arrow

जब सती अनुसूयाले भगवान शिव, ब्रह्मा र विष्णुलाई बनाइन् बालक

सतीको वास्तविक अर्थ के हो ?

logo
प्रकाशित २०७६ जेठ ३ शुक्रबार
sati-ansuya-ki-kahani.jpg

काठमाडौं । आजकाल हामी सतीको नाममा नारीलाई जिउँदै जलाइन्थ्यो भन्ने कथा सुन्छौं । वेदको उपमा दिएर वेदद्वारा सती प्रथाको प्रमाणित गर्ने प्रयास गरिँदैछ । तर, वास्तवमा सतीको तात्पर्य के हो त ?

एकपटक नारद देवीहरु लक्ष्मी, पार्वती र सरस्वतीकोमा पुगेर सती अनुसूयाको महिमाको बयान गर्न थाले । नारदले भने, 'आज धर्तीमा सती अनुसूयाको जति प्रचार छ, जति प्रभाव छ, त्यति अन्य कुनै नारीको छैन । पतिकोप्रति उनको जो निष्ठा छ, पतिप्रति उनको जो एकाग्र भाव छ, जो उनको श्रद्धा र विश्वास छ त्यो अतुलनीय छ ।'

यो सुनेर पार्वती, लक्ष्मी र सरस्वतीलाई ईर्ष्या हुन थाल्यो । उनीहरुले आफ्नो स्वामीलाई सती अनूसूयाको परिक्षा लिन आग्रह गरे । शिव, ब्रह्मा र विष्णु ब्राह्मणको भेषमा सती अनुसूया भएको ठाँउमा पुगे । अनूसूयालाई सतीत्वको परिक्षा लिन उनीहरुले भने, 'हामीलाई निर्वस्त्र भएर भोजन गराउ ।'

सती अनुसूयाले आफ्नो सतीत्वको प्रभावबाट तीनै देवलाई शिशु बनाइन् । उनीहरुलाई बालक बनाएर स्तनपान गराइन र उनीहरुलाई कोक्रोमा झुलाउन थालिन् । तब नारदले तीन देवीलाई भगवान शिव, ब्रह्मा र विष्णु बालक बनेर अनुसूयाको कोक्रोमा झुली रहेको सुनाइदिए ।

जब देवीहरु लक्ष्मी, पार्वती र सरस्वती  त्यहाँ पुगे । तब आफ्ना पतिहरुलाई साना बालक बनाइएको देखे। अब बालकहरुलाई आफ्नो पति कसरी भन्नु उनीहरुलाई अफ्ठ्यारो लाग्यो । जो पुत्रवत् बने उनिहरुलाई पति कसरी भन्नु । ठूलो दुविधामा तीन देवी परे ।

अन्तमा तीनै देवीहरुले नतमस्तक भएर समर्पित भावले अनुसूयासँग प्रार्थना गरे। प्रार्थनासँगै अनुसूयाले आफ्नो सतीत्वको प्रभावले तीन बालकलाई पुन : यथावत स्वरुपमा बनाइन् । तब तीन देवीहरुले आफ्नो पति प्राप्त गरे ।

भन्नुको अर्थ कुनै महिलालाई जिउँदै जलाउ भन्ने हैन । श्रीरामका पिता महाराज दशरथको जब देहान्त भयो र उनको जब अन्तिम संस्कार भइरहेको थियो तब कैकेयी, सुमित्रा र कौशल्या अग्नीमा जल्न गएनन् । सतीको अर्थ पतिको चितासँगै जल्नु हैन । सतीको मतलब नारी आफ्नो पतिप्रति समर्पित हुनु हो । पतिप्रति पूर्णरुपमा समर्पित र निष्ठावान नारीलाई नै सती भनिन्छ ।

मुगलकालमा यो शब्द यसरी बदलियो। जो नारी आफ्नो पतिप्रति समर्पित छ, उ दुश्मनबाट, दुष्टबाट आफ्नो सतीत्व रक्षा गर्नको लागि पतिको चितामा आफ्नो प्राणको बलि दिने अवस्था बन्यो। तर यसको मतलब जबर्जस्ती कुनै नारीलाई समातेर जिउदै जलाउनुस् र सती भइन् भन्नु भने पक्कै पनि हाेइन। सतीको वास्तविक तात्पर्य समर्पणसँग छ । सती शब्दबाट यो थाहा हुन्छ कि पत्नी आफ्नो पतिप्रति पूर्णरुपमा निष्ठावान् छिन् ।

विस्तारै विस्तारै समय र परिस्थितिहरु बदलिएसँगै सतीको अर्थ पनि परिवर्तित भयो ।  

केही कालखण्डमा जो मानिस स्त्रीलाई जबर्जस्ती जलाउँथे त्यो यसकारण गरिन्थ्यो कि स्त्रीको सम्पूर्ण सम्पति उनीहरुले प्राप्त गर्न सकुन् । स्वार्थमा वशीभूत भएर कुटुम्बले यस्तो गर्थे । आजकाल त सती शब्दको यति अनर्थ भएको छ कि जसको परिणाम चारैतर्फ द्वन्द मचिएको छ । यसै प्रकारका अनेकौ समाचार पत्र पत्रिकामा छापिने गरेका छन । साथै प्रमाणिकताको लागि वेदको दुहाई दिइरहेको छ । तर हामी विर्सिरहेका छौ की वास्तवमा सतीको मतलब आफ्नो पतिप्रति समर्पित भाव राख्नु हो ।     

यसै प्रकार भक्तिमा पनि भगवानप्रति आफ्नो इष्टदेवकोप्रति समर्पण भाव राख्नु अत्यन्त आवश्यक छ । जबसम्म हामी भित्र समर्पण भाव हुनेछैन तबसम्म हामी आफ्नो लक्ष्य प्राप्तिको लागि असफल हुनेछौ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ