- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सुकेधारामा भएको बिष्फोटसँगै प्रहरीले घटनास्थलमा घेरा हालेको छ । सुकेधाराबाट कपन जाने ढलाने पुल नजिकै भएको बिष्फोटपछि प्रहरीले घेरा हालेको हो ।
काठमाडौं क्षेत्र नम्बर ४ स्थित सुकेधाराको ढलाने पुल नजिकै एक शैलुनमा अज्ञात बस्तु पड्कदा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । नाजुक अवस्थामा रहेका एक घाइतेको उपचारका क्रममा अस्पताल लैजादै गर्दा निधन भएको हो । घाइते पाँच जनाको ओम अस्पताल र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । त्रिवि शिक्षण अस्पताल पुर्याइएका घाइतेको त्यहाँ उपचार हुन नसकेपछि ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ । घाइते मध्ये एक जनाको अवस्था नाजुक रहेको छ ।
विस्फोटमा निधन भएका एकको शव त्रिवि शिक्षण अस्पताल लगिएको छ । दोस्रो शव भने प्रहरीकै नियन्त्रण घटनास्थलमा रहेको हाम्रा सहकर्मी माधव चम्लागाईले जनाएका छन् ।
प्रहरीले पड्किएको बस्तु बम हो या सिलिण्डर अनुसन्धान भै रहेको जनाएको छ । घटनास्थलमा ठुलो संख्यामा नेपाली सेना, सशस्त्र, सिआइबी र प्रहरीको टोलि परिचालन गरिएको छ । घटनास्थलमा सर्वसाधरण र सञ्चारकार्मीलाई छिर्न रोकिएको छ ।