arrow

दानवीर कर्ण, जसले मृत्युको शैय्यामा दाँत भाचेर श्रीकृष्णलाई दिए सुन

कर्णले यसकारण चाहेनन् दुर्योधनको विजय

logo
गुरुज्ञान ८,
प्रकाशित २०७६ जेठ ६ सोमबार
karna-and-shreekrishna.jpg

काठमाडौं । महाभारत युद्धको अन्त्यमा कर्ण मृत्युको शैय्यामा थिए । सो समय अर्जुनलाई भगवान श्रीकृष्णले भन्नुभयो, 'आज धरतीबाट सबैभन्दा दानवीर कर्ण प्रस्थान गर्दैछ ।'

तब अर्जुनले भने, 'प्रभु ! तपाईले कर्णलाई सबैभन्दा ठुलो दानवीर कसरी भन्नुभयो ?'

भगवानले भन्नुभयो, 'हे पार्थ तिमी हेर्न चाहान्छौ कि कर्ण कसरी दानवीर हो, त्यसो भए मसँग हिड ।'

भगवान ब्राह्मणको भेषमा युद्धको मैदानमा पुग्नुभयो । कर्णलाई बोलाउनुभयो तब एक कुनाबाट कर्णले भने, 'मलाई कसले बोलाउदै छ, म यहाँ छु ।'

भगवान कर्ण भएको ठाँउमा पुगेर भन्नुभयो, 'भाइ दानवीर कर्ण म तपाईसँग केहि माग्न आएको हु ।'

कर्णले भने, 'यहाँ मसँग केहि पनि छैन, कागज दिनुहोस म लेखेर दिन्छु, मेरी श्रीमतीसँग गएर तपाई जे चाहनुहुन्छ लिनुहोला ।' भगवान भन्न थाल्नुभयो, 'मलाई यज्ञ गर्नुछ । यज्ञको लागि थोरै सुन चाहिएको हो ।'

त्यस समय अचानक कर्णले दाँतमा सुन लगाएको सम्झिए । उनको अघि एउटा ढुङ्गा थियो ।  त्यो ढुङ्गा उठाएर आफ्नो दाँतमा हानेर दाँतलाई भाचे । ब्राह्मण रुपी श्रीकृष्णलाई भने, 'यो लिनुहोस सुन ।'

भगवान भन्नुहुन्छ, 'यसमा त रगत लागेको छ ।  म रगत लागेको दाँत सहितको सुन लिन्न । सुनलाई दाँतबाट अलग गरि सफा गरेर देउ ।'

कर्णले भने, 'मेरो धनुष बाण त्यहाँ अगाडि छ त्यो ल्याएर मलाई दिनुहोस।'

भगवान भन्नुहुन्छ, 'म त ब्राह्मण हुँ, अस्त्र शस्त्रहरुलाई हात लगाउदिन ।'

तब कर्ण घिस्रदै घिस्रदै आफ्नो अस्त्र शस्त्रसम्म पुग्छन् । कर्णले बाणलाई धर्ती हानेर धर्तीबाट पानी निकाल्छन् । सुन तथा दाँतलाई अलग गर्छन् तब भगवान कृष्णलाई अर्पण गर्छन् ।

भगवानले भन्नुहुन्छ, 'हेर अर्जुन मैले भनेको थिए नि आज सबैभन्दा दानवीर धर्तीबाट जादैछन् भनेर ।'

सोहि समय भगवान आफ्नो चतुर्भुज रुपमा प्रकट हुनुहुन्छ । कर्णसँग भन्नुहुन्छ, 'माग तिमीलाई के चाहिन्छ ?'

कर्ण भन्छन्, 'हे प्रभु ! तपाई दर्शन दिइरहनुभएको छ यो भन्दा माथि म के माग्न सक्छु ।' जो साचो भक्त हुन्छन् उनिहरु यहि भन्छन् ।

भक्ति दान मोहि दीजिए, गूरु देवन के देव ।
और नही कुछ चाअिए, निशिदिन तुम्हारी सेव ।।

भक्त भक्ति बाहेक, सेवा सिवाय अरु केहि माग्दैन्न ।

त्यसो त भगवान श्रीकृष्ण पहिले पनि कर्णलाई सम्झाउन पुग्नुभएको थियो । श्रीकृष्ण भन्नुहुन्छ, 'तिमी कुन्ती पुत्र हौ सूत पुत्र हैन । तिमी दूर्यौधनको साथ छोडेर आफ्ना भाइहरुको साथ आउ । आफ्नो भाइहरुसँग रहे पाण्डवको विजय निश्चित छ । तब दुर्योधन युद्ध पनि गर्ने छैन दुर्योधनको बल तिमी नै हौं ।'

कर्ण भन्छन्, 'भगवान तपाई मलाई वचन दिनुहोस कि तपाई युधिष्ठिरलाई यो कुरा बताउनु हुने छैन ।'

कर्ण भन्छन्, 'यदि युधिष्ठिरलाई म उसको दाजु हु भन्ने थाहा भयो भने युधिष्ठिरले युद्ध छोडेर मलाई राज्य दिनेछ । यदि मलाई राज्य प्राप्त भयो भने त्यो राज्य दुर्योधनलाई सुम्पनु पर्नेछ । म चाहन्न कि सत्यको हार होस । दुर्योधनसँग म केवल यसकारण साथ दिइरहेको छु की उनले मेरो स्वभिमानलाई ठेस पुग्न दिएनन् । मलाई राज्याभिषेक गराए । मेरो सत्कार गरे ।'  

यसप्रकार कर्णले पनि यो चाहे कि 'सत्यमेव जयते' सत्यको जित होस् । यसैकारण हामीले पनि आफ्नो जीवनमा सत्यलाई अपनाउदै निष्काम भावबाट प्रभुको भक्ति गर्नुपर्छ । भक्ति गर्दाको समय कुनै प्रकारको कामना राख्नु हुदैन ।

यसै कुरालाई सम्झाउदै भगवान श्रीकृष्ण गीतामा अर्जनलाई भन्नुहुन्छ ।
तुर्विधा भजन्ते मां जनाः सुकृतिनोऽर्जुन।
आर्तो जिज्ञासुरर्थार्थी ज्ञानी च भरतर्षभ।।
तेषां ज्ञानी नित्ययुक्त एकभक्तिर्विशिष्यते ।
प्रियो हि ज्ञानीनोऽत्यर्थमहं स च मम प्रिय: ।।

भगवान यहाँ चार प्रकारका भक्तहरुको उल्लेख गर्नुहुन्छ । अर्ता, अर्थाथी, जिज्ञासु र ज्ञानी । भगवान भन्नुहुन्छ, 'यी सबैमा ज्ञानी श्रेष्ठ  हो र मलाई सबैभन्दा प्रिय छ ।'  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ