गर्भमा जानेको वेदको क्रिया मानवले बाहिर आएर कसरी बिर्सन्छ ?

मन्दिरमा गरिने चार क्रियाका अर्थ

गुरुज्ञान, प्रकाशित मिति : २०७६ बैशाख ३० सोमबार

काठमाडौं । मन्दिरमा हामी चार काम विशेष रुपले गर्छौ । एक आरती गाइन्छ, आरतीको मतलब 'शब्द' हरुको उच्चारण गरिन्छ । दोस्रो आरतीको थालिमा दियो आदि जलाइन्छ अर्थात 'शब्द' पछि हामी 'प्रकाश' उत्पन्न गर्छौ । फेरी मन्दिर भित्र घण्टी बजाउछौ । मतलब 'नाद' लाई हामी स्थापित गर्छौं । सबै गरेपछि हामी भगवानको 'चरणामृत' लिन्छौ । भगवानको चरणमा अमृतको पान गर्छौ । यी चार क्रिया जुन हामी गर्छौ यसको अर्थ विस्तारमा चार वेदमा गरिएको छ ।

भगवानले पनि नारद मुनीलाई जुन चार श्लोक मानवको कल्याणको लागि भागवतमा बताएका छन् त्यसको पछि यीनै चार क्रियाहरु छन् जसको प्रतिक रुपमा हामी मन्दिरमा गर्छौ । मन्दिरमा पनि केवल हामी त्यहीसम्म सीमित रहन्छौं तर ती चार चिजहरु चार अनुभुतीहरु आफ्नो हृदय स्थीत मन मन्दिर भित्र खोज्ने प्रयास गर्दैनौ । परिणामस्वरुप हामी अघि बढ्न सक्दैनौ ।

चार वेद मध्ये ऋग्वेद प्रधान हो । जसमा हाम्रो सन्तहरुले 'शब्द ब्रह्मा' अर्थात प्रभुको त्यो सत्य अविनाशी नामको चर्चा गरेका छन् । त्यसको स्तुति गाएका छन् जो सबैको घटमा विद्यमान छ ।

'शब्द ब्रह्म' पछि 'ज्योति' को भगवानको प्रकाश स्वरुपको वर्णन आउछ । यजुर्वेद भित्र जुन गायत्री मन्त्रको हामी उच्चारण गर्छौ त्यसमा पनि हामी भगवानलाई 'ज्योति' स्वरुप नै बताउछौ । सूर्यको ज्योति जब प्रकट हुन्छ तब सबै प्राणी जाग्छन् । यसै प्रकार अध्यात्मिक जागृतिको अर्थ आफु भित्र, त्रिकुटी महलमा इश्वरको ज्योतिको दर्शन गर्नु हो । जसको प्रतिकमा हामी दियो जलाउछौ ।

यसका साथै हामी घण्टी पनि बजाउछौ , किर्तन गर्छौ  अर्थात नादलाई प्रकट गर्छौ । जसको वर्णन विस्तृत रुपमा साम वेदमा पाइन्छ । ईश्वरमा तद्रुप भएपछि एक साधक आफु भित्र नादलाई सुन्छ । त्यसको श्रवण गर्छ । हाम्रो आन्तरिक मन मन्दिरमा ईश्वरको यस्तो दरबार रहेको छ जहाँ बाजा-मृदंग-ढोल, झांझ आदि निरन्तर बजिरहेको छ । जसलाई सुनेर मन यती मस्त हुन्छ कि मनले आफ्नो विषयरुपी विषलाई छोडदछ ।

त्यसपछि 'अमृत' को 'दिव्य रस' को पान गर्छ जसको महिमा अथर्व वेदमा गरिएको छ । जो साधक ईश्वरमा तद्रुप हुन्छ । उ आफ्नो हृदयरुपी मन्दिर भित्र त्यो अमृतको पान गर्छ ।

यी चार चीजहरु गरेपछि व्यक्ति जन्म मरणको चक्रबाट मुक्त भएर ईश्वरको परमपद प्राप्त गर्छ । बाहिरको मन्दिरमा यी चार चीज संकेत रुप हुन् ।  जसले हामीलाई प्रेरणा दिन्छन्  कि हामी अघि बढेर आफ्नो आन्तरिक मन्दिरमा प्रवेश गरेर यी क्रियात्मक अनुभव गरौ । भगवान विष्णुको हातमा जुन चार चीज छन् ती पनि यीनैको प्रतिक हुन् । 'गदा' अर्थात 'नाम', 'चक्र' अर्थात ' प्रकाश', 'शंख' अर्थात 'नाद' र 'कमल' जुन छ त्यो अमृतको संकेत हो ।

महान संतहरुले यहाँसम्म भनेका छन् कि एक जीव आमाको गर्भमा पनि यी चार क्रियाहरुलाई जान्दछ । तर आमाको गर्भबाट बाहिर निस्किएपछि बिर्सन्छ । शिवाजी मराठाका गुरु समर्थ रामदास जी 'दास -बोध' मा लेख्छन्, 'आमाको गर्भमा जब बच्चा हुन्छ उसलाई हजार बिच्छिहरुले टोके समान दु:ख प्राप्त हुन्छ । उ त्राहि त्राहि गर्छ र भगवानको प्रार्थना गर्छ हे ! भगवान मलाई यस काल कोठरीबाट निकाल्नुहोस ।'

अब त्यो शिशुको भित्र केहि यस्ता बिशेषता हुन्छन् जुन विशेषताहरुबाट तपाई र हामी सबै गुज्रिएका छौं । बच्चालाई यदि अध्यारो कोठामा राखिदियौ भने चिच्याएर रुन थाल्छ । तब आमा बत्ति जलाउछिन् । प्रकाश भएपछि बच्चा आफुलाई सुरक्षित महसुस गर्छ । र त्यो प्रकाशलाई एक टक हेरिरहन्छ । यदि आमाको गर्भमा कुनै प्रकाश नदेखेको भए त्यो बच्चा प्रकाशसँग कसरी परिचित भयो ? तब तपाईले मान्नु पर्नेछ कि आमाको गर्भ भित्र पनि  प्रकाशसँग उसको सम्पर्क भएको थियो ।

दोस्रो कुरा बच्चा यदि एकान्तमा रहे पनि रुन थाल्छ । तब आमा लोरी गएर सुनाउन थाल्छिन् । आजकल त गीत बजाएर पनि बच्चालाई चुप लगाउन सकिन्छ । बच्चा संगितसँग कसरी परिचित भयो यसको मतलब आमाको गर्भ भित्र उ संगीत सुन्छ । यस्तो 'नाद' सुन्छ जुन नबजाइकन  बजि रहेको छ । उसले अनहद नादलाई आमाको गर्भमा सुनेको हुन्छ ।     

यसै प्रकार सन्तहरु एकमत छन् कि बच्चा आमाको गर्भमा अमृतपान पनि गर्छ । जसको साहारामा उ नौ महिनासम्म रहन्छ । साथै भगवानको त्यो पवन 'नाम' को सुमिरण पनि आमाको गर्भमा गर्छ ।

भागवतको चार श्लोकलाई वा मन्दिरमा हुने चार क्रियालाई बच्चा आमाको गर्भमा गर्थ्यो । उसलाई यसको अनुभव प्राप्त हुन्छ । गर्भ बाहिर आएसँगै उसले बिस्तारै बिस्मृति भएर बिर्सन्छ । त्यो अमृतलाई, प्रभुको त्यो आदि नाम, अद्भुत प्रकाश, त्यो दिव्य संगित जसको अनुभव उसले गर्भमा प्राप्त थियो । जुन नामको सुमिरणको कारण गर्भको पिडादायक अवस्थामा पनि उसले शान्तिलाई पाप्त गर्‍यो, आनन्दको अनुभुति गर्‍यो।

नयाँ