arrow

भगवान गौतमबुद्धसँग जोडिएको १७ पवित्र स्थानहरु, जहाँ सिद्धार्थ बुद्ध बने

logo
प्रकाशित २०७६ जेठ ४ शनिबार
buddha-news.jpg

काठमाडौं । गौतम बुद्धको जन्म ईसादेखि ५६३ वर्ष पहिले नेपालको हालको कपिलबस्तु जिल्लामा भएको हो । २९ वर्षको उमेरमा घर छाडेका बुद्धले भारतका विभिन्न स्थान हुँदै अहिलेको अफगानिस्तानसम्मको यात्रा गरेका थिए । बौद्धकालमा अफगानिस्तानको बामियान क्षे‍त्र बौद्ध धर्मको राजधानी थियो। अहिलेको भारतको मध्यप्रदेश, बिहार, उत्तरप्रदेश र पश्‍चिम बंगाल प्रारम्भिक कालमा बौद्ध धर्मको गढ थियो। यहाँ हजारौं स्तूप र विहार समेत बनाइएका थिए । तर, मध्यकालमा लगभग सबै स्तुप र विहारहरुमाथि मुसलमानले आक्रमण गरेका थिए । 

बुद्ध दर्शनका मुख्‍य तत्व : चार आर्य सत्य, आष्टांगिक मार्ग, प्रतीत्यसमुत्पाद, अव्याकृत प्रश्नहरुमाथि बुद्धको मौनता, बुद्ध कथाहरु, अनात्मवाद र निर्वाण।

सम्प्रदाय : भगवान बुद्धको समय कुनैपनि प्रकारको कुनै पन्थ या सम्प्रदाय थिएन तर, बुद्धको निर्वाणपछि द्वितीय बौद्ध संगतिमा भिक्षुहरुमा मतभेद चल्दै जाँदा दुई भाग हुन्छ । पहिलेको हिनयान र दोस्रोलाई महायान भनिन्छ। महायान अर्थात् ठूलो गाडी या नौका वा हिनयान अर्थात् साना गाडीहरु या नौका। हिनयानलाई थेरवाद समेत भनिन्छ । महायानको अन्तर्गत बौद्ध धर्मको एक तेस्रो शाखा थियो। झेन, ताओ, शिन्तो आदि अनेक बौद्ध सम्प्रदाय समेत उक्त सम्प्रदाय अन्तर्गत मानिन्छ । 

यसको अलावा बौद्ध धर्मको एक संप्रदाय छ, जो भारतमा पाइन्छ । जसको अम्बेडकरवादी नव बौद्ध पनि भन्दछन् । यस सम्प्रदायलाई हिन्दू धर्मप्रति नराम्रो सन्देश फैलाउनको लागि खडा गरिएको सम्प्रदाय मानिन्छ। जबकि बुद्धले कहिलै पनि कुनैपनि धर्म र सम्प्रदायको नराम्रोको लागि आफ्नो धर्म खडा गरेनन् ।

बौद्ध धर्मग्रन्थ : बुद्धले आफ्नो उपदेश पालि भाषामा दिएका छन् । जो त्रिपिटकहरुमा संकलित छन् । त्रिपिटकको तीन भाग छ- विनयपिटक, सुत्तपिटक र अभिधम्मपिटक। उक्त पिटक अन्तर्गतका उपग्रन्थको विशाल श्रृंखलाहरु छ। सुत्तपिटकको पाँच भागहरुमध्ये एक खुद्दक निकायको पन्ध्रौं रचनाहरुमध्येको एक हो धम्मपद। धम्मपद ज्यादा प्रचलित छ।

बुद्धका गुरु र शिष्य : बुद्धका प्रमुख गुरु थिए- गुरु विश्वामित्र, अलारा, कलम, उद्दाका रामापुत्त आदि र प्रमुख शिष्य थिए- आनन्द, अनिरुद्ध, महाकश्यप, रानी खेमा (महिला), महाप्रजापति (महिला), भद्रिका, भृगु, किम्बाल, देवदत्त, उपाली आदि।

प्रमुख प्रचारक : अंगुलिमाल, मिलिन्द (यूनानी सम्राट), सम्राट अशोक, ह्वेन त्सांग, फा श्येन, ई जिंग, हे चो आदि।

आठ स्तूप : तथागतको निर्वाणका पश्चात् उनको शरीरको अवशेष (अस्थिहरु) आठ भागमा विभाजित भएको र त्यसलाई आठ स्थानहरुमा आठ स्तूपहरु बनाएर राखिएको छ । जुन घडामा उनको अस्थिहरु राखिएको थियो । त्यस घडामा एक स्तूप बनाइएको थियो र एक स्तूपमा तथागतको चिताको अंगार (भस्म) का लागि त्यसको माथि बनाइएको छ । यसरी कूल १० प्रकारका स्तूपहरु महत्वपूर्ण छन्।

आठ मुख्य स्तूप : कुशीनगर, पावागढ, वैशाली, कपिलवस्तु, रामग्राम, अल्लकल्प, राजगृह तथा बेटद्वीपमा बनेको छ । पिप्पलीय वनमा अंगार स्तूप बनाइएको छ। कुम्भ स्तूप समेत कुशीनगरको आसपासमा नै बनाइएको छ। यी स्थानहरुमा कपिलबस्तु, कुशीनगर, पावागढ, राजगृह, बेटद्वीप (बेट-द्वारका) प्रसिद्ध छन् । पिप्पलीय वन, अल्लकल्प, रामग्राम लगायत ९ पवित्र स्थलहरुको खोजी भइरहेको छ तर अहिलेसम्म पत्ता लागेको छैन । कतिपय क्षेत्रहरु एकै स्थानहरु दुई वा दुईभन्दा बढी पवित्र स्थानहरु समेटिएको छ। कपिलवस्तु तथा वैशाली यसमध्ये अति प्रसिद्ध स्थान हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ