- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतीय अभिनेता अजय देवगन र काजोलको परिवार अहिले विभिन्न समस्याको सामना गरिरहेको छ । गत सोमबार अजय देवगनका पिता वीरु देवगनको निधन भएको थियो ।
वीरु देवगन विगत केही दिनदेखि बिरामी थिए र अस्पतालमा भर्ना गरिएको थियो । ८५ बर्षीय वीरू देवगन घरमा खाना खादै गर्दा अचानक कुर्सीबाट लडेका थिए । काजोलले उनलाई अस्पताल लिएर गइन् जहाँ उनको हृदयघातबाट निधन भयो । सो समय छोरा अजय मुम्बई फिल्म सिटीमा 'तानाजी' को सुटिङ गरिरहेका थिए । दुखद खबरको जानकारी पाएसँगै उनि बुवाको अन्तिम दर्शन को लागि पुगेका थिए ।
यसका साथै देवगन परिवारलाई अर्को नराम्रो समाचार आएको छ । काजोलकी आमा तनूजा पनि अस्पतालमा भर्ना भएकी छिन् । काजोललाई हालसालै मुम्बईको एक अस्पतालअघि देखिएको थियो । अझै पनि ससुराको निधनको शोकबाट उनी बाहिर आउन सकेकी छैनन् । उनी अस्पतालमा चिन्तित मुद्रामा देखिन्थिन् ।
काजोलकी आमालाई पछिल्लो केही दिनदेखि श्वासप्रश्वासको समस्या देखिएको थियो । जसको कारण उनलाई अस्पतालमा भर्ना गरिएको हो । वीरु देवगनको निधनपछि बलिउड सेलिब्रेटीहरु उनीहरुलाई शान्त्वना दिन जाने क्रम चलिरहेको छ ।
वीरु देवगनले हिन्दी सिनेमाजगतमा करीब ८० भन्दा बढी फिल्ममा एक्शन सीन डाइरेक्ट गरेका थिए । एक्शन सीन निर्देशन गर्नुका साथै वीरु देवगनले सन् १९९९ मा ‘हिन्दुस्तानकी कसम’ फिल्म निर्देशन गरेका थिए । वीरु देवगनले बलिउडका धेरै फिल्ममा काम गरेका थिए । उनलाई अन्तिमपटक गत फेब्रुअरीमा ‘टोटल धमाल’ को स्क्रिनिङको अवसरमा सार्वजनिकरुपमा देखिएको थियो ।
केहि समय अघि अजय देवगन र काजोल एक नयाँ घरको खोजीमा रहेका थिए । उनीहरु आफूलाई सहज हुने किसिमको घरको खोज्दै थिए यसैविच बावु वीरु देवगनको निधन भएको हो ।
उनीहरु मुम्बईमै उक्त घरको खोजीमा रहेका थिए । उनीहरुको घर धर्मेन्द्रको घरको ठिक अपोजिटमा छ । अजय देवगन २ वर्षका लागि नयाँ घर भाडामा लिने सोचमा रहेका थिए । यो समयमा उनीहरु आफ्नो घरको मर्मत गराउने सोचमा थिए । घरका लागि अजयले नयाँ डिजाइन तयार पारेका थिए ।
अजय देवगन र काजोल सन् १९९९ मा विवाह भएपछि सो घरमा बस्दै आएका छन् । उनीहरुका दुई सन्तान न्यासा र युग पनि रहेका छन् ।
यो पनि पढ्नुहोस ।