- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अजामिलको जन्म कान्यकुब्ज ब्राह्मण कुलका भएको थियो । उनि कर्मकाण्डी ब्राह्मण थिए । एक दिन उनले गाँउबाट बजार गइरहेको बेला एक नर्तकी देख्छन् । नर्तकीक्सई अजामिलले आफ्नो घरमा ल्याउछन् ।
अजामिलका नौ सन्तान भए । एक दिन पच्चीस सन्तहरुको समुह अजामिलको गाँउबाट जादै थिए । त्यहाँ आइपुगेपछि रात पर्यो र सन्तहरुले अजामिलको घर नजिक बस्ने व्यवस्था गरे । रातमा जब अजामिल आए तब उनले साधुसन्तलाई घरको सामुन्ने देखे । सो कारण उत्तेजित हुदै उनले साधुहरुमाथि नाना भाति गाली गरे। त्यो सुनेर अजामिलकी पत्नी आइन् र अजामिललाई सम्झाइन् ।
अर्को दिन साधुहरुले अजामिलसँग दक्षिणा मागे । यसबाट क्रोधित भएर अजामिलले साधुहरुलाई मार्छु भन्दै खेदाउन थाले । तब पत्नीले उसलाई रोकिन् । साधुहरुले भने, 'हामीलाई रुपयाँ पैसा चाहिदैन । तिमी आफ्नो हुनेवाला सन्तानको नाम नारायण राख्नु । यहि हाम्रो दक्षिणा हो ।'
साधुहरु गएको केहि दिनपछि अजामिलकी पत्नीले पुत्र जन्माइन र उसको नाम नारायण राखियो । अजामिल नारायणसँग प्रेम गर्न थाले । अजामिलले नाना प्रकारका पाप गरेका थिए । उनी चरित्रहिन, पापाचारी थिए । नाना प्रकारका कुकृत्यका गरेका थिए । जसको कहिले उद्धार हुने थिएन।
अजामिलले अन्तिम क्षणमा नारायणलाई पुकार्छन् । जब यमदूत उनलाई लिन आए तब भन्न थाले, 'हे पापाचारी अजामिल हिड हामीहरुसँग ।' जब उसको सुक्ष्म शरीरलाई जकडेर यमदूत लग्न लागेका हुन्छन् सो समय अजामिलले हृदयबाटआफ्नो इन्द्रियहरुलाई एकाग्र गरेर नारायणको नाम लिन्छन् ।
सो समय तत्काल भगवान विष्णुका पार्षद आउछन् । भगवान विष्णुका दूत आएर यमदूतलाई भन्छन्, 'यसलाई छोड ।'
यमदूत भन्छन्, 'महाराज यसले त नाना प्रकारका पाप गरेको छ । अहिले चित्रगुप्तको डायरी हेरेर यसले गरेको पापको सुची तयार गरेको छु । यसलाई त घोर नर्कमा हाल्नुपर्छ ।'
भगवान विष्णुका दूत भन्छन्, 'होइन यो हामीसँग विष्णु धाम जानेछ ।'
यमदूत हानिएर यमराज भएको ठाँउमा पुग्छन् । घटनाको सबै विवरण सुनाउदै यमराजलाई यमदूतले भन्छन्, 'महाराज ! तपाईको जुन सिद्धान्त छ नियम छ त्यो बिग्रियो । पापाचारी अजामिललाई हामी नर्कमा हाल्नलाई लिएर आउन लागेका थियौ तर भगवान विष्णुका दूत आएर त्यसलाई लिएर गए ।'
यमराज भन्छन्, ' हे यमदूत तिमीहरु जस प्रकार मेरो आदेश अनुसार काम गर्छौ त्यसै प्रकार म पनि कुनै विशेष शक्ति (supreme authority) को तल रहेर काम गर्छु । जसको आदेश मैले पनि पालना गर्नुपर्ने हुन्छ र त्यसको जवाफ मैले पनि दिनुपर्ने हुन्छ ।'
'यदि कुनै व्यक्ति आफुभन्दा माथि कोहि छैन भन्ने सम्झन्छ भने त्यो उसको भुल हो । किनभने उसले पनि आफ्नो आत्मालाई जबाफ दिनुपर्ने हुन्छ जो उसको सम्पुर्ण क्रियाकलापमा साक्षी छ ।' तब यमराज भन्छन्, 'मलाई पनि परमात्माको, उहाँको महान शक्तिलाई जबाफ दिनुपर्छ । भगवान विष्णुका पार्षद यसकारण आएर उसलाई लगे कि यसले प्रभुको नाम पुकार्यो, प्रभुको नाम लियो । उसले अन्तिम समयमा सहि निर्णय लियो ।'
आजका मानिसहरु जसले नारायणको नाम लियो उसको कल्याण हुनेछ । सबैजना नारायण- नारायण भन्छन् तर पनि हाम्रो दशा यो छ कि हामी वासनामा नै लिप्त छौ । तर अजामिल नारायण भन्नाले कसरी मुक्त भए ? यसको लागि हामीले अजामिलले कसरी भगवानको नाम पुकारे सो तरीका जान्न आवश्यक छ । त्यसमाथि हामीले विचार गर्नेपर्नेछ ।
तपाईले देख्नुभएको होला एक व्यक्ति जसलाई तिर्खा छैन, जसलाई पानी पिउनु छैन तर पनि उ नोकरलाई पानी ल्याउनको लागि आदेश दिन्छ र अर्को एक व्यक्ति जो ज्यादै तिर्खाएको छ मरूभुमिमा हिड्दा हिड्दा थाकेको छ उसले पनि पानी ल्याउन भन्छ । दुवैले पानी मगाउने शव्द एकै हुन् तर भावना फरक छन् । एक पानी ल्याउनलाई यसकारण भनिरहेको छ कि यो नोकर बसिरहेको छ यो यहाँबाट जाओस यसलाई त्यहाँबाट हटाइयोस । यसकारण भन्यो जाँउ पानी लिएर आउ ।
अर्को हजारौ माइल हिडेर आएको व्यक्ति तिर्खाएको छ, पानीको थोपा थोपाको लागि तड्पिएको छ । उसको ओठ सुकेका छन् । गला पनि सुकिसकेको छ । उ पानी पिउनको लागि अति व्याकुल छ । तड्पी रहेको छ यसकारण भन्छ पानी ल्याउ।
भन्नुको अर्थ दुवैले पानीको लागि पुकारे । तर दुवैको भावना फरक छ । एकको भावना देखावटी छ जबकी दोस्रोको भावनामा समर्पण छ ।
यसै प्रकार अजामिल भित्र समर्पित भाव थियो । जसकारण एकै पटक मात्र पुकार्नाले भगवान विष्णुका पार्षद आएर उसलाई विष्णुलोक लिएर गए । यहि समर्पणको भाव हामीले पनि आफ्नो जीवनमा ल्याउनुपर्नेछ । तब मात्र हामीले लक्ष्यको प्राप्ती गर्न सक्नेछौ । यहि समर्पणको भाव हामीमा पनि चाहिन्छ ।