के छ ? यसको उत्तरमा युधिष्ठिरले यक्षलाई भन्छन् :
‘माता गुरुतरा भूमेः पिता चोच्चतरं च खात्।
मनः शीघ्रतरं वाताच्चिन्ता बहुतरी तृणात्।।’
अर्थात् माता पृथिवीभन्दा भारी छिन् । पिता आकाशभन्दा पनि उच्च छन् । मन वायुभन्दा पनि अधिक अधिक तीव्रगामी छ र चिन्ता उनीहरु भन्दा पनि अधिक विस्तृत एवं अनन्त छ। महाभारतमा मातालाई पृथ्वी भन्दा उच्च मानिएको छ ।
पिता धर्मः पिता स्वर्गः पिता हि परमं तपः। पितरि प्रीतिमापन्ने स र्वाः प्रीयन्ति देवता।।’
माता-पिताको आफ्नो पुत्रप्रति कति प्रेम, स्नेह, मोह वा त्याग भाव हुन्छ यो भारतीय इतिहासमा माता-पिताका आज्ञाकारी पुत्र श्रवण कुमार वा अयोध्या नरेश राजा दशरथका पुत्र रामको उदाहरणहरुबाट समेत ज्ञात हुन्छ ।
त्यस्तै, पद्म पुराणको ४७/१२-१४ श्लोकमा पनि आमाको बारेमा उल्लेख गरिएको छ ।
‘सर्वतीर्थमयी माता सर्वदेवमयः पिता। मातरं पितरं तस्मात् सर्वयत्नेन पूजयेत्।।१२।।
मातरं पितरं चैव यस्तु कुर्यात् प्रदक्षिणम्। प्रदक्षिणीकृता तेन सप्त द्वीपा वसुन्धरा।।१३।।
जानुनी च करौ यस्य पित्रोः प्रणमतः शिरः। निपतन्ति पृथिव्यां च सोऽक्षयं लभते दिवम्।।१४।।’
अर्थात्ऽ माता सर्वतीर्थमयी (दुःखबाट छुटकारा दिनसक्ने तीर्थ हो) पिता सम्पूर्ण देवताहरुको स्वरूप हो, अतएव प्रयत्नपूर्वक सबै प्रकारले माता–पिताको आदर–सत्कार गर्नु पर्दछ । जो माता–पिताको प्रदक्षिणा गर्दछ, उसले सात द्वीपले युक्त युक्त सम्पूर्ण पृथिवीको परिक्रमा गरे बराबर हुन्छ । माता–पितालाई प्रणाम गर्ने समय समय जसको हात टेक्ने र टाउको पृथिवीमा पर्दछ । त्यो अक्षय स्वर्गको प्राप्त गरे बराबर हुन्छ।