- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । गणतन्त्रको अवधारणा वेदको देन हो । चार वेदहरुमा यस सम्बन्धमा कैयौं सूत्रहरु मिल्दछन् । वैदिक समाजको अध्ययन गरेपछि यसबारे अरु पनि तथ्यहरु भेट्न सकिन्छ । ऋग्वेदमा सभा र समितिको दाबी मिल्दछ । जसमा राजा, मन्त्री र विद्वानहरुसँग विचार-विमर्श गरेपछि मात्रै फैसला गर्ने गरिएको थियो ।
वैदिक कालमा इन्द्रको चयन पनि यसैको आधारमा हुने गर्दथ्यो । इन्द्र नामको एक पद हुन्थ्यो जसलाई राजाहरुको राजा मान्ने गरिएको थियो । यद्यपि भारतमा वैदिक कालको पतन पछि राजतन्त्रहरुको उदय भएको थियो । लामो समयसम्म त्यो नै शासन चल्यो । यो संभवत: दशराज्ञाको युद्ध पछि भएको थियो।
नेपालमा गणतन्त्रको विचार वैदिक कालदेखि नै चलेको पाइन्छ । गणतन्त्र शब्दको प्रयोग ऋग्वेदमा चालिस पटक प्रयोग गरिएको छ । अथर्व वेदमा ९ पटक र ब्राह्मण ग्रन्थहरुमा अनेक पटक गरिएको छ । वैदिक साहित्यमा विभिन्न स्थानमा गरिएको उल्लेखहरुबाट यो कुराको पनि जानकारी मिल्नेछ कि त्यस कालमा अधिकांश स्थानहरुमा अहिलेको जस्तै गणतन्त्रीय व्यवस्था नै थियो । महाभारतमा समेत लोकतन्त्रको सूत्र पाउन सकिन्छ ।
महाभारत पछि बौद्धकालमा (४५० ई.पू. देखि ३५०ई.)मा समेत चर्चित गणराज्य थियो। जसरी पिप्पली वनको मौर्य, कुशीनगर र काशीका मल्ल, कपिलवस्तुका शाक्य, मिथिलाका विदेह र वैशालीका लिच्छवीको नाम प्रमुख रूपले लिन सकिन्छ । यसको बाद अटल, अराट, मालव र मिसोई नामक गणराज्यहरुको पनि व्यवस्था गरिन्थ्यो । बौद्ध कालमा वज्जी, लिच्छवी, वैशाली, बृजक, मल्लक, मदक, सोमबस्ती र कम्बोज जस्ता गणतन्त्र संघ लोकतांत्रिक व्यवस्थाका उदाहरणहरु हुन्। वैशालीको पहिलो राजा विशाललाई चुनावद्वारा चुनिएको थियो ।
कौटिल्यले आफ्नो अर्थशास्त्रमा लेखेका छन् कि गणराज्य दुई तरिकाको हुन्छ । पहिलो अयुध्य गणराज्य अर्थात यस्तो गणराज्य जसमा केवल राजा नै सबै कुराको फैसला गर्दथे । दोस्रो श्रेणी गणराज्य जसमा हर कोही भाग लिन सक्दछ । कौटिल्यभन्दा पहिले पाणिनीले केही गणराज्यको वर्णन आफ्नो व्याकरणमा गरेका छन् । पाणिनीको अष्ठाध्यायीमा जनपद शब्दको उल्लेख अनेक स्थानहरुमा गरेका छन् । जसको शासनव्यवस्था जनताद्वारा चुनिएको प्रतिनिधिको हातमा रहन्थ्यो ।
त्यसैले पनि यो कुरा निश्चित हुन्छ कि यूनानको गणतन्त्रहरु भन्दा पहिले नै भारतमा गणराज्यको जाल बिच्छाइसकिएको थियो । यूनानीहरुद्वारा भारतलाई देखेर नै गणराज्यहरुको स्थापना गरिएको थियो । यूनानको राजदूत मेगास्थनीजले पनि आफ्नो पुस्तकमा क्षुद्रक, मालव र शिवि आदि गणराज्यहरुको वर्णन गरिएको थियो।