- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । हिन्दुहरुको चार धाम मध्येको एक बद्रीनाथ धाम भगवान विष्णुको निवासस्थल हो। यो भारतको उत्तराञ्चल राज्यमा अलकनन्दा नदीका बायाँ तटमा नर तथा नारायण नामक दुई पर्वत श्रेणीहरुको बीच स्थित छ। गंगा नदीको मुख्य धाराको किनारामा रहेको यो तीर्थस्थल हिमालयमा समुद्र तहबाट ३,०५० मीटरको ऊचाईमा स्थित छ। भविष्यमा लुप्त हुनसक्ने अनुमान गरिएको धामका रहस्यहरु ।
हिन्दुहरुको चार धाम तीर्थ स्थलको नाम हो- बद्रीनाथ, द्वारिका, जगन्नाथ र रामेश्वरम। यी चार धाम प्रमुख हो, तर जब व्यक्ति बद्रीनाथ दर्शन गर्नको लागि जान्छन् भने उनीहरुले गंगोत्री, यमुनोत्री र केदारनाथको दर्शन समेत गर्नु पर्ने भनिएको छ ।
केदारनाथलाई जहाँ भगवान शंकरको आराम गर्ने स्थान मानिएको छ । त्यहीँ बद्रीनाथलाई सृष्टिको आठौं वैकुण्ठ पनि भन्ने गरिन्छ । जहाँ भगवान विष्णु ६ महिना निद्रामा रहनेछन् र ६ महिना जाग्दछन्। यहाँ बदरीनाथको मूर्ति शालिग्रामशिलाबाट बनाइएको हो । चतुर्भुज ध्यानमुद्रामा रहेका छन् । यहाँ नर-नारायण विग्रहको पूजा हुने गर्दछ र अखण्ड दीपपनि जलाउने गरिन्छ । जो कि अचल ज्ञानज्योतिको प्रतीक हो।
बद्रीनाथको नाम यसकारण बद्रीनाथ राखिएको हो । किनकी यहाँ प्रचुरमात्रामा पाइनेवाला एक प्रकारको जंगली वेरीलाई बद्री भनिन्छ । यही कारण यस धामको नाम नै बद्री राखिएको हो । यहाँ भगवान विष्णुको विशाल मन्दिर रहेको छ । यो सम्पूर्ण क्षेत्र प्रकृतिको अनुपम छटाहरुसँगै रहेको छ।
केदार घाटीमा दुई पहाडहरु रहेका छन्- नर र नारायण पर्वत। विष्णुको २४ अवतारहरुमध्येका एक नर र नारायण ऋषिको यो तपोभूमि हो। उनको तपबाट प्रसन्न भएर केदारनाथमा शिव प्रकट भएका थिए । दोस्रो बद्रीनाथ धाम यस्तो ठाउँ हो जहाँ भगवान विष्णु विश्राम गर्दथे। भनिन्छ कि सत्ययुगमा बद्रीनाथ धामको स्थापना नारायणले गरेका थिए । भगवान केदारेश्वर ज्योतिर्लिङ्गको दर्शनपछि बद्री क्षेत्रमा भगवान नर-नारायणको दर्शन गर्नुले मनुष्यको सारा पाप नष्ट हुने बताइएको छ । त्यसलाई जीवन-मुक्तिको प्राप्ति समेत हुने बताइएको छ । यही आशयलाई शिवपुराणको कोटी रुद्र संहितामा समेत उल्लेख गरिएको छ ।
पुराणहरुका अनुसार भूकम्प, जलप्रलय र सुखपछि गंगा लुप्त हुनेछिन् र यसै गंगाको कथाका साथ जोडिएको कहानी पनि रहेको छ । बद्रीनाथ र केदारनाथ तीर्थस्थलको रोचक कहानी पाइन्छ। भविष्यमा बद्रीनाथको दर्शन नहुने भएको छ किनकी यस्तो मान्ने गरिएको छ जुन दिन नर र नारायण पर्वत आपसमा मिल्नेछ । सोही समयमा बद्रीनाथको मार्ग पूरै बन्द हुँदैछ । भक्तले बद्रीनाथको दर्शन गर्न पाउने छैनन् । पुराणहरुको अनुसार अबको केही वर्षमा वर्तमान बद्रीनाथ धाम र केदारेश्वर धाम लुप्त हुन लागेको हो । वर्षौं पछि भविष्यमा भविष्यबद्री नामक नयाँ तीर्थको उद्गम हुनेछ । यो पनि मानिन्छ कि जोशीमठमा स्थित नृसिंह भगवानको मूर्तिको एक हात वर्ष प्रति वर्ष पातालो हुँदैछ । जुन दिन यो हात लुप्त हुनेछ । सोही दिन ब्रद्री र केदारनाथ तीर्थ स्थल समेत लुप्त हुन प्रारम्भ हुन्छ भनिएको छ ।
मन्दिरमा बदरीनाथको दाहिनेतर्फ कुबेरको मूर्ति रहेको छ । उनको सामने उद्धवजीको तस्वीर रहेको छ। अर्कोतर्फ उत्सवमूर्ति पनि रहेको छ। उत्सवमूर्ति शीतकालमा बरफ जम्ने हुँदा जोशीमठमा ल्याउने गरिन्छ । उद्धवजीको साथमा चरणपादुका समेत रहेको छ । बायाँतर्फ नर-नारायणको मूर्ति रहेको छ । यसको समिपमा नै श्रीदेवी र भूदेवी समेत रहेका छन् ।
भगवान विष्णुको प्रतिमावाला वर्तमान मन्दिर ३१३३ मिटरको ऊचाईमा स्थित छ र अर्को पनि मान्ने गरिएको छ कि आदि शंकराचार्य, आठौं शताब्दीको दार्शनिक सन्तले यसको निर्माण गराएका थिए । यसको पश्चिममा २७ किमीको दूरीमा स्थित बद्रीनाथ शिखरको ऊचाई ७,१३८ मीटर छ। बद्रीनाथमा एक मन्दिर छ, जसमा बद्रीनाथ या विष्णुको वेदी छ। यो २००० वर्षभन्दा पनि धेरै समय अधिक समयदेखि एक प्रसिद्ध तीर्थ स्थानको रुपमा रहेको छ ।
बद्रीनाथमा अन्य कैयौं प्राचीन स्थल समेत रहेको छ । जस्तो कि अलकनन्दाको तटमा स्थित अद्भुत गर्मी झरना जसलाई 'तप्त कुण्ड' भन्ने गरिएको छ । एक समतल चबूतरा जसलाई 'ब्रह्म कपाल' भन्ने गरिएको छ। पौराणिक कथाहरुमा उल्लेखित एक'साम्प' शिल्ला रहेको छ। शेषनागको कथित रहेको एक शिलाखण्डमा 'शेषनेत्र' रहेको छ। भगवान विष्णुको खुट्टाको निशान समेत त्यहाँ देखिन्छ । जसलाई 'चरणपादुका' नामले चिनिन्छ। बद्रीनाथबाट नजर आउनेवाला बर्फबाट केही माथि पुग्दा उच्च शिखर नीलकण्ठ, जो 'गढवाल क्वीन' को नामबाट पनि चिन्ने गरिएको छ ।