arrow

यहाँ पुगेर मिल्छ बिग ब्याङ्ग सिद्धान्त र वेदान्तको ब्रह्माण्ड सम्बन्धी मत 

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७६ जेठ १३ सोमबार
big-bang-thoery.jpg

काठमाडौं । विज्ञान र धर्म एक अर्कामा नित्तान्त फरक कुरा हो । विज्ञानले तथ्यको आधारमा सिद्धान्त प्रतिपादन गर्दछ भने धर्मले आस्था र अध्यात्म सम्बन्धि मिथकको आधारमा । तर, कतिपय कुराहरु विज्ञानले पनि धार्मिक विश्लेषणलाई आधार मानेर त्यसैको आधारमा प्रमाण खोज्ने गर्दछ । धर्मले पुष्पक विमानको अवधारणा ल्याएपछि बल्ल त्यसैको आधारमा विज्ञानले आधुनिक विमानको सुरुवात गर्यो । यस्तै ब्रह्माण्डको उत्पत्ति र अन्त्यको विषयमा पनि धर्म र विज्ञानको कुरा केही बाझिन्छ भने धेरै कुरामा विज्ञानले पनि धर्म र वैदिक समय प्रयोग गरिएका उपकरण र अवधारणाकै प्रमाणको खोजी गरिन्छ । 

अन्य विषय जस्तै अहिलेसम्म विज्ञानले पनि पत्ता लगाउन नसकेको कुरा हो ब्रह्माण्डको उत्पत्ति र विनासको कुरा । आधुनिक विज्ञानमा बिग ब्याङ्ग थ्योरीले प्रमुख रुपमा ब्रह्माण्डको शुरुआत कसरी भयो भन्ने बारेमा व्याख्या गरेको छ । प्राचीन विज्ञान वा धर्म शास्त्रमा वेदान्त लगायत विभिन्न पुराणहरुमा पनि यसको व्याख्या गरिएको छ । कतिपय अवस्थामा आधुनिक विज्ञान र प्राचीन विज्ञानको मत पनि मिल्न पुग्दछ । बिग ब्याङ सिद्धान्त यस्तो हो सिद्धान्त हो जसको नाम वैज्ञानिकहरु ब्रह्माण्डको सबैभन्दा सामान्य सिद्धान्तलाई चिनाउनको लागि प्रयोग गर्दछन् । 

यो सिद्धान्तले भूत-काललाई अझ नजिक बनाउँदै पृथ्वीको पहिलेको स्थितिको विषयमा बताउने गर्दछ । यसमा भनिएको छ 'कुनै एक समय थियो जतिबेला तापमान र घनत्व अनन्त हुन्थ्यो।' बिग ब्याङ्ग सिद्धान्तले ब्रह्माण्डलाई हामीले जसरी देख्दछौं । त्यो कसरी र किन त्यस्तो देखिन्छ ? भन्ने प्रश्नको उत्तर खोज्दछ । यो सिद्धान्तका अनुसार हामी भन्दा कोशौं टाढा रहेको विभिन्न आकाशगंगाहरु हामीभन्दा झनै टाढा किन गइरहेका छन् ? भन्ने प्रश्नको पनि उत्तर खोज्दछ । यो सिद्धान्तले आकाशगंगाहरु हामी भन्दा टाढा जुन गतिले जाने गरेका छन् । त्यो गति समानुपातिक रुपमा कसरी चलिरहेको छ ? भन्ने जानकारी पनि खोजी गर्दछ । 

यही सिद्धान्तले हामीले देख्ने अधिकांश ब्रह्माण्ड हाइड्रोजन र हिलियमबाट बन्ने गरेको कुरालाई बताउँछ । वैज्ञानिकहरु यस कुराबाट पनि जानकार छन् 'के यसको मतलब यो हो कि ब्रह्माण्ड एक विलक्षणताबाट सुरु भएको थियो । त्यस समयको ब्रह्माण्डको वर्णन गर्नको लागि वर्तमानको ज्ञान अपर्याप्त छ। ब्रह्माण्डको विस्तार दरको विस्तृत मापनबाट हामी बताउँन सक्दछौं कि बिग ब्याङ्ग लगभग १३.७ बिलियन वर्ष पहिले भएको थियो । 

बिग ब्याङ्ग थ्योरी के हो ?
बिग ब्याङ्ग सिद्धान्त यस्तो सिद्धान्त हो यसले ब्रह्माण्ड सधैंभरी अस्तित्वमा थिएन भन्ने गर्दछ । सुरुवाती ब्रह्माण्ड एकदमै तातो र घनाकारको थियो। विस्तारै विस्तारै समय बित्दै जाँदा ब्रह्माण्डको विस्तार हुँदै गयो । त्योसँगै यो ठण्डा र सानो हुँदै गयो । तर, खगोलविदहरुलाई कस्मिक माइक्रोवेव ब्याकग्राउण्ड नामक एक घटनाको माध्यमबाट विस्तारको “प्रतिध्वनि” देख्न सकिन्छ भन्दछन् । 

मानक सिद्धान्तका अनुसार, हाम्रो ब्रह्माण्ड लगभग १३.७ अर्ब वर्ष पहिले “विलक्षणता” को रूपमा अस्तित्वमा थियो । फेरि अर्को प्रश्न आउन सक्छ “विलक्षणता” के हो र यो कहाँबाट आउँछ ? वास्तवमा भन्ने हो भने हामी यस विषयमा अझै पनि बेखबर छौं । विलक्षणता क्षेत्र हो जो भौतिक रुपले हाम्रो वर्तमान बुझाइलाई परिभाषित गर्दछ । त्यसलाई “ब्ल्याक होल” को मूलको रुपमा मान्ने गरिएको छ । 

ब्ल्याक होल तीव्र गुरुत्वाकर्षण दबावको क्षेत्र हो । यसले दिने दबावलाई यति तीब्र रहेको मानिएको छ कि परिमित द्रव्य वास्तवमा अनन्त घनत्वमा दविन पुग्दछ । अनन्त घनत्व रहेको यो क्षेत्रलाई “विलक्षणता” भन्ने गरिन्छ । 

बिग ब्याङ्ग थ्योरीको बारेमा आम गलत धारणा
बिग ब्याङ्ग सिद्धान्तलाई लिएर कैयौं गलत धारणाहरु पनि आउने गरेका छन् । उदाहरणका लागि हामी एक विशाल विस्फोटको कल्पना गरौं । तर, विशेषज्ञहरुका अनुसार ब्रह्माण्डको कहिलैपनि विस्फोट भएको थिएन । त्यो त केवल एउटा विस्तार मात्रै थियो । जुन अहिलेसम्म चलिरहेको छ । उदाहरणार्थ, एक हावा भरिएको रबरको थैली (जसलाई सैनिकले प्रयोग गर्ने गर्दछन्) को कल्पना गर्न सक्दछौं । एक असीम रूपबाट सानो हावा भरिएको रबरको थैली जसरी हाम्रो वर्तमान ब्रह्माण्डको आकारको विस्तार हुने गर्दछ।

एक अर्को गलत प्रचार यो पनि छ कि हामी अन्तरिक्षमा काहिँ कतै देखिनेवाला एक सानो आगोको गोलाको रूपमा विलक्षणताको छवि बनाउन सक्दछौं । यद्यपि कतिपय विशेषज्ञहरुका अनुसार, बिग ब्याङ्गभन्दा पहिले अन्तरिक्ष नै थिएन । ६० को दशकको उत्तरार्धमा र ७० को दशकको शुरुआतमा, जब पुरुष पहिलो पल्ट चन्द्रमा भन्दा पर पुगेको थियो । “तीन ब्रिटिश खगोल वैज्ञानिक, स्टेफन हकिङ्ग, जर्ज एलिस र रोजर पेनरोजले समयसम्बन्धि हाम्रो धारणाको बारेमा थ्योरी अफ रिलेटिविटी र यसको निहितार्थ अन्य पनि विषयहरुको बारेमा ध्यानाकर्षण भयो । 

सन् १९६८ र १९७० मा उनीहरुले एक रिपोर्ट तयार पारे । जसमा उनीहरुले आइन्स्टाइनको सिद्धान्त थ्योरी अफ जनरल रिलेटिविटीलाई बढावा दिए । जसमा समय र स्थानको मापन सामेल गरियो । उनको गणनाका अनुसार, समय र स्थानको एक प्रारम्भिक शुरुआत थियो जो पदार्थ र ऊर्जाको उत्पत्तिको अनुरूप थियो। अन्तरिक्षमा विलक्षणता प्रकट हुँदैन । बरु विलक्षणताको भित्र अन्तरिक्ष शुरू हुन्छ । विलक्षणता भन्दा पहिले केही पनि अस्तित्वमा थिएन । न कि स्थान, समय, पदार्थ या ऊर्जा – केही पनि थिएन । 

फेरि अर्को प्रश्न आउन सक्छ यदि त्यस्तो हो भने के मा विलक्षणता देख्न सकिन्छ त, यदि अन्तरिक्षमा छैन भने? यो हामीलाई अहिलेसम्म जानकारीमा छैन । बैज्ञानिकहरु यसको खोजीमा लागिरहेका छन् भने यसमा उनीहरु अझैपनि सफल हुन सकेका छैनन् । हामीलाई अझै जानकारी छैन कि यो कहाँबाट आयो र  यो यहाँ किन छ र यो कहाँसम्म पुग्छ ? 

बिग ब्याङ्ग सिद्धान्तको प्रमाण 
बिग ब्याङ्ग सिद्धान्तलाई समर्थन गर्नुको प्रमुख प्रमाण के छ त ? हामी सबैभन्दा पहिले तर्कसंगत रूपले निश्चित छौं कि ब्रह्माण्डको शुरुआत कहिले न कहिले त भएको थियो नै। यो नित्य छैन । दोस्रो, आकाशगंगाहरु आफ्नो दूरीको समानुपातिक गतिमा हामीबाट टाढा गइरहेको देखिन्छ । यसलाई “हबलको नियम” भनेर चिनिन्छ । जसको नाम एडविन हबलको नामबाट राखिएको हो । जसले १९२९ मा यस घटनाको खोजी गरेका थिए । यो सिद्धान्तले अवलोकन ब्रह्माण्डको विस्तारको समर्थन गर्दछ । र बताउने गर्दछ कि ब्रह्माण्ड एक पटक संकुचित भएको थियो । 

तेस्रो, यदि ब्रह्माण्ड शुरूमा एकदमै गर्मी थियो । जस्तो कि बिग ब्याङ्ग बताउँछ हामी यस गर्मीको केही अवशेष खोज्नेमा सक्षम हुनु पर्दछ । १९६५ मा रेडियो खगोलविदहरु अरनो पेनजियास र रोबर्ट विल्सनले एक २.७२५ डिग्री केल्विन (-४५४.७६५ डिग्री फरेनहाइट, -२७०.४२५ डिग्री सेल्सियस) कस्मिक माइक्रोवेव ब्याकग्राउण्ड रेडिएशन (सीएमबी) को अवलोकन गरेका थिए । जो कि ब्रह्माण्डमा व्याप्त थियो । यो यस्तो अवशेष मानिएको थियो जसलाई वैज्ञानिकहरुले खोजिरहेका थिए । पेनजियास र विल्सनले आफ्नो खोजको लागि १९७८मा भौतिक शास्त्रको नोबेल पुरस्कार समेत पाएका थिए । 

अन्तमा  “प्रकाश तत्व” को प्रचुरता हाइड्रोजन र हिलियम अवलोकन योग्य ब्रह्माण्डमा पाइन्छ, यो उत्पत्तिको बिग ब्याङ्ग मोडलको समर्थन गर्नको लागि सोच्ने गरिन्छ । 

बिग ब्याङ्ग थ्योरी केवल प्रशंसनीय सिद्धान्त?
के मानक बिग ब्याङ्ग सिद्धान्त एउटा साक्षीको रुपमा एकमात्र मोडल हो ? होइन । यो केवल सबैभन्दा लोकप्रिय मोडल मात्रै हो । अन्तर्राष्ट्रीय रूपबाट प्रसिद्ध एस्ट्रोफिजिसिस्ट जर्ज एफ आर एलिस भन्छन् “मानिसहरुलाई यस कुराबाट अवगत हुनुपर्छ कि यस्तो कैयौं मोडलहरु रहेका छन् जो टिप्पणीहरुलाई सम्झाउन सकियोस् । उदाहरणका लागि म तपाईंहरुको लागि केन्द्रमा पृथ्वीका साथ एक गोलाकार रूपबाट सममित ब्रह्माण्डको निर्माण गर्न सक्दछु । र तपाईंहरु यस टिप्पणीहरुमा आधारित रहन सक्नुहुन्न । तपाईंहरु केवल यसलाई  दार्शनिक आधारमा मान्दिन भन्न सक्नुहुनेछ । मेरो विचारमा यसमा केही पनि गलत छैन । हामी तपाईंलाई मोडललाई चुन्नमा दार्शनिक मापदण्डहरुको उपयोग गरिरहेका छौं । ब्रह्माण्ड विज्ञानलाई धेरैले लुकाउने कोशिष गर्दछन् ।'' 

२००३ मा, भौतिक विज्ञानका बैज्ञानिक रोबर्ट जेन्ट्रीले मानक सिद्धान्तको लागि एक आकर्षक बैकल्पिक प्रस्ताव पेश गरेका थिए। एक विकल्प जुन माथि सूचीबद्ध प्रमाणहरुको लागि पनि हो । डा. जेन्ट्रीले यो पनि दाबी गरेका छन् बिग ब्याङ्ग मोडलको स्थापना दोषपूर्ण प्रतिमानमा हुने गर्दछ । जो कि अनुभवजन्य डाटाको साथ असंगत छ । उनी आइन्स्टाइनको स्ट्याटिक-स्पेसटाइम प्रतिमानमा आफ्नो मोडललाई आधार नमानेरै विकल्प चुन्दछन् । उनको दाबी छ“वास्तविक ब्रह्माण्डको आकार कुनै द्वीपको चुच्चो जस्तो छ।” यस विषयमा जेन्ट्रीले कैयौं रिपोर्ट प्रकाशित गरेका छन् । जसमा बताइएको छ कि उनी मानक बिग ब्याङ्ग मोडलमा एउटा गम्भीर खालको नराम्रो गुण रहेको मान्दछन् ।

बिग ब्याङ्ग थ्योरीमा भगवानको अस्तित्वको बारेमा के छ धारणा ?

एउटा सवाल बिना बिग ब्याङ्ग सिद्धान्तको कुनैपनि चर्चा अधुरो हुन्छ । यदि हामी यस सिद्धान्तलाई मान्छौं भने हामी ईश्वरको अस्तित्वका बारेमा के भन्न सकिन्छ ? यसको कारण यो हो कि अन्तरिक्षको खोजी गर्दै जाँदा एउटा यस्तो क्षेत्रमा पुगिन्छ जहाँ विज्ञान र धर्मशास्त्र मिल्न पुग्छ । सृजना एक अलौकिक घटना थियो। अर्थात् यो प्राकृतिक क्षेत्रभन्दा बाहिर थियो।

यो तथ्यले यस सवाल उठ्न सक्छ के प्राकृतिक क्षेत्र भन्दा बाहिर पनि कुनै कुरा अवस्थित छ ? विशेष रूपले, को त्यस्ता मास्टर वास्तुकार थिए ? हामी जान्दछौं कि यस ब्रह्माण्डको शुरुआत थियो। के ईश्वर “प्रथम कारण” थिए ? के वेदान्तले भनेजस्तै यसका कारण परब्रह्म परमेश्वर नै थिए त । कतिपयले यसलाई व्रह्म भन्छन् भने परब्रह्म परमेश्वरलाई कसैले भगवान विष्णुको रुपमा त कसैले शिवको रुपमा समेत मान्ने गरेका छन् । यसरी विग ब्याङ्ग सिद्धान्त र धर्म शास्त्रको मिलनविन्दूको बारेमा हामी केवल प्रश्न सोध्न सक्दछौं। तर, त्यस प्रश्नको उत्तर दिने भने अहिले तत्काल सक्दैनौं ।

एजेन्सीको सहयोगमा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ